×

NMB BANK
NIC ASIA

नक्कली सेनाको ठगीमा जोडियो नेकपाकी नेतृको नाम, भगवती भन्छिन्– छोराको साथी बनेर फाइदा उठायो

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–  प्रदेश र संघको निर्वाचनको रस्साकस्सी चलिरहेको थियो । सुनसरी क्षेत्र नम्बर ३ मा वाम गठवन्धनबाट प्रतिनिधसभा उम्मेद्वार बनेकी थिइन् तत्कालीन एमालेकी नेतृ भगवती चौधरी । २०७० काे स‌ंविधानसभा निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रमा प्रभावशाली नेता विजय गच्छदारसँग पराजय भोगेकी भगवतीको लागि निर्वाचन क्षेत्रमा चुनाव जित्नु निक्कै कष्टकर थियो । उनलाई कसरी हुन्छ निर्वाचन जित्नै पर्ने थियो ।   निर्वाचनको समयमा सहयाेग व्यक्तीकाे आवश्यकता पनि बढी नै हुन्छ । भगवतीलार्इ प्रचार प्रसारमा लाग्ने मानिसहरुको आवश्यकता थियो । त्यही बेला भगवतीको आखाँमा परे सुगम ठकुरी । उनी भगवती चौधरीका छोरा द्रव्यका नजिकका साथी थिए । यस अघि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेका सुगम ठकुरी सार्वजनिक कार्यक्रममा देखिन थाले ।

Muktinath Bank

शुरुका दिनमा सामाजिक सञ्जालमा चुनावी प्रचार सामाग्री बनाउन र पोष्ट गर्न जिम्वेवारी पाएका सुगमले पछि भने भगवतीसँगै हिड्ने माैका पाए । यसरी चुनावमा सँगै हिडाएका तिनै सुगम अहिले अाएर भगवतीका लािगि  टाउको दुखाइको बिषय बनेका छन् । केही दिन अघि सेनाको लप्टन भन्दै ठगी गरेको आरोपमा सुगम ठकुरी पक्राउ परेपछि नेकपाकी केन्द्रीय सदस्य चौधरी समेत यो प्रकरणमा मुछिएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगवतीले भाषण गरेको कार्यक्रममा तथा उनी सहभागी हरेक कार्यक्रममा सेनाको पोसाकमा सुगम समेत हिँडेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले चौधरीमाथि स्थानीय स्तरमा दवाव बढ्दो छ । कतिपयले त भगवती चौधरीलाई समेत कारवाही हुनु पर्ने माग गरेका छन् । नक्कली सेनाको मान्छे भनेर जान्दा जान्दै भगवतीले किन सुगमलाई गार्ड बनाइन् ? भगवतीका शुभचिन्तकहरुले समेत यस्ता प्रश्न गर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

निर्वाचनको परिणाम पछि पनि सुगमले भगवती चौधरीलाई छाडेनन् । छोराको मिल्ने साथी भएपछि ठकुरी भगवतीका किचेन सदस्य भए । दुई चार दिन भगवतीकै घरमा बस्ने गर्थे । भगवतीको छोरा द्रव्य काठमाण्डौ जाँदा पनि सँर्गेै जान थालेपछि सुगमले भगवतीलाई अण्टीबाट ‘मम्मी’ भनेर बाेलाउन थालेको उनी निकट श्रोत बताउँछ । यही बेला सुगमले भगवतीलाई भने म सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’मा भिड्छु । मम्मी भन्न थालेपछि भगवतीले सुगमलार्इ सेनाकाे  जागिरे बनाउन सबै शक्ति लगाइन् । श्रोतका अनुसार फर्म भर्न जाँदै सुगमले भगवतीको छोरा भनेर परिचय दिए । त्यसपछि सेनाका मेजर केशब कार्कीले भगवतीलाई सोधे, तपार्इंको छोरा भनेर एउटा केटो आएको छ ।

Vianet communication
Laxmi Bank

भगवतीले जवाफ दिइन – ‘मेरो छोराको साथी हो । मेरै घरमा बस्छ ।’ त्यसपछि सुगमको सेनाको भर्ती प्रक्रिया शुरु भयो । भगवतीलाई मम्मी भन्ने सेनाका अधिकारीलाई भगवतीले सोर्स लगाइदिदै जाने । भर्ना प्रक्रियाका बिभिन्न बिधामा सुगम फेल भए पनि भगवतीका कारण उनी भर्ना भए । सुगमलाई जागिर लगाउनका लागि भगवतीले सेनाका उच्च अधिकारसम्मलार्इ भनेकी थिइन । श्रोतका अनुसार अफूले मात्रै भनेर नहुने भएपछि प्रधानमन्त्री कार्यालयबाट समेत भर्ना गराउन दवाव गराइएकाे थियो । यति ठूलो दवावामा सुगम भर्ना भए पनि तालिम भने पुरा गरेनन् । उल्टो नक्कली परिचय पत्र बनाएर सर्वसाधारणलाई ठग्दै हिँडे । यति मात्रै नभएर प्रहरीलाई समेत उनले धम्क्याएको आरोप छ । 

भगवतीको आपत्ति

अाफूलार्इ मम्मी भनेर बडीगार्ड बनेका सुगमले ठगी गर्दै हिँडेकाे फेला परेपछि अहिले भगवतीकाे चाैतर्फी अालाेचना भइरहेकेा छ । चाैधरीले भने सुगम ठकूरी भन्ने व्यक्तीलाई प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगरेको र उक्त समय निज ब्यक्ति आफ्नो छोराको सम्पर्कमा आएर त्यसले अनुचित लाभ उठाएको बताएकी छिन् ।

चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठकूरी सुनसरी दुहवीकै मान्छे भएको हिसाबले छोरासँग केहि समय यता सम्पर्कमा रहेको र सोहि क्रममा निर्वाचन आउनुभन्दा धेरै अगाडी कहिले काहीँ आउजाउ गर्दा एकाध दुई पटक उसँग देखादेख मात्र भएको उल्लेख गरिएकाे छ ।

चौधरीले पहिले नै अाफूले ‘तिम्रो पारिवारिक ब्याक ग्राउण्ड के हो ?, के गर्छौ’ भनेर सुगमलार्इ केरकार समेत गरेको बताएकी छन् । ठकूरीले आफुलाई नेपाल आर्मीमा भर्ति हुन तयारी गरिरहेको बताएको र आर्मीमा भर्ती हुने क्रममा आफ्नो नाम लिएको थाहा पाएपछि नै नेपाल आर्मीलाई आफ्नो छोरा नभएको स्पष्ट पारेको बताएकी छिन् ।

‘म भगवती चौधरीको छोरा हुँ’ भनेर आर्मीमा भनेपछि आर्मीका कर्नेल लक्ष्मीभक्त श्रेष्ठ र मेजर केशब कार्कीले मलाई फोन गरेपछि मैले तत्कालै कर्नेल श्रेष्ठलाई  मेरो एउटा मात्र छोरा छ, त्यो पनि देहरादुनमा अध्ययनरत छ । मेरो छोरा हैन भनिसकेकी थिए,’ चौधरीले विज्ञप्तीमार्फत भनेकी छन् ।

उनले ठकूरी आफ्नोे छोरासँग कहिले काँही चुनाबी कार्यक्रममा आएको हुनसक्ने स्वीकार गरिन् । तर बडिगार्ड नै बनाएर आफुले नराखेको स्पष्ट पार्दै भनिन्, ‘छोरासँग साथीको नाता लगाएर मलाई आन्टी भन्दै भेटेको थियो, एकअाधपटक भेट गरेपनि मैले वास्ता गरेकी थिइन, उसले त्यही भेटघाटको फोटो प्रयोग गर्दै सर्वसाधारण र प्रहरीलाई समेत ठग्ने काम गरेको रहेछ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x