×

NMB BANK
NIC ASIA

दोस्रो टेस्ट जितेर अस्ट्रेलियाले गर्‍यो शृंखला बराबरी

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतविरुद्धको चार टेस्ट शृंखलाको दोस्रो टेस्ट १४६ रनले जितेर घरेलु टोली अस्ट्रेलियाले शृंखला बराबरी गरेको छ । 

पर्थमा मंगलवार सम्पन्न खेलमा २८७ रनको लक्ष्य पछ्याएको भारत जम्मा १४० रनमा समेटियो ।

भारतलाई सस्तैमा समेट्नका लागि अस्ट्रेलियाका बलरहरू मिचेल स्टार्क र नाथन लियोनले तीन तीन विकेट लिए । बाँकी चार विकेट जोश हेजलवूड र प्याट कमिंग्सको नाममा रह्यो ।

तीव्र गतिका बलरहरूलाई सजिलो मानिने पर्थको विकेटमा भारतीय ब्याट्स्म्यानहरू खुलेर खेल्नै सकेनन् । दोस्रो इनिङमा खाता नखोल्दै विकेट गुमाएको भारतका ब्याट्स्म्यानहरू टिकेर खेल्नै सकेनन् । 

अजिंक्या रहाणे र ऋषभ पन्तले समान ३०–३० रन बनाए र त्यो नै भारतको सर्वाधिक स्कोर रह्यो । पाँच ब्याट्स्म्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके भने तीन ब्याट्स्म्यान त शून्यमै आउट भए ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले मार्कस ह्यारिसको ७० र ट्राभिस हेडको ५८ रनको योगदानमा ३२६ रन बनायो । भारतका लागि इशान्त शर्माले चार विकेट हात पारे ।

जवाफमा ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २८३ रन बनायो । कप्तान विराट कोहलीले शानदार शतक हान्दै १२३ रन बनाए भने अजिंक्या रहाणेले ५१ रनको योगदान गरे । तर अन्य ब्याट्स्म्यानले खासै रन बनाएनन् ।

नाथन लियोनले भारतका पाँच ब्याट्स्म्यानलाई पेभिलियन फर्काए ।

पहिलो इनिङमा ४३ रनको अग्रता पाएको अस्ट्रेलियाले दोस्रो इनिङमा २४३ रन बनायो । उस्मान खवाजाले ७२ र टम पेनले ३७ रनको योगदान गरे । 

भारतका लागि मोहम्मद शामीले शानदार बलिङ गर्दै ६ विकेट लिए । जसप्रीत बुमराहको नाममा तीन विकेट रह्यो ।  

दुवै इनिङमा गरी कुल आठ विकेट लिएका नाथन लियोन म्यान अफ द म्याच बने ।

शृंखलाको तेस्रो म्याच बक्सिङ डे अर्थात् अर्को हप्ताको बुधवारबाट शुरू हुनेछ ।

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x