×

NMB BANK
NIC ASIA

जति पक्राउ गरे पनि भरिया मात्र !

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

घोराही –डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । अघिल्लो वर्ष २०७३/७४ मा पनि करीब ६४ विरुद्ध मुद्दा चलायो । गत वर्ष १२० जनाविरुद्ध ९३ मुद्दा अदालतमा पेश गरेको जिल्ला वनले अघिल्लो वर्ष ६४ जनाविरुद्ध २५ मुद्दा अदालतमा दायर गरेको थियो । 

Muktinath Bank

कार्यालयको तथ्याङ्कअनुसार विशेषगरी काठ चोरी गर्ने, काठ ओसारपसारमा संलग्न रहेका, जडीबुटी ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानि नोक्सानी पुर्‍याउने, वन क्षेत्रबाट ढुङ्गा बालुवा ओसारपसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार र वन अतिक्रमण गर्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयको मुद्दा फाँटका प्रमुख माधवप्रसाद तिमिल्सिनाका अनुसार वन मुद्दामा पक्राउ पर्ने अधिकांश भरिया छन् । जिल्लाका वन क्षेत्रमा ढुङ्गा, बालुवा ओसारपसारदेखि जिल्ला बाहिरबाट चितुवा, हिउँचितुवा, रेडपाण्डा, कस्तुरीको बिना, रतुवा, कछुवाको छाला र दाँत ओसारपसारमा संलग्न पनि भरिया नै छन् । 


Advertisment
Nabil box
Kumari

“मालिक आफैं त्यस्तो काममा संलग्न हुँदैनन्”, प्रमुख तिमिल्सिनाले भने, “भरिया नै पक्राउ पर्छन्, उनीहरू आर्थिक प्रलोभनमा परेर मालिकको नाम भन्दैनन् र अपराध स्वीकार गर्छन् ।” वनजन्य अवैध सामग्री ओसारपसारमा तस्करले विशेषगरी महिला, बालबालिका वा अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्ने गरेको उनी बउँछन् ।

Vianet communication
Laxmi Bank

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा एक हजार २३० दाउरा र एक दशमलव २२ फिट चट्टा, एक हजार ९७८ घिनफिट ढुङ्गा, तीन मृगको छाला र एक थान स्यालको छाला र तीन थान बँदेलको छाला बरामद गरिएको थियो । कार्यालयले वनजन्य अवैध गतिविधिमा प्रयोग भएका १२ ट्र्याक्टर, दुई टिपर, दुई मोटरसाइकल, एक जीप, एक हाते आरा र एक बन्चरोसमेत बरामद गरेको थियो । 

अघिल्लो वर्ष २०७३/७४ मा पनि १५० घनफिट काठ, दाउरा, एक हजार ८१८ घनफिट ढुङ्गा, मृग, स्याल, चितुवाको छाला पक्राउ बरामद भएको थियो । त्यस्तै सात टिपर, एक मोटरसाइकल, आरा, हातेआरा, बन्चरोसमेत बरामद भएको थियो । 

कुनै पनि मुद्दा १८ महीनाभन्दा बढी लम्ब्याउन नपाउने कानूनी प्रावधान छ तर कार्यालयमा गत वर्ष २०७४/७५ मा मात्र दुई वर्ष नाघेका १९ मुद्दा अझै फछ्र्यौट हुन बाँकी छन् भने ४३ मुद्दाको किनारा लागिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x