×

NMB BANK
NIC ASIA

सर्‍यो डा. केसीको अनशनको भाका, माग पूरा गर्न २ साताको अल्टिमेटम

पुस २, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –डा. गोविन्द केसीले संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आग्रहमा आफ्नो सत्याग्रहलाई दुई साता पर सारेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने सहितका विभिन्न माग पूरा नभए पुस २ गते (आज) देखि अनशन बस्ने चेतावनी दिएका केसीले दुई सातापछिका लागि नयाँ भाका तोकेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. केसीले प्रेस विज्ञप्ति निकाल्दै सम्झौताबमोजिम विधेयक अघि बढाउन र बाँकी मागहरू समेत पूरा गर्न भन्दै अनशनलाई दुई साता पर सारेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

साथै विधेयकमा कुनै चलखेल भए कुनै पनि समयमा सत्याग्रह शुरू गर्ने उनको चेतावनी छ ।

Vianet communication
Laxmi Bank

‘विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यस अगाडि दुईपल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरू भन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह शुरू हुने जानकारी गराउँछौं,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना मागहरू पूरा नभए पुस १७ गतेदेखि सत्याग्रह सहितको आन्दोलन शुरू गर्ने विज्ञप्तिमा उल्लेख छ । डाक्टर केसीले नागरिकले बारम्बार झक्झकाउँदा पनि सरकार र राजनीतिक नेतृत्व जवाफदेही बन्न नसकेको आरोप समेत लगाएका छन् ।

राजनीतिक प्रभावका कारण निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा दोषीलाई कारवाही हुन नसकेको भन्दै डा. केसीले राज्यका हरेक अंगमा भ्रष्टाचार मौलालाएको आरोप लगाएका छन् ।

डाक्टर केसीले प्रधानमन्त्री ओलीको पहिलो कार्यकालको बेलादेखि नै सरकारले गरेका सम्झौताहरू अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सबै सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

देशका नेतृत्वदायी व्यक्तिहरू नै शिक्षण संस्थालाई माफियाको स्वार्थमा धरासायी बनाउन लागिपरेको डा. केसीको आरोप छ ।

डाक्टर केसीले सरकारले बारम्बार गरेका सम्झौताका बावजुद् गैरकानूनी रूपमा आईओएमबाट खोसेर लगिएको सम्बन्धन, सिट र शुल्कसम्बन्धी अधिकार फिर्ता नगरी तिनको दुरूपयोग गर्दै माफियाको इशारामा काम भइरहेको आरोप पनि लगाएका छन् ।

उनले काठमाडौंमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न चाहनेहरूले कर्णालीमा एमबीबीएस शुरू हुन नदिन प्रपञ्च गरिरहेको र त्यसमा आफ्नो घोर आपत्ति रहेको बताएका छन् ।

डाक्टर केसीले सरकारले हालै स्वास्थ्य मन्त्रालयको सचिवमा कानून बमोजिम चिकित्सकहरू मध्येबाट नियुक्त गर्नुपर्नेमा गैर–चिकित्सकबाट नियुक्ति गरेकोमा पनि आपत्ति जनाएका छन् ।

गैर स्वास्थ्यकर्मी सचिव नियुक्त गर्नु सरकारको गलत कदम रहेको उनको टिप्पणी छ । यसले देशको स्वास्थ्य क्षेत्रलाई झनै अस्तव्यस्त बनाउने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x