×

NMB BANK
NIC ASIA

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन: सरकारको बचाउ, प्रोपागाण्डाविरुद्ध प्रचार अभियान [पूर्णपाठ]

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिवार बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन विशेष गरी सरकारको बचाउमा केन्द्रित छ । 

Muktinath Bank

अध्यक्षद्वयका तर्फबाट अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा सरकारको काम कारवाहीलाई ७ वटा बुँदामा व्याख्या गर्दै सरकारको बचाउ गरिएको छ । अपेक्षित रूपमा काम गर्न नसक्नुको दोष भने पूर्ववर्ती सरकारमाथि थोपरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रतिवेदनमाथि सोमबार बस्ने बैठकबाट छलफल शुरू हुनेछ ।


Advertisment
Nabil box
Kumari

नौ महिनामा समस्या पहिचान

Vianet communication
Laxmi Bank

सिन्डिकेट तथा तस्करी अन्त्य, संघीयता कार्यान्वयनदेखि वृहत्तर सहमति निर्माणसम्मका कामको जस लिन खोजिएको प्रतिवेदनमा भनिएको छ–

'सरकार गठन गर्दा मुलुकको राजनीतिक र आर्थिक अवस्था निकै अस्तव्यस्त थियो । पूर्ववर्ती सरकारले अर्थतन्त्रलाई सङ्कटग्रस्त बनाएर छाडेको थियो । कर्मचारीहरूलाई प्रोत्साहन र भरोसा प्रदान गरेर सङ्घीयता कार्यान्वयनको आधार सिर्जना गर्नुको साटो सार्वजनिक प्रशासनलाई अस्तव्यस्त बनाइएको थियो । मुलुकको बाह्य सम्बन्ध एकदमै असन्तुलित थियो । सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कर्मचारी विन्यास, स्रोत व्यवस्थापन, भौतिक पूर्वाधार र कानूनी आधारहरू सबै शून्यप्रायः अवस्थामा थिए । यस्तो पृष्ठभूमिका बाबजुद् यस अवधिमा वृहत्तर राजनीतिक सहमति निर्माण, मुलुकको वाह्य सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित व्यवस्थापन, तीनै तहका सरकारको सञ्चालन, कानून निर्माण र संविधान कार्यान्वयन तथा विसङ्गति नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् ।'

सरकार सञ्चालनको ९ महिनाको अवधिमा समस्या पहिचान गरेको भन्दै प्रतिवेदनमा जनचाहनालाई पार्टीले गम्भीरतापूर्वक लिएको उल्लेख छ ।

‘विकासका आयोजनाहरू तीव्र रफ्तारमा अगाडि बढ्नुपर्छ । राज्यका सबै अङ्गबाट छरितो, स्वच्छ र निष्पक्ष सेवा प्रवाह हुनुपर्छ र सुशासनको प्रत्याभूति हुनुपर्छ भन्ने जनताको चाहनालाई पार्टीले गम्भीरतापूर्वक आत्मसात गरेको छ । यसबीच समस्याहरू कहाँ छन्, भन्ने सच्चाइ पहिचान भएको छ ।’

रेललाई प्राथमिकता र पानी जहाजलाई बिर्सिएको समृद्धि सपना

रेलमार्ग सञ्जाल, सडकको स्तरोन्नति, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, बर्सेनि ५ लाख रोजगारी सिर्जना र २० लाख पर्यटक भित्र्याउने गरी सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने लगायतका विषयलाई समृद्धिका योजना उपशीर्षकमा राखिएको छ । यद्यपि उक्त उपशीर्षकमा प्रधानमन्त्री ओलीले आफ्नो समृद्धि सपनामा हत्तपत्त नछुटाउने पानी जहाजको प्रसंग भने उल्लेख छैन ।

समृद्धिका सपना उपशीर्षक दिएर प्रतिवेदनमा लेखिएको छ–

'हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकार समृद्धिको ठोस कार्ययोजनाका साथ अगाडि बढेको छ । ४ वटा पूर्व पश्चिम र ६ वटा उत्तर दक्षिण राष्ट्रिय राजमार्गहरूको सञ्जाल निर्माण/स्तरोन्नति गर्ने, केरुङ–काठमाडौं–लुम्बिनी, रक्सौल– काठमाडौं र पूर्व–पश्चिम गरी तीन रेल सञ्जाल निर्माण गर्ने, काठमाडौं–तराई द्रुतमार्ग, राजधानीमा मेट्रो रेल र उत्तर – दक्षिण दुवै सीमा नाकासम्म व्यवस्थित सडक सञ्जाल निर्माण गरेर आउने ८ वर्षभित्र आधुनिक यातायात सञ्जाल निर्माण गर्ने गरी सरकार केन्द्रित छ । यसैगरी आउने १० वर्षभित्र १० हजार मेगावाट जलविद्युत् र वैकल्पिक उर्जा उत्पादन गर्ने, नेपालको सार्वजनिक यातायात र जनताको दैनन्दिन जीवनमा आयातित उर्जामाथिको निर्भरता अन्त्य गर्ने र नेपालको ऊर्जा बाह्य बजारसम्म पुर्‍याउने गरी काम गरिरहेको छ । ऊर्जामा बाह्य लगानीका अतिरिक्त आम जनताको स्वामित्व र सहभागिता अभिवृद्धि गर्दै लैजाने सरकारी योजना छ । त्यसैगरी ठूला सिँचाइ र खानेपानी आयोजनाको निर्माण, नयाँ उद्योगहरूको स्थापनामार्फत् आमऔद्योगिकरण, आधारभूत खाद्य उत्पादनमा आत्मनिर्भरता र कृषिजन्य उद्योगहरूको स्थापनाका लागि कृषिको आधुनिकीकरण सरकारको उच्च प्राथमिकतामा छन् । बर्सेनि ५ लाख आवधिक रोजगारी सिर्जना गर्न र युवामा उद्यमशीलता विकास गर्न योजनाहरू निर्माण गरिएका छन् । १० वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जाने स्थितिलाई अन्त्य गर्ने र त्यसभन्दा अगाडि पनि दक्ष र अर्धदक्ष श्रमिकहरूलाई सुरक्षित र सम्मानित रूपमा मात्रै वैदेशिक रोजगारीमा पठाउने गरी सीप विकासका योजना अगाडि सारिएका छन् । अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा र निर्भरतालाई कम गर्दै लैजाने योजना अगाडि बढाइएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखा परेको मुनाफाखोरी प्रवृत्तिलाई निरुत्साहित गर्दै सर्वव्यापी स्वास्थ्य बिमामार्फत् आम नागरिकहरूको स्वास्थ्य सेवाको प्रत्याभूति र माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको सुनिश्चितताका लागि ठोस योजनाहरू निर्माण भएका छन् । प्राविधिक शिक्षामा रूपान्तरणका लागि आवश्यक नीति र संरचनाहरू निर्माण गरिँदै छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको छ र २० लाख पर्यटक भित्र्याउने योजना छ । छिट्टै घोषणा हुने यी कार्यक्रममार्फत् मुलुकमा विकासका नयाँ लहर सिर्जना हुनेछ । यसको सफल कार्यान्वयनका लागि सिङ्गो पार्टीपंक्ति परिचालित हुनु आवश्यक छ ।'

एक महिनामा पार्टी एकताका सबै कामलाई पूर्णता

पार्टी एकतालाई ऐतिहासिक घटनाक्रमको रूपमा व्याख्या गरिएको प्रतिवेदनमा एक महिनाभित्र एकता प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ–

‘पार्टी एकताको औपचारिक घोषणापछि हामीले तीन महिनाभित्र पार्टी तथा जनवर्गीय संगठनहरूको सबै तह र निकायको एकता–एकीकरण सम्पन्न गर्ने निर्णय गरेका थियौं । हालसम्म प्रदेश तहमा एकता–एकीकरण सम्पन्न भएको छ । कतिपय जिल्लामा पालिका तहमा पनि एकता–एकीरण सम्पन्न भएको छ र अधिकांश जिल्लामा पालिका तहको एकीकरण प्रक्रिया अघि बढेको छ । तापनि विभिन्न कारणले गर्दा उक्त कार्ययोजना कार्यान्वयन हुन विलम्ब भएको छ । अब बिनाविलम्ब (एक महिना भित्र) बाँकी रहेका संगठन तथा निकायहरूको एकीकरण कार्य योजनावद्ध रूपमा सम्पन्न गरिने छ ।’

प्रोपागाण्डाविरुद्ध सशक्त प्रचार अभियान

पार्टी र सरकारविरुद्ध योजनाबद्ध रूपमा भ्रामक प्रचार अभियान चलाइएको भन्दै त्यसलाई काउन्टर दिन सरकार तथा पार्टीका पक्षमा सशक्त प्रचार अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।

प्रचण्डले प्रस्तुत गरेको अध्यक्षद्वयको प्रतिवेदनमा भनिएको छ–

पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनाबद्ध अभियान नै चलाइएको छ । साधन स्रोत सम्पन्न, अत्याधुनिक प्रविधियुक्त र विभिन्न ठाउँबाट पोषित यस्तो योजनाबद्ध ‘प्रोपागाण्डा’ का तुलनामा हाम्रो प्रचार अभियान निकै कमजोर देखिएको छ। सङ्क्रमणकालीन अवस्थामा हाम्रा आधिकारिक प्रचार संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउन सकिएको छैन । यसले पार्टी र सरकारका नीति र योजनाहरूलाई जनतामाझ सम्प्रेषित गर्न, पार्टीको पक्षमा जनमत निर्माण गर्न र विरोधमा भइरहेका भ्रमपूर्ण प्रचार र प्रोपागाण्डाहरूलाई निष्प्रभावी तुल्याउन सकिएको छैन । त्यसैगरी पार्टी पङ्क्तिको एउटा हिस्सामा सामाजिक सञ्जाल मार्फत् आफ्ना निजी असन्तुष्टि र गुनासा व्यक्त गर्ने, विभिन्न र लोकतान्त्रिक अधिकारका नाममा पार्टीको संस्थागत निर्णयका विपक्षमा राय–अभिमत प्रकट गर्ने प्रवृत्ति पनि देखा परेको छ । यी प्रवृत्ति गलत छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्दछ र पार्टी तथा सरकारका पक्षमा सशक्त प्रचार अभियान सञ्चालन गर्न जरुरी छ ।'

अग्नि परीक्षामा पार्टी र सरकार

पार्टी एकतालाई थप सुदृढ गर्दै इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न अपिल गरिएको प्रतिवेदनको निष्कर्षमा भनिएको छ-

'यतिबेला हामी इतिहासकै महत्त्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोसाका साथ मुलुकको नेतृत्वको वैधानिक अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रूपमा प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वासप्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एकअर्थमा हामी इतिहासकै सौभाग्यशाली पुस्ता हौं, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाइमा पुर्‍याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरीक्षा पनि हो । इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी बहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै सङ्कटमा पुर्‍याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्यसंरचना एवं पार्टी पङ्क्तिको रूपान्तरण सहज छैन, तर हामीले रूपान्तरण गर्नैपर्छ र सबैको साथ लिएर यो अभिभारा पूरा गर्नैपर्छ। हाम्रो एकतालाई थप सुदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।'

पढ्नुहोस्, पूर्णपाठ :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x