×

NMB BANK
NIC ASIA

जनकपुरधाम – नेपालमा रेल कहिलेदेखि सञ्चालन हुने भन्ने कुराको यकिन हुन नसकेपनि तयारी अगाडि बढ्दै गएको छ ।

Muktinath Bank

रेलमार्गमा लीगदेखि विभिन्न स्थानमा स्टेसन र हल्ट सहितको प्ल्याट फर्म निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर सरकारले रेल खरिदबारे स्पष्ट निर्णय लिन नसक्दा रेलसेवा सञ्चालनको समयसीमा अझै अनिश्चित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल रेल कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुलाबहादुर डाँगीका अनुसार करीब–करीब अबको २ महिनामा प्ल्याट फर्मसहित स्टेसन र हल्ट निर्माण कार्यले पूर्णता पाउने छ । रेल विभागले प्रत्येक स्टेसनमा रेल्वे कम्पनीका कर्मचारीलाई रेल विभागले खटाएको छ ।


Advertisment
Nabil box
Kumari

विगतमा ‘न्यारोगेज रेल’ सञ्चालनमा रहेको बेला स्टेसन घरदेखि प्ल्याट फर्म पुरानो मोडेलका थिए । तर अहिले बनिरहेको स्टेसनको डीजाइन भारतको राइट्स् कम्पनीले बनाएको डीजाइन अनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज विनोदकुमार ओझाले बताए ।

Vianet communication
Laxmi Bank

जनकपुरधाममा स्टेसन नभएर हल्ट बनेको छ । स्टेसनमा रेलको २ वटा लीग हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटा मात्रै रेल लीग हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ ।

विगतमा जनकपुरधाम अन्तिम स्टेसन थियो । ‘न्यारो गेज’ हुँदा ३ देखि ४ वटासम्म रेल लीग बिछ्याइएको थियो । तर अहिले जनकपुरधाम हल्टमा परिणत हुनुका साथै एउटा मात्र सिङ्गल लीग बिछ्याइएको छ । अन्तिम स्टेसन अब जनकपुरधाम नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेसन बनेको छ ।

जनकपुरधाम हल्ट आकर्षक देखिएको छ । २ नम्बर प्रदेशको राजधानी समेत भएकाले यात्रुको चाप अन्य स्टेसन तथा हल्टभन्दा बढी हुने हुनाले प्ल्याट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ ।

विगतमा जनकपुर स्टेसनको उत्तर र दक्षिण दुवै छेउ अतिक्रमित थियो । घरहरू बनेका थिए । पोखरी तथा फोहोरमैला फाल्ने स्थलको रूपमा परिणत भएको थियो । तर अहिले ती सबै अतिक्रमित जग्गा खाली गराइएको छ ।

घरहरू भत्काइएको छ । रेल्वे स्टेसनको दक्षिणतर्फ पर्खालले घेरिएको छ । यद्यपि पर्खालले पूरै भूभागलाई भने समेट्न सकेको छैन ।

इन्जिनियर ओझाका अनुसार बिस्तारै स्टेसनको सबै जग्गा जमिनलाई यसरी नै पर्खालले घेरा दिएर सुरक्षित बनाउने र तत्काल खाली गराइएका जमिनमा पार्क निर्माण गरी सौन्दर्यीकरण गर्ने लक्ष्य रहेको छ । भारत सरकारको अनुदानमा रेल निर्माण भइरहेका कारण ती सौन्दर्यीकरणको काम सरकारकै लगानीमा पछि गरिने ओझाले बताए ।

जनकपुरको हल्ट शिवचोकबाटै अलिअलि देखिन्छ भने भानुचोकदेखि प्रष्ट रूपमा टाढाबाट पनि रेल्वे हल्ट देख्न सकिन्छ । जनकपुर शहरमा बाटो समेत  फराकिलो बनाइएका कारण रेल्वे हल्ट प्रष्ट देखिने गरेको छ । किनभने उत्तर–दक्षिण सडक सञ्जालको अन्तिम किनारा त्यहीँ हल्टसम्म पुगेको छ ।

पर्खालले घेरिएको हल्टभित्र प्रवेश गर्ने बित्तिकै कालोपत्रे गरिएको ठूलो क्षेत्रफल खाली राखिएको छ । यात्रुहरू रेल चढ्न आउँदा सवारीसाधन पार्क गर्नका लागि कालोपत्रे गरिएको छ ।

हल्टभित्र प्रवेश गर्ने एउटा मात्र मुख्य प्रवेशद्वार छ, जसमाथि जनकपुरधाम लेखिएको छ । अपाङ्गता भएका व्यक्तिको लागि माथिल्लो तलामा अवस्थित प्ल्याट फर्ममा पुग्नका लागि लिफ्ट निर्माण भइरहेको छ । जनकपुरधाममा मात्र लिफ्ट बनाइएको छ भने अन्य कुनै पनि स्टेसन वा हल्टमा लिफ्ट नबनाइएको ओझाले बताए । हल्ट बाहिर सुलभ शौचालय निर्माण भइरहेको छ ।

प्ल्याट फर्म प्रवेश गर्न भर्याङ चढ्नुपर्ने हुन्छ । सिमेन्टले बनेको भर्याङमा खस्रो टाइल्स लगाइएको छ । भर्याङ भएर प्ल्याट फर्ममा पुग्ने बितिकै त्यसको देब्रेपट्टि अर्थात् पश्चिमतर्फ टिकट घर बनाइएको छ ।

टिकट घरको भित्तामा मिथिला चित्रकला बनाइएको छ । चित्रकलाले हल्टको सौन्दर्यता बढाएको देखिन्छ ।

त्यहाँ ३ वटा काउन्टर बनाइएको छ । महिला र पुरुषको लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । लिफ्ट चढेर आउने व्यक्ति पनि टिकट काउन्टरमै प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

रेल्वे हल्टमा बाथरूम सहितको विशिष्ट कक्ष र अतिविशिष्ट कक्ष बनाइएको ओझाले बताए । विशिष्ट कक्ष तल्लो तलामा छ भने अतिविशिष्ट कक्ष माथिल्लो तल्लामा छ । करीब १ सय ५० देखि २ सय जनासम्म यात्रुहरू बस्न सक्ने महिला र पुरुष यात्रुको छुट्टै प्रतिक्षालय कक्ष बनाइएको छ । प्रतिक्षालयमा कुर्सी राखिने छन् भने विशिष्ट कक्षमा सोफा सहितको व्यवस्था गरिने छन् ।

प्ल्याट फर्ममा यात्रु बस्न सक्ने विभिन्न चौतारी निर्माण गरिएको छ । प्ल्याट फर्ममा यात्रुलाई पिउने पानीको व्यवस्थाका लागि विभिन्न ५ वटा धाराको व्यवस्था गरिएको ओझाले बताए । केही स्थानमा चापाकल समेत जडान गरिने छन् । प्ल्याट फर्ममा महिला र पुरुष शौचालय निर्माण गरिँदैछ ।

भवनलाई स्टेसन मास्टर, स्टोर रूम, आर्थिक प्रशासन रूम सहितका कामका लागि प्रयोगमा ल्याइने छ । क्यान्टिन, विभिन्न कोठामा विभिन्न व्यावसायिक स्टलका लागि भाडामा लगाइने छन् ।

जनकपुर र भारतको जयनगरमा मात्र २ तले स्टेसन घर निर्माण गरिएको छ । बाँकी ठाउँमा १ तले घर निर्माण गरिएको छ । अरु विभिन्न स्टेसनमा कर्मचारी आवासका लागि समेत भवन बनाइएको छ ।

पहिले ‘न्यारोगेज’ रेल चल्दा यात्रु भूइँमा ओर्लन्थे भने अब लीग धेरै तल र प्ल्याट फर्म उचाइमा रहेकाले यात्रु प्ल्याट फर्ममा ओर्लिने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x