×

NMB BANK
NIC ASIA

सुर्खेतमा बढ्यो सम्बन्ध विच्छेदको घटना, ४ महिनामा ५१ पुरुष पुगे अदालत

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–नयाँ मुलुकी संहिता लागू भएसँगै सुर्खेतमा सम्वन्ध विच्छेदका लागी अदालत पुग्ने पुरुषको संख्या बढेको छ ।   

Muktinath Bank

सुर्खेतमा भदौ एक गतेदेखि मंसिर मसान्तसम्म ५१ जनाम पुरुषले सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेका छन् ।  उनीहरुले श्रीमती सम्पर्कमा नआएको, विदेशबाट पठाएको पैसा नासमास गरेको, अर्कैसंग हिँडेको, अवैध सम्वन्ध राखेकोजस्ता आरोपहरु लगाएर मुद्दा दर्ता गर्ने गरेको अदालतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारीका अनुसार अदालतमा चालू आर्थिक वर्षको मंसिर मसान्तस १ सय ८१ ओटा सम्वन्ध विच्छेदका मुद्घा दर्ता भएका छन् । श्रावण देखि मंसिर मसान्तसम्म १३० महिला र ५१ पुरुषका सम्वन्ध विच्छेदका मुद्दा अदालत पुगेको छ । पुरानै संहिताका कारण श्रावण महिनामा महिलाहरुले मात्रै सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्दा दिएका थिए । उनका अनुसार श्रावणमा महिलावाट ३४ ओटा सम्वन्ध विच्छेदका मुद्घा दर्ता भएका छन् ।


Advertisment
Nabil box
Kumari

भदौमा २१ महिला र १० पुरुषका गरी ३१ सम्वन्ध विच्छेदका मुद्दा जिल्ला अदालत सुर्खेतमा आएका छन् । यसैगरी असोजमा २१ महिला र १० पुरुषले सम्वन्ध विच्छेदका लागी मुद्दा दर्ता गराएका हुन् । कार्तिकमा २८ महिलाले र ११ पुरुषले सम्वन्ध विच्छेदका लागी अदालत पुगेका छन् ।

Vianet communication
Laxmi Bank

मंसिरमा २६ महिला र १२ पुरुषले सम्वन्ध विच्छेदका लागी निवेदन दिएको रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए । मुलुकी अपराध एवम् देवानी संहिता लागू भएपछि पुरुषले पनि सम्वन्ध विच्छेदका लागी मुद्घा दर्ता गर्ने गरको भण्डारीको भनाइ छ ।

नयाँ मुलुकी संहिता लागू भएपछिको तथ्याङ्कलाई हेर्दा ९६ महिला र ५१ पुरुषले सम्वन्ध विच्छेदका लागी मुद्दा दाएर गरेका छन् ।

‘अधिकांस मुद्दाहरुको टुंगो दुबै पक्षबीच आपसी समझदारीमा सम्वन्ध विच्छेद गर्ने गरी टुंगाइन्छ’ उनले भने, ‘तर दुईमध्ये कुनै एकले सम्वन्ध विच्छेद गर्न चाहेको छैन भनेर भनेको खण्डमा कम्तिमा एक वर्षसम्म मुद्दाको फैसला हुँदैन । चालु आर्थिक वर्षमा दर्ता भएका त्यस्ता मुद्दाको विवरण आगामी भदौ महिनामा मात्रै पाउन सकिन्छ ।’ 

उनले सम्वन्ध विच्छेदका कारण बालबालिका समस्यामा पर्ने गरेको बताए । ‘केही दिन अघि एक जोडीको सम्वन्ध विच्छेद भयो । उनीहरुको डेढ वर्षको छोरा थियो’ उनले भने, ‘सहमतिमै सम्वन्ध विच्छेद भएतापनि उनीहरु दुवैले छोरा लिन मानेनन् जसका कारण समस्या भएको भयो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x