×

NMB BANK
NIC ASIA

संघले हात झिकेपछि बहुवर्षीय सडक योजना अलपत्र, प्रदेशलाई निल्नु न ओकल्नु !

पुस ३, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत – संघीय सरकारले बहुवर्षीय सडक आयोजना विना बजेट प्रदेश मातहतमा पठाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिना बजेट योजना मात्रै पठाउँदा प्रदेशलाई काम गर्न गाह्रो भएको कर्णाली प्रदेशका भौतिक विकास मन्त्री खड्कसिंह खत्रीले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संघ सरकारले बजेट नदिँदा र मन्त्रालयमा कर्मचारी अभाव हुँदा काम गर्न गाह्रो भएको बताए । प्रदेश सरकारलाई केन्द्रले कर्णालीमा रहेका विभिन्न बहुवर्षीय योजना निर्माण गर्न भनेर ५९ करोड रुपैयाँ मात्रै दिएको मन्त्री खत्रीले बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रदेशमा एक त बजेट नै कम छ, त्यसैमाथि केन्द्र सरकारले समेत पुग–नपुग ५९ करोड रुपैयाँ बजेट पठाएको छ,’ मन्त्री खत्रीले भने, ‘अब हामीले बहुवर्षीय आयोजना मात्रै लिएर काम छैन, केन्द्रले बजेट सुनिश्चित गरिदिनुपर्छ ।’

Vianet communication
Laxmi Bank

उनले अहिले प्रदेशमा मन्त्रालयभित्रै काम गर्ने जनशक्ति पनि नभएको बताए । ‘बारम्बार केन्द्रसँग प्राविधिक कर्मचारी माग गर्दा पनि केन्द्रले कर्मचारी खटाएको छैन,’ उनले भने, ‘कर्मचारी अभावका कारण प्रदेश सरकारसँग भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको छ ।’

केहीदिनमै टेन्डर आह्वान गरिने

मन्त्री खत्रीले मन्त्रालयले विनियोजन गरेको १ करोड रुपैयाँभन्दा बढीका आयोजना निर्माणका लागि केही दिनमै टेन्डर आह्वान गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकार बजेट कार्यान्वयन गर्नका लागि निरन्तर प्रयासरत रहेको बताए ।

‘सार्वजनिक खरिद ऐन अनुसार अब हामीले आयोजनाको टेन्डर आह्वान गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्रक्रियागत रुपमा जाँदा अबको २ महिनापछि मात्रै काम शुरू गर्न सकिने अवस्था छ ।’

आयोजनालाई पत्रमार्फत् काम नगर्न र नगराउन परिपत्र

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाडौंले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका कार्यालय अन्तर्गत सडक डिभिजन र सडक आयोजनालाई पत्रमार्फत् काम नगर्न र नगराउन परिपत्र गरेको छ ।

केन्द्र सरकारले अहिले बजेट नपठाएको र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भन्दै अहिले काम रोकिएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिए ।

‘अहिले बहुवर्षे आयोजनाका कामहरू ठप्प छन् । केन्द्र सरकारले हामीलाई पत्र पठाएर काम अघि नबढाउन भनेको छ,’ उनले भने, ‘केन्द्रको विभागकै निर्देशन अनुसार हामीले काम रोकेका हौं । हाम्रो कुनै दोष छैन ।’

इन्जिनियर भट्टराईका अनुसार सुर्खेतका निर्माणाधीन सबै बहुवर्षे आयोजनाको काम रोकिएको छ । ‘केन्द्रले आर्थिक वर्ष २०७४/०७५ सम्म सडक विभाग अन्तर्गत रहेका ठेक्कापट्टाको लागि चालू आर्थिक वर्ष २०७५/०७६ मा बजेट नभएका सडकको चालू ठेक्का सम्बन्धित प्रदेशका सडक हेर्ने निकायसँग समन्वय गरी हस्तान्तरण गर्न निर्देशन गरेको छ,’ उनले भने ।

अहिले सडक डिभिजन कार्यालय सुर्खेतले बहुवर्षे आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको बताए । निर्माणाधीन रहेका गंगटे–आरनटुँडा, तुल्सीपुर–पुरन्धारा, बाबियाचौर–जामु–तिखाकुना–जंगलाघाट जोड्ने, तल्लोडुंगेश्वर–दुल्लु–पिपलकोट लगायतका करीब २ दर्जन सडकसहित बहुवर्षीय आयोजनाको काम रोकिएका हुन् ।

‘कार्यालयले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने २२ भन्दा बढी आयोजना छन्,’ इन्जिनियर भट्टराईले भने, ‘हामीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई समेत पत्र काटिसकेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x