×

NMB BANK
NIC ASIA

धर्मको विषयलाई लिएर कांग्रेस महासमिति बैठकमा जुहारी

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – धर्मको विषयलाई लिएर कांग्रेस महासमिति बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप चलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पार्टीले हिन्दूराष्ट्रको नीति लिनुपर्ने भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका सदस्यहरूले जनताको भावना अनुसार पार्टीले नीति बदल्नु पर्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारको बन्दसत्रमा लोकेश ढकाल, चन्द्र केसी लगायतका नेताले नेपालको मौलिक पहिचानका लागि सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाउनु पर्ने बताएका थिए ।


Advertisment
Nabil box
Kumari

नेपालमा धर्म परिवर्तनको डरलाग्दो अभियान शुरू भएको भन्दै उनीहरूले नेपालको मौलिकता बचाउन पनि हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका थिए । 

Vianet communication
Laxmi Bank

केही महासमिति सदस्यले भने संविधानमा भएको धर्मनिरपेक्षताको व्यवस्थाबाट पछि हट्न नहुने बताएका छन् । सुवास यादव, तेजुलाल चाौधरी, राजकिशोर सिंह लगायतले हिन्दू धर्ममा जान नहुने बताएका थिए । हिन्दूराष्ट्रको पक्षमा ६ सय ५० भन्दा बढी सदस्यले हस्ताक्षर गरेका छन् ।

ʻम हिन्दू हुँ, तर पार्टी धर्मनिरपेक्षताको अडानबाट पछि हट्नु हुँदैन,ʼ सिराहाका महासमिति सदस्य यादवले भने, ʻधर्मनिरपेक्षताबाट पछि हट्दा जनजाति, मुस्लिम लगायका समुदाय पार्टीबाट टाढिने खतरा छ ।ʼ

नेता रामहरि खतिवडाका अनुसार बुधवार साढे ११ बजेसम्म सुधीर शिवाकोटी, बैकुण्ठ न्यौपाने लगायत १४ जना सदस्यले धारणा राखिसकेका छन् । केही महासमिति सदस्यले विधानको विषयमा निर्णय गर्न बोलाइएको महासमिति बैठकमा विधान संशोधन प्रतिवेदन पेश गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । 

लामो कसरतपछि कांग्रेसले कोषाध्यक्ष बाहेकका पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्नेगरी विधानलाई अन्तिम रूप दिएको थियो । विधान छपाइमा भएको ढिलाइका कारण आज बाड्न नसकिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई बताए । 

विधान संशोधनमा भएको ढिलाइका कारण महासमिति बैठक भोलिसम्मका लागि लम्बिने भएको छ । शनिवारदेखि महासमिति बैठक चलिरहेको योगम्बर पार्टी प्यासलेमा भोलिका लागि अर्को कार्यक्रम तय भएका कारण भोलिको बैठक भने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

विधान संशोधन र पार्टीको भावी रणनीति तय गर्दै कांग्रेस महासमिति बैठक भोलि समापन हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x