×

NMB BANK
NIC ASIA

विपन्न वर्गका लागि ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ सञ्चालनमा

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबी बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

‘एनएमबी सहुलियतपूर्ण कर्जा’ लघुवित्तमा आधारित ८ प्रकारका व्यवसायमा लक्षित छ । जसअन्तर्गत ७ प्रकारका कर्जा विना धितो प्रदान गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्जाहरू सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


Advertisment
Nabil box
Kumari

व्याज अनुदान अन्तर्गतका कर्जाहरु 

Vianet communication
Laxmi Bank

– एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा – रु. १० लाखसम्म 

– एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा – रु. ७ लाखसम्म

– एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा – रु. १० लाखसम्म

– एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा – रु. १० लाखसम्म

– एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – रु. ५ लाखसम्म

– एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा – रु. ३ लाखसम्म

– एनएमबि महिला उद्यमशीलता कर्जा – रु. १५ लाखसम्म

उल्लेखित कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलालाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ क्षेत्रमा नौलो ‘अग्रणी महिला कृषि कर्जा’ पनि सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत उत्पादन लागतमा आधारित रही १५ लाख रुपैयाँसम्मको कर्जा महिला कृषकले  प्राप्त गर्न सक्नेछन् ।

बैंकले निक्षेपकर्तालाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ‘एनएमबी सहारा बचत खाता’ अन्तर्गत विभिन्न १८ वटा गम्भीर रोग, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मकोे बिमा सुविधा उपलब्ध गराउने छ ।

बैंकले निक्षेप योजनामा सर्वाधिक ७% ब्याज उपलब्ध गराउने छ ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘एनएमबि बैंकले दीगो आर्थिक बृद्धि तथा मुल्य मान्यतामा आधारित बैंकिङ सेवा प्रदान गर्दै आएकोले, हरेक सेवा सुबिधा  उक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास रहेको छ । यसले अन्य बैंकभन्दा एनएमबि बैंकलाई फरक रुपमा प्रस्तुत गरेको छ । उपरोक्त कर्जाहरुले हाम्रा ग्राहकहरुको दिर्घकालिन आर्थिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।’

एनएमबि बैंकलाई फाइनान्सियल टाईम्स बेलायतबाट दोस्रो पटक समेत ‘बैंक अफ द इयर’को सम्मान प्राप्त भएको व्यहोरा समेत सुनिल केसीले जानकारी गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x