×

NMB BANK
NIC ASIA

बढ्दै लागुऔषधको तस्करी : तीन दिनमा दुई विदेशीसहित १० जना पक्राउ

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– पछिल्लो समय नेपालमा अवैध लागुऔषधको ओसारपसार व्यापक रुपमा भइरहेको छ । 

नेपाल प्रहरीले पछिल्लो तीन दिनमा दुई विदेशी नागरिकसहित १० जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको घटनाले नेपालमा व्यापक मात्रामा लागुऔषधको कारोवार भइरहेको छ भन्ने तथ्य पुष्टि हुन्छ । लागुऔषधसहित पक्राउ पर्नेमा एकाघारका दाजुबहिनीसमेत रहेको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा विदेशी नगारिकको समेत संलग्नताले नेपाल अवैध लागुऔषधको ‘ट्राञ्जिट’का रुपमा पनि विकसित हुँदै गएको देखिन्छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीले आज कागेश्वरी मनहरा नगरपालिका–७, अम्मर सिंह चोकस्थित महमद इमरानको डेराबाट काठमाडौँ थली बस्ने १६ वर्षीय शेख शरफराजको साथबाट लागुऔषध नाइट्रोभेट ९६९ क्याप्सुल र फेनेरागन ७ एम्पुल बरामद ग¥यो । 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरको उडानद्वारा बैंकक जान लागेका राहदानी नं एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनिडेनियस लियजलाई हाते झोलामा लुकाइछिपाई लैजान लागेको तीन किलो चरेससहित आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । 

त्यस्तै, प्रहरीले कामपा–२२ यटखा बस्ने २८ वर्षीय आशिषमान श्रेष्ठ, गोँगबु बस्ने २८ वर्षीय सनी महर्जन र लाजिम्पाट बस्ने भारत मुम्बई महाराष्ट्र घर भएका राजीव रामेश्वर लुथरालाई कोकिन ४ ग्राम, चरेस एक किलो, लागुऔषध बेचबिखन गर्ने तराजु, जेएसडी ३५ थान र एमडिएमए एक दशमलव ७ ग्रामसहित रानीबारीबाट आइतबार नियन्त्रणमा लिएको थियो । 

त्यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड घर भएकी सोही उपमहानगरपालिका–१२ टरीगाउँमा होटल गरी बस्ने ४० वर्षीया शान्ता गिरीलाई पनि प्रहरीले खैरो हेरोइन ६०० मिलीग्रामसहित आइतबार साँझ पक्राउ गरेको थियो । 

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट बर्दिया बासगढी नगरपालिका–६ घर भएका २१ वर्षीय सुवास ओलीलाई ब्राउनसुगर करीब १२ ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ ग¥यो । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ३९६६ नंको बस जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई प्यान्टको खल्तीमा लुकाइछिपाई ल्याएको अवस्थामा पक्राउ गरेको थियो । 

यसैगरी काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय कृष्णराम अवाललाई नियन्त्रित मनोदीपक लागुऔषध डाइजेपाम ३१३ एम्पुल, बुप्रेनुर्फिन ३०७ एम्पुल र फेनारगन ३१७ एम्पुलसहित शुक्रबार प्रहरीले पक्राउ ग¥यो । 

सर्लाही लालबन्दी नगरपालिका–१३ स्थित लखन्तीखोलाबाट सिन्धुली हरिहरपुर गाउँपालिका–९ बस्ने ३२ वर्षीय जयबहादुर मोक्तान र उनकी बहिनी २४ वर्षीया जमुना मोक्तानलाई चार किलो ८०० ग्राम गाँजासहित शनिबार प्रहरीले नियन्त्रणमा लियो । त्यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–११ गायत्री मन्दिर नजीक सडकमा रोकिराखेको साइकलको फ्रेममा राखेको बोराबाट करीब २८ किलो चरेस शनिबार प्रहरीले बेवारिसे अवस्थामा फेला पा¥यो । 

प्रयोगकर्ता बढेसँगै ओसारपसार बढ्यो : प्रहरी 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले प्रहरीको थप क्रियाशीलता र सक्रियतासँगै लागुऔषध र यसमा संलग्नलाई नियन्त्रणमा लिने क्रम बढेको बताउनुभयो । लागुऔषधको प्रयोगकर्ता बढेसँगै यसको ओसारपसार केही मात्रामा बढेको हुनसक्न उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा वार्षिक ११ दशमलव ३६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढेको विभिन्न अध्ययनले देखाएको छ, यसैकारण लागुऔषधको ओसारपसार भएको हुनसक्छ ।” 

“लागुऔषध नियन्त्रण गर्न प्रहरीले निकै सक्रियातापूर्वक काम गरिरहेको छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “ तर पनि पछिल्लो समय नियन्त्रित औषधिजन्य लागुऔषधको प्रयोग बढेको छ ।” 

नेपालमै उत्पादन हुने गाँजा, चरेसलगायत लागुऔषध ओसारपसार अन्त्य गर्न प्रहरी लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रहरीले केही समयअघि सिन्धुलीको ५० बिघा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको छ, त्यस्तै सीमा क्षेत्रबाट भित्रन औषधिजन्य लागुऔषधको नियन्त्रणका लागि पनि प्रहरीले गम्भीरतापूर्वक काम गरिरहेको छ ।” 

प्रहरी उपरीक्षक सिंहले लागुऔषध सेवनकर्ताको सङ्ख्या घटाउन नसक्नु निकै ठूलो चुनौतीका रुपमा देखिएको बताउनुभयो । छिट्टै आकर्षक कमाई हुने ठानेर नेपालीले लागुऔषधको ओसारपसारमा लागेको पाइएको उहाँको भनाइ छ । 

पछिल्लो समय भारतबाट औषधिजन्य लागुऔषध र खैरो हिरोइन तथा अफिम नेपालमा भित्रने गरेको छ । वीरगञ्ज र नेपालगञ्ज क्षेत्रबाट अत्यधिक मात्रामा लागुऔषध नेपाल भित्रिएको प्रहरीको भनाइ छ । 

Muktinath Bank

– अशोक घिमिरे 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x