×

NMB BANK
NIC ASIA

‘ए’ डिभिजन लिग : नवौँ चरणका खेल सोमबारदेखि

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । 

Muktinath Bank

सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई÷दुई खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ । एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । सोमबार नै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ तथा सात अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उपाधिको दाबेदार मानिएको सङ्कटा २१ अङ्कसहित तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब पाँच अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । 


Advertisment
Nabil box
Kumari

मङ्गलबार एपिएफ र मछिद्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ । बुधबार नेपाल पुलिस र ब्रिगेड ब्वाइज तथा थ्रीस्टार र त्रिभुनव आर्मी क्लबीच खेल हुनेछ । सात पटकको लिग विजेता मनाङ तालिकाको शीर्ष स्थानमा छ । थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २४ अङ्कसहित दोस्रो तथा थ्रीस्टार र सङ्कटा २१÷२१ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

Vianet communication
Laxmi Bank

त्यसैगरी त्रिभुवन आर्मी १८ अङ्कसहित चौथो तथा नेपाल पुलिस र च्यासल युथ क्लब क्रमशः १४ र १३ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । हिमालयन शेर्पा क्लब ११ अङ्कसहित सातौँ, १० अङ्कका साथ एपिएफ आठौँ, नौ अङ्कसहित सरस्वती नवौँ, सात अङ्कका साथ जावलाखेल दशौँ, पाँच अङ्कसहित फ्रेन्ड्स ११औँ, चार अङ्कसहित ब्रिगेड ब्वाइज १२औँ, तीन अङ््कका साथ मछिन्द्र १३औँ तथा एक अङ्कसहित न्युरोड टिम १४ औँ स्थानमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x