×

NMB BANK
NIC ASIA

बुटवल – के तपाईलाई कसैले चिट्ठा (लटरी) पर्यो भन्दै सामाजिक सञ्चालमा म्यासेज गरेका छन् ? इमोमा फोन त आएको छैन ?

Muktinath Bank

लाखौंलाख चिट्ठा पर्यो भन्दै रकम लिनुअघि कर तिर्नुपर्छ भन्दै रकम माग गरेका छन् कि ? त्यसो हो भने ख्याल गर्नुस् है ? तपाई ठगिन सक्नुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय देशभर यस्तै ठगी धन्दा भइरहेका छन् । रुपन्देहीमा पनि यस्तै चिट्ठा परेको भन्दै ठगी गर्ने धन्दामा लागेका ३ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जाल इमोमार्फत् लटरी रकम परेको प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सरकारलाई लटरी बापतको कर तिर्नुपर्ने भन्दै भारतीय रुपैयाँ ४५ हजार रुपैयाँ आईएमईमार्फत ठगी गर्ने सिद्धार्थ नगरपालिका–१ का २१ वर्षीय अव्दुल हफिज पठान, रोहणी गाउँपालिका–१ का २० वर्षीय सम्सुदिन जोलाहा र भारत महाराजगञ्ज जिल्ला घर भई सुनौली बस्ने १८ वर्षीय मुन्ना भन्ने मोहम्मद हसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

Vianet communication
Laxmi Bank

ती युवाले बुटवलका एक व्यक्तिलाई चिट्ठा परेको भन्दै ठग्न लागेका थिए । भारतीय रुपैयाँ २५ लाख लटरी परेको र त्यसबापत सरकारलाई कर तिर्न भारतीय ४५ हजार रुपैयाँ माग गर्दैगर्दा उनीहरूलाई बेलहियाबाट प्रहरीले पक्राउ गरेको हो ।

आईएमईमा रकम निकाल्ने बेलामा प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ । उनीहरूले आईएमईबाट रकम निकाल्दा नक्कली नागरिकता समेत प्रयोग गरिएको भेटिएको छ । नागरिकताबारे पनि थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनीहरूले नक्कली नागरिकता प्रयोग गरी आईएमईबाट रकम झिक्दै गएका थिए । 

यस्तै, प्रहरीले जबर्जस्तीकरणी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । देवदह नगरपालिका–५ नमूना टोलमा २९ वर्षीया महिलालाई जबर्जस्तीकरणी गरेको भन्दै प्रहरीले देवदह नगरपालिका–५ का ५३ वर्षीय रामबहादुर विकलाई पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका–६ सुन्दरटोलमा २७ वर्षीया महिलालाई जबर्जस्तीकरणी गरेको भन्दै बुटवल उपमहानगरपालिका–६ का २५ वर्षीय कमलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषधसहित ३ जनालाई समेत पक्राउ गरेको छ । देवदह नगरपालिका–७ का ३० वर्षीय सुनिल गुरुङ, २७ वर्षीय केशवसिंह तामाङ र सिद्धार्थनगर नगरपालिका–१३ बस्ने सहिदा खानलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 

उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम ब्राउन सुगुर, २–२ एमएलको डाईजेपाम २१ केप्सुल, नुफिन २१ वटा, फेनारगन २१ केप्सुल बरामद गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए ।
मोटरसाइकल चोरी गर्ने बुटवल–१० का ३० वर्षीय प्रकाश फुल्लेललाई समेत पक्राउ गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x