×

NMB BANK
NIC ASIA

दुई पाङ्ग्रे सवारीको हेल्मेटमा कडाइ, सरकारले तोक्यो यस्तो मापदण्ड

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दुई पाङ्ग्रे सवारी साधन चलाउँदा हुने जोखिम न्युनिकरणका लागि सरकारले हेल्मेटको गुणस्तर निर्धारण गरेको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले सुरक्षा जोखिम न्युनिकरणका लागि हेल्मेटमा गुणस्तर निर्धारण गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

विभागका निर्देशक मणिराम भुसालले हेल्मेट प्रयोगकर्ताहरु बढेको तर, नेपालमा हेल्मेट गुणस्तरयुक्त भए/नभएको कुनै जानकारी नरहेको भन्दै विभागले गुणस्तर निर्धारण गरिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै बेला लड्यो भने, टाउको भुईमा पुग्नु भन्दा अगाडी नै हेल्मेट फुत्कन्छ’ उनले भने, त्यस्तो अवस्थामा चोट लाग्ने सम्भावना अत्यधिक हुन्छ । हामीले हेल्मेट लगाएको अर्थ नै हुँदैन, ।’


Advertisment
Nabil box
Kumari

टाउको भुईमा पुग्नु भन्दा अघि नै हेल्मेट फुत्कने एउटा कारण हेल्मेट गुणस्तरहीन भएर समेत हुन सक्ने भन्दै विभागले गुणस्तर निर्धाणर गरेको उनको भनाई थियो ।

Vianet communication
Laxmi Bank

त्यसका लागि टाउकोको साइज अनुसार पाँच सय मिलिमिटर देखि ६ सय ४० मिलिमिटिरसम्म १५ वटा साइज निर्धारण गरिएको उनले बताए ।

विभागले निर्धारण गरेको हेल्मेटको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले स्वीकृत गरिसकेका छन् ।

विभागका निर्देशक भुसालका अनुसार अब हेल्मेट निर्माता कम्पनीले हेल्मेट निर्माण गर्नुपूर्व गुणस्तर प्रमाण पत्र लिनु पर्ने छ । यद्यपि सरकारले यो व्यवस्थालाई अनिवार्य गराईसकेको छैन ।

भविष्यमा हेल्मेट निर्माण गर्दा गुणस्तर मापदण्ड लिने व्यवस्थालाई सरकारले अनिवार्य गर्ने समेत भुसालले बताए ।

विभागले निर्धारण गरेको मापदण्ड अनुसार हेल्मेट निर्माण गर्दा हेल्मेटको निर्माण, फिनिसिङ, तौल लगायतका विषय परिक्षण गर्नु पर्ने छ । परिक्षणको आधारमा विभागले निर्मातालाई गुणस्तर प्रमाण पत्र दिने छ ।

विभागले निर्धारण गरेको गुणस्तर अनुसार हेल्मेट निर्माणमा प्रयोग गरिने शेलमा फलामको प्रयोग गर्न पाइने छैन । त्यस्तै हेल्मेटको तौल डेढ केजी भन्दा बढि हुनु पर्ने छैन । हेल्मेट निर्माणको क्रममा फिनिसिङ गर्दा गोलो आकार हुनु पर्ने र सबैतिर स्मुथ हुनु पर्ने विभागले जानकारी दिएको छ ।

त्यस्तै हेल्मेट निर्माण कम्पनीले हेल्मेटमा लेबल समेत उल्लेख गर्नुपर्ने छ । हेल्मेटको साइज, उत्पादन मिती, तौल र हेल्मेट प्रयोगका लागि सुझाव समेत लेख्नुपर्ने छ । विभागले हेल्मेट परिक्षणका लागि आगामी आर्थिक वर्ष २०७६/०७६मा आधुनिक हेल्मेट ल्याव समेत स्थापना गर्ने योजना बनाएको छ ।

‘आगामी आर्थिक वर्षमा आधुनिक हेल्मेट ल्याव बनाउने योजना छ’ निर्देशक भुसालले भने, ‘प्रारम्भिक छलफल अनुसार ल्याव स्थापनाका लागि २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ, ।’

नेपालमा हेल्मेट निर्माता कम्पनीहरु अव्यवस्थित रहेका र तिनीलाई व्यवस्थित बनाउनमा हेल्मेटमा तोएिको गुणस्तरले सहयोग पुग्ने विभागको आपेक्षा रहेको छ ।

यसबाहेक विभागले ग्रीन कफी, जस्ता पाता लगायतका अन्य चार वस्तुको गुणस्तर निर्धारण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x