×

NMB BANK
NIC ASIA

एक भोटले हारेकी बालिकालाई हिलारी क्लिन्टनले पठाइन् पत्र

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकामा राष्ट्रपति चुनाव हारेकी हिलारी क्लिन्टन अहिले राजनीतिक तथा सामाजिक जीवनमा व्यस्त छिन् । 

द वाशिङटन पोस्टमा छापिएको एक खबरअनुसार, हालै हिलारीले आठ वर्षीया एक बालिका विद्यालयको चुनावमा एक भोटले हारेपछि पत्र पठाएर हौसला बढाएकी छन् । 

मार्था केनेडी मोराल्सले आफ्नो विद्यालयमा भएको चुनावमा मज्जाले प्रचार गरेकी थिइन् । उनले पोस्टर टाँसेर भोट मागेकी थिइन् । 

तर मार्था जम्मा एक भोटले हारिन् । उनको पक्षमा परेका ६ भोट रद्द भएपछि उनी हार्नुपरेको हो । 

मार्था यो हारका कारण निकै दुःखी भइन् । मार्थाको परिवार डेमोक्रेट पार्टी समर्थक हो । हारपछि मार्थाको बारेमा कथा लेखेर एक व्यक्तिले हिलारीसँग शेयर गरे । 

हिलारीले त्यसपछि मार्थालाई हातैले पत्र लेखिन् । पत्रमा उनले लेखिन्, ‘सामान्यतया पुरुषहरूका लागि निश्चित गरिएको भूमिकामा एक महिलालाई कठोर मेहनतपछि पनि हार प्राप्त भएमा निकै चित्त दुख्छ ।’ 

मार्थाका पिता अल्बर्ट मोराल्सले छोरी एक भोटले हारेपछि निकै दुःखी भएको र साथीहरू पनि दुःखी भएको बताए । त्यसपछि एक राजनीतिक कार्यकर्ताले मार्थाको हारका बारेमा फेसबूकमा शेयर गरे र हिलारी क्लिन्टनलाई यसको
बारेमा थाहा भयो । अनि उनले पत्र लेखेर मार्थाको हौसला बढाइन् । 

यसै हप्ता मार्थाको नवौं जन्मदिन पर्छ । जन्मदिन मनाउँदै गर्दा मार्थाले हिलारीलाई एक धन्यवाद नोट लेख्ने तयारी गरेकी छन् । 

हिलारीका प्रवक्ताले मार्थालाई चिट्ठी पठाइएको कुराको पुष्टि गरे । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x