×

NMB BANK
NIC ASIA

ए डिभिजन लिगमा एपीएफले मच्छिन्द्रलाई हरायो

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलवार भएको खेलमा एपीएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपीएफले १३ अङ्क जोडेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई शुरुआती अग्रता दिलाए । एपीएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै खेलेको पहिलो हाफको १२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङमार्फत गोल गरेका थिए । 

Vianet communication
Laxmi Bank

खेलको पहिलो हाफको ३४औँ मिनेटमा मच्छिन्द्रले एक गोल फर्कायो । उसका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले गोल गरे । जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो । नवौ खेल खेलिसकेको मछिन्द्रले यसअघि एक गोल पनि गर्न सकेकको थिएन । 

खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रहेको एपीएफले दोस्रो हाफमा एक गोल थप्यो । एपीएफका रुपबहादुर लामाले गोल गरे । उनले खेलको ८८औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए ।

नवौं खेल खेलेको एपीएफ अङ्क तालीकाको आठौं स्थानमा यथावत छ भने पराजित मच्छिन्द्र तीन अङ्कसहित अङ्क तालीकाको १३औँ स्थानमा छ । 

जारी लिगमा मनाङमस्र्याङ्दी क्लब २४ अङ्कका साथ शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको सङ्कटा क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै २१ अङ्कका साथ थ्रिस्टार क्लब तेस्रो स्थानमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x