×

NMB BANK
NIC ASIA

प्रचण्ड र मेरो कुर्सी पर सार्न सकिन्छ कि भनेर खेल भइरहेको छ – ओली

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी तालिम केन्द्र सार्ने विषयमा राष्ट्रपतिलाई अनावश्यक रूपमा मुछ्ने प्रयास भएको बताएका छन् । 

Muktinath Bank

तीन दशकअघि भएको निर्णयको कार्यान्वयन गर्न खोज्दा राष्ट्रपतिलाई विवादमा पार्न खोजिएको प्रधानमन्त्रीको भनाइ थियो । राष्ट्रपतिविरुद्ध अमर्यादित रूपमा प्रस्तुत हुने काम भएको भएको भन्दै प्रधानन्त्री ओलीले अमर्यादित रूपमा भनिएका कुरा राष्ट्रपतिविरुद्ध नभई गणतन्त्र विरुद्धमा भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपा एमाले निकट र माओवादी निकट कानून व्यवसायी संगठनको एकतापछि पार्टी कार्यलय धुम्बाराहीमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी तालिम केन्द्रलाई स्थान अभाव भएको भन्दै तीन दशकअघि अघि नै तालिम केन्द्र सार्ने निर्णय भएको स्मरण गराए ।


Advertisment
Nabil box
Kumari

‘तालिम केन्द्र शहरको बीचमा पर्‍यो, सानो ठाउँ भयो भनेर तीन दशकअघि नै पनौती सार्ने निर्णय भएको थियो । त्यहाँ १५ सय रोपनी जमिन पनि लिइएको छ । यो हाम्रो निर्णय होइन, अहिलेको निर्णय होइन,’ प्रधानमन्त्री ओलीले भने । 

Vianet communication
Laxmi Bank

तालिम केन्द्र लेफराइट र परेड मात्र खेल्ने ठाउँ होइन भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनौतीमा १५ सय रोपनी जग्गा लिइएको बताए । राष्ट्रपतिले भनेपछि सार्न खोजिएको भन्दै समाचार प्रकाशित भएकोप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘सार्ने कुरा राष्ट्रपतिले भनेको होइन ।’

‘त्यसलाई यस्तो प्रचार गरिएको छ, त्यो अमर्यादित रूपमा भनिएको छ, त्यो कुरा राष्ट्रपतिका विरुद्ध होइन गणतन्त्रका विरुद्धमा हो,’ प्रधानमन्त्री ओलीले भने,‘गणतन्त्रका विरुद्धमा बोल्नेहरू र राजतन्त्र फर्काउन सकिन्छ कि भनेर सपना देख्नेहरूलाई म सुन्नेगरी भन्न चाहन्छु, त्यस्ता सपना नदेख्नुस्, हामी धेरै बलिदान गरेर यहाँ आएका हौं ।’

आफूहरूले देशलाई जनताको अधिकारको सुरक्षा र सम्मानको पूर्ण प्रत्याभूति भएको लोकातान्त्रिक प्रणालीमा लान चाहेको र लगिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

आफ्नो अधिकार हरण भएको भन्दै कतिपयले आपत्ति जनाइरहेको प्रधानमन्त्री ओलीले बताए । ‘कतिपयले सिभिल राइट खुम्चिन लाग्यो भन्छन्, कठै ! जनताको शासनमा सिभिल राइट खुम्चिन लागेकोमा प्रेस स्वतन्त्रता खुम्चिने होइन,’ ओलीले भने ‘यहाँ सिभिल राइट खुम्चन लागेकोमा होइन वामपन्थीहरू सुदृण सरकारमा गएकोमा चिन्ता छ ।’

कुर्सी सार्ने दाउ !

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नेकपाको एकताबाट स्वदेशीसहित विदशी शक्तिहरू अताल्लिएको टिप्पणी गरे । संसारमा कहीँ पनि नभएको व्यवस्था नेकपामा रहेको र यो सामान्य विषय नभएको उनको भनाइ थियो । 

‘विश्वमा कुनै पनि पार्टीमा दुईवटा अध्यक्ष छैनन्, दुई अध्यक्ष मिलेर पार्टी चलाएको इतिहास पनि छैन, जुन हामीले गरिरहेका छौं,’ ओलीले भने । 

कतिपयले पार्टीमा टूटफूटको सपना देखेको ओलीको भनाइ थियो । ‘स्थायी कमिटीको बैठकबाट अध्यक्ष फेर्ने हल्ला फिजाइएका छन्,’ ओलीले भने,‘कहाँबाट को आउने हो मैले देखेको छैन, हाम्रो पार्टीमा त्यस्तो कुरा र चर्चा पनि छैन ।’

आफूलाई डेमोक्र्याट भन्नेहरूले दुई अध्यक्षको अनौठो प्रणालीलाई स्वीकार्न नसकेको उनको टिप्पणी थियो ।

‘दुई अध्यक्षको अनौठो प्रणाली छ, हाम्रो । बुज्रुवाहरू आफूलाई डेमोक्र्याट भन्छन्, एउटा जंगलमा दुईवटा बाघ रहन सक्दैनन् झगडा गर्छन् भन्दै हिँडेका छन्, तर यहाँ त एउटा जंगलमा दुईवटा जल्दाबल्दा बाघ छन्,’ ओलीले भने ।

यहाँ लडाईं झगडा गर्न सकिन्छ कि यी कुर्सी (दुई अध्यक्षको कुर्सी)लाई पर सार्न सकिन्छ कि भनेर केही तत्वहरू लागिरहेको ओलीको भनाइ थियो । वर्तमान सरकारको संकल्प अधिकार कब्जा गर्ने नभई देश बनाउने र देशलाई रूपान्तरण गर्ने भएको ओलीले बताए । 

ओलीले प्रचण्डतिर फर्किएर भने ‘संविधानले दिने भए दुवैजना प्रधानमन्त्री हुन्थ्यौं ।’

सबै बुद्धिजीवीलाई भनेको होइन

आफूले बुद्धिजीवीहरूका विषयमा गरेको टिप्पणीलाई गलत रूपमा व्याख्या गरिएको ओलीले बताए । आफूले सबै बुद्धिजीवीलाई नभनेको उनको स्पष्टोक्ति थियो ।

‘कुनैकुनै बुद्धिजीवी सभ्यताका सीमा छाडेर नराम्रो गर्दैहुनुन्छ, कुनै–कुनै बुद्धिजीवी भनेको थिएँ, बेलुकैबाट शुरू भयो,’ हाँस्दै ओलीले भने,‘यसको दुष्प्रचार भयो, कुनै-कुनै बुद्धिजीवी भनेका थिए, हामी बुद्धिका विरोधी होइनौं ।’

कसैसँग केही विषयको सर्टिफिकेट छ भन्दैमा जनताले लडेर ल्याएको परिवर्तनलाई पछाडि फर्काउने प्रयास गरेमा त्यसलाई स्वीकार्न नसकिने ओलीको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x