×

NMB BANK
NIC ASIA

जनकपुरधाम – रेलको लीग निर्माणका कारण धनुषाका विभिन्न सडक सञ्जाल अवरुद्ध भएका छन् ।

Muktinath Bank

जनकपुरधाम शहरसँग जोडिने ग्रामीण क्षेत्रका कतिपय सडक सञ्जालको सम्पर्क रेलको लीगले अवरुद्ध गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा ‘न्यारो गेज’मा रेल सेवा सञ्चालित हुँदा उत्तर र दक्षिण जोड्ने सडकमा कुनै पनि किसिमको समस्या थिएन । तर अहिले ‘ब्रोड गेज’ प्रणालीको रेल लीग बनेपछि समस्या भएको हो ।


Advertisment
Nabil box
Kumari

भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म २३ वटा रेल लीग क्रसिङ (रेलको लीगमाथि बाटो वारपार गर्ने ठाउँ) निर्माण भएको छ । रेल मार्गमा पर्ने सडकमा रेल आउने जाने बेला ढाट लगाएर सवारीदेखि मानिसको आवगमन अवरुद्ध गर्ने गरिन्छ । त्यसलाई नै रेल लीग क्रसिङ भनिन्छ ।

Vianet communication
Laxmi Bank

रेल निर्माण गरिरहेको भारतीय पक्षले रेलको लीग जोडिने २३ स्थानमा मात्र सडक आवागमनका लागि मार्ग निर्धारण गरेपछि धनुषाका कतिपय स्थानीय सडक प्रभावित भएका छन् ।

रेल लीग क्रसिङका लागि जनकपुरमा ७ वटा ठाउँ छुट्याइएको छ । रेल्वे हल्टदेखि पश्चिम सीता चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सामुन्ने, पूर्वराष्ट्रपति डा. रामवरण यादवको घर नजिकको सडक, पिडारी चोक, रत्नसागर मन्दिर, परिक्रमा सडक अन्तर्गत पिडारी गाउँ, कुर्थाभन्दा पूर्व पिडारी गाउँ र कुर्था रेल्वे स्टेसनभन्दा पूर्व गरी ७ स्थानमा क्रसिङ निर्माण भएको छ ।

धनुषाको प्रमुख स्थान धनुषाधामदेखि जनकपुरधामसम्म जोड्ने परशुराम मार्ग अब रेल ट्रयाकका कारण अवरुद्ध हुने भएको छ । रेल सञ्चालन नभएको अवस्थामा कम्तिमा पनि हजारौं व्यक्तिको आवागमन सडक सञ्जालमार्फत् हुने गरेको स्थानीय युवा नविनकुमार यादवले बताए ।

रेल लीग क्रसिङ नबनेका कारण दैनिक दर्जनौं सवारीसाधन दुर्घटनामा परिरहेको अवस्थामा क्रसिङ नबने स्थानीयले रेल सञ्चालन हुन नदिनेसम्मको आन्दोलन हुन सक्ने यादवले बताए । सडक भएरै स्कूल बस चलाउने जनकपुरकै ठूलो निजी विद्यालय मोनास्टिक स्कूल सञ्चालित छन् । 

विद्यालयका प्रिन्सिपल डा. सोनुकुमार साहले भने, ‘मेरो विद्यालयमा दैनिक १४ बस र १५ सय विद्यार्थी आउने जाने गर्छन् । क्रसिङ नहुँदा विद्यार्थीलाई समेत मर्का परेको छ ।’

अन्य कतिपय स्थानमा क्रसिङ निर्माण नहुँदा सवारीसाधन आवागमनमा समस्या भइरहेको प्रश्नमा रेल साइट कार्यालय जनकपुरका इन्चार्ज ई. विनोदकुमार ओझाले लोकान्तरसँग भने, ‘भारतीय पक्षले जनाएअनुसार एउटा लीग क्रसिङदेखि अर्को क्रसिङसम्म कम्तिमा पनि ३ सय मिटर दूरी हुनुपर्ने मान्यता अनुसार नै क्रसिङ निर्माण गरिएको छ ।’ 

जनकपुरधामको रेल्वे स्टेसनदेखि पिडारी चोकसम्म भारतीय पक्षले रेल्वेको दक्षिणतर्फ सडकमुनि ढल निकाससहित सडक निर्माण गरेर सवारी आवागमनको समस्या हल गर्ने कुरा अगाडि बढेको ओझाले बताए । ‘भारतीय पक्षले त उक्त सडक बनाउँदैन । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जनकपुरकै भएका हुनाले नेपाल सरकारकै लगानीमा सडक बन्ने कुरा भइरहेको छ,’ उनले भने । करीब १२ सय मिटर भूमिमुनि ढल निकाससहित सडक निर्माण गरिने उनले बताए ।

रेल सञ्चालन हुने मिति तोकिएको छैन । कुनै सुरसार पनि देखिएको छैन । नेपाल र भारतलाई जोड्ने रेल मार्गले दुवै देशका लाखौंलाख यात्रुले लाभ लिने भएपनि नेपालका कतिपय मानिसलाई रेल निर्माण भएपछि आवागमनमा समस्या उत्पन्न भएको छ । नजिकै जान पनि लीग क्रसिङसम्म पुगेर जानुपर्दा लामो यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

‘जुन ठाउँमा क्रसिङ निर्माण भएको छैन, ती स्थानमार्फत् सवारी आवागमन गर्न निषेध गरिने छ । कसैले क्रस गरेपनि दुर्घटना हुन सक्ने सम्भावना प्रबल रहने छ,’ साइट कार्यालय जनकपुरका इन्चार्ज ओझाले भने, ‘विगतमा न्यारो गेज रेल २० देखि २५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुन्थ्यो भने अहिलेको ब्रोड गेजको रेल कम्तिमा पनि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने हुनाले निश्चित स्थानमार्फत् मात्र सवारीसाधन क्रसिङ गर्न व्यवस्था मिलाइएको छ ।’

सडक सञ्जालमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले संघीय सरकारको लगानीमा जनकपुरमा ३ स्थानमा आकाशे पुल समेत बनाउने कुरा भइरहेको बताइएको छ । पिडारी चोक, पूर्वराष्ट्रपति रामवरण यादवको घर अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आकाशे पुल बनाउने कुरा भइरहेको ओझाले बताए । 

रेल लीग पूर्वपश्चिम दिशामा बिछ्याइएको छ भने उत्तर दक्षिण दिशाका सडकहरू प्रभावित भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x