×

NMB BANK
NIC ASIA

कांग्रेसकाे विधान मस्यौदामा अझै सहमति जुटेन : बन्दसत्रमा धर्म बहस, सांसदले गरे घरभाडा फिर्ता

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

Muktinath Bank

सहमति जुट्न नसकेका कारण पार्टीको प्रस्तावित विधान मस्यौदा बैठकमा पेस हुन सकेको छैन । प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतबार प्रस्तुत गरे । बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जानकारी दिए । महासमिति सदस्यले पार्टीको बृहत्तर एकता र हितमा जोड दिएका छन् । महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरिएको छ । चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

शनिबारदेखि शुरु महासमिति बैठकमा धर्मको मुद्दा पनि प्रवेश गरेको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे । बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ । बैठक पुस ३ गतेसम्म चल्नेछ ।

Vianet communication
Laxmi Bank

राष्ट्रपतिको आलोचनाप्रति प्रधानमन्त्री आक्रोशित
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । गाडी खरिद, प्रहरी तालिम केन्द्र सारेर हेलिप्याड बनाउने  र हेलिकप्टर खरिदको विषयलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भईरहेको छ ।

नेपाल कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रमलाई पार्टी कार्यालय धुम्बाराही, काठमाण्डौंमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र विरोधीहरु राष्ट्रपतिको आलोचना र विरोध गरेर राजतन्त्र फर्काउने खेलमा लागेको जिकिर गर्नुभयो । 

नेपाली कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री ओलीले जनताको सरकार भएका बेला कसरी अधिकार खासियो भनेर प्रश्न समेत गर्नुभयो । कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक परिर्वतनका बेला न्यायपालिका र कार्यपालिकाबीच तालमेलन नमिल्दा दुःख लाग्ने गरेको बताए । 

सांसदले गरे घरभाडा फिर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद् योगेश भट्टराई र पम्फा भुषालले संसद सचिवालयबाट घरभाडा वापत पाएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् । काठमाडौंमा घर भएका सांसदहरुले पनि घरभाडा वापत रकम लिएको भन्ने समाचार आएपछि भट्टराई र  भुषालले आइतबार विज्ञप्ती जारी गर्दै रकम फिर्ता गर्ने बताएका हुन् । 

सांसद योगेश भट्टराईले घरभाडा वापत आफूले प्राप्त गरेको ९० हजार रुपैयाँ पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई आग्रह गरेका छन् । यस्तै भुषालले पनि घरभाडाबापतको रकम कट्टा गर्न आग्रह गरेको जानकारी दिइन् ।
कान्तिपुरमा छापिएको खबर अनुसार राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

प्रधानन्यायधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिएको छ । आइतबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकले जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ
श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटाँैडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटाैंडा–१९ नेवारपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ । 

अध्यादेशप्रति कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै कर्मचारीका विभिन्न संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियनलगायतका संघ, संगठनहरुले अध्यादेशले आफूहरुलाई विभेद गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर कर्मचारी संघसंगठनहरुले निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा विभेद भएपछि अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।  स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले यही पुस १० गते काठमाडौंमा विरोधसभा गरेर थप कार्यक्रमको घोषणा गर्ने जानकारी दिए ।

तीन किलो चरेशसहित विदेशी नागरिक पक्राउ 
प्रहरीले तीन किलो चरेशसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले  चरेशसहित ६१ वर्षीय क्यानेडियन नागरिक टेनिडेनिस लेगलाई आइतबार पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेश लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।

रनिल विक्रमासिंघेले पद सम्हाले
 श्रीलंकामा रनिल विक्रमासिंघेले फेरी प्रधानमन्त्रीको पदभार सम्हाल्लेका छन् । झण्डै दुई महिनाअघि राष्ट्रपति मैत्रीपाला सिरीसेनाबाट बर्खास्त गरिएका विक्रमासिंघे आइतबारदेखी फेरी प्रधानमन्त्रीको पदमा फर्किएका हुन् ।
राष्ट्रपति सिरीसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराए । विक्रमासिंघे दोस्रो पटक प्रधानमन्त्री बनेपछि श्रीलंकामा जारी राजनीतिक संकट अन्त्य हुने संकेत देखिएको छ । 

‘ए’ डिभिजन लिगः नवाैं चरणका खेल आजदेखि
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुने भएकाछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । 

सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई÷दुई खेल हुने  लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x