×

NMB BANK
NIC ASIA

राधाकृष्ण मैनालीको स्मरणमा तुलसी गिरी : 'नेतामा हुनुपर्ने दुर्लभ गुण, बीपीकै स्टाइल'

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपालको पहिलो जननिर्वाचित सरकारदेखि अन्तिम निरंकुश सरकारसम्म अटेका पात्र हुन्, डा. तुलसी गिरी । समकालीन नेपाली राजनीतिमा झण्डै आधा शताब्दीसम्म उनी क्रियाशील रहे । उमेरले नेटो काटिसक्दा पनि उनमा राजनीतिक जोश बाँकी नै थियो, त्यसैले त उनले प्रजातन्त्र मासेर प्रत्यक्ष शासन गर्न राजालाई उक्साए ।

Muktinath Bank

२०१६ सालमा बनेको बीपी कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका गिरी २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र अध्यक्ष रहेको शाही सरकारमा मन्त्रिपरिषद्को उपाध्यक्ष तथा जलस्रोत मन्त्री थिए । २०६२/६३ सालको जनआन्दोलनले राजाको सरकार ढालेपछि गिरी निष्क्रिय रहे । निकटस्थहरूका अनुसार पछिल्लो समय उनले न गणतन्त्र स्वीकारेका थिए, न त राजाको समर्थनमा नै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक नेतामा हुने दुर्लभ गुण !


Advertisment
Nabil box
Kumari

तत्कालीन ज्ञानेन्द्र मन्त्रिपरिषद्मा शिक्षा तथा खेलकूद मन्त्री रहेका राधाकृष्ण मैनाली डा. गिरीमा राजनीतिक नेतामा हुने दुर्लभ गुण रहेको स्मरण गर्छन् । ʻत्यो के भने कांग्रेस–एमालेका नेताहरू कसैसँग एकपटक फरक दृष्टिकोण रह्यो भने आजीवन नसहने खालको चरित्र थियो,ʼ मैनालीले लोकान्तरसँग भने, ʻतर गिरीमा त्यस्तो थिएन । कुनै विषयमा पाखुरा सुर्कासुर्की भयो भनेपनि अर्को विषयमा कुरा मिलिहाल्ने ।ʼ

Vianet communication
Laxmi Bank

त्यही गुणका कारण गिरीले लामो समयसम्म राजनीतिमा आफूलाई बचाइराखेको मैनालीको टिप्पणी छ । ʻमसँग पनि कयौं विषयमा फरक मत हुन्थे, विवाद भए तर त्यसलाई इगोको रूपमा उहाँले कहिल्यै लिनुभएन,ʼ मैनाली स्मरण गर्छन् । 

प्रजातन्त्र र राजालाई शक्तिशाली बनाउने दृष्टिकोण

शत्ता र शक्तिका लागि सधैँभरी दरबार वरिपरि रहने डा. गिरीको चरित्र थियो । ʻराजालाई खुशी बनाएपछि भोट पनि नचाहिने र चुनाव पनि लड्नु नपर्ने भएकोले राजालाई शक्तिशाली बनाउनुपर्छ भन्ने उहाँको सिद्धान्त थियो,ʼ लामो समय वामपन्थी राजनीति गरेका मैनाली भन्छन्, ʻलोकतन्त्र र प्रजातन्त्रको विपक्षमा रहनु उहाँको कमजोरी थियो ।ʼ

बीपी कोइराला सरकारको मन्त्री समेत रहेका गिरीमा बीपीका केही गुण पनि रहेको मैनालीको ठम्याइ छ । ʻभारतको समेत साथ लिएर नेपालको विकास गर्नुपर्छ भन्ने मामलामा बीपीको भनाइ र तुलसी गिरीको भनाइ समान थियो,ʼ मैनाली भन्छन्, ʻतुलसी गिरीमा केही बीपीको जस्तो सद्गुण र स्टाइल थियो ।ʼ

गिरीमा विदेशीको पराधीन हुनुभन्दा राजा बलियो भएमा राष्ट्रियता बलियो हुन्छ भन्ने राजनीतिक चेत थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x