×

NMB BANK
NIC ASIA

नेकपा बैठकमा भीम रावलले पनि पेश गरे लिखित दस्तावेज, एसिया प्यासिफिक सम्मेलनबारे आक्रोश

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता भीम रावलले पनि छुट्टै लिखित दस्तावेज पेश गरेका छन् ।

Muktinath Bank

राजधानीमा केही दिनअघि सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र आक्रोश छ । धर्मपरिवर्तन गराउनका लागि गतिविधि गर्दै आएको विवादास्पद् संस्थाको कार्यक्रम नेपालमा गर्न दिएको र त्यसमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र असन्तुष्टि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले १४ पृष्ठ लामो लिखित धारणा पेश गरेको छु,' नेता रावलले लोकान्तरसँग भने- 'मेरो तीव्र विरोध अस्ति भर्खर आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनका सम्बन्धमा छ ।’


Advertisment
Nabil box
Kumari

रावलले पेश गरेको दस्तावेजमा नेकपाको विधानका सम्बन्धमा उठेका विषयदेखि चुनावी घोषणापत्र, कार्यदलको प्रतिवेदन, त्यसको कार्यान्वयन लगायतका विषय समावेश छन् ।

Vianet communication
Laxmi Bank

मंगलवारको बैठकमा रावलका अलावा नेताहरू शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेका छन् । 

मंगलवार बिहान ८ बजेबाट शुरू भएको बैठक बिहान ११ बजे सकिएको थियो । अर्को बैठक बुधवार (भोलि) बिहान ८ बजेबाट शुरू हुने नेता रावलले जानकारी दिए ।

नेकपा स्थायी समिति बैठक मंसिर २९ गतेदेखि शुरू भएको हो ।

यसअघिको बैठकमा धारणा राख्ने क्रममा नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका थिए । सरकारको काम कारवाहीलाई लिएर पनि नेताहरूको आक्रोश छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x