×

NMB BANK
NIC ASIA

अनन्त तामाङ फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् । 

दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् । 

दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो । 

आज दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका अनन्तको नाम फिर्ता लिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । 

दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारवाहीबाट समेत जोगिने भएका छन् । दुवै क्लबसँग अनन्तले सम्झौता गरेको भेटिएपछि एन्फाले उनलाई कारवाहीको तयारी गरेको थियो । 

“खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय ग¥यौँ” थ्रीस्टार अध्यक्ष अरुणमान जोशीले भन्नुभयो, “फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने विषयमा दुवै क्लबबीच सहमति जुटायौँ ।” 

मङ्गलबार साँझ थ्रीस्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक बसेर अनन्तको नाम दुवै क्लबले फिर्ता लिने विषयमा सहमति जुटाएका थिए । 

थ्रीटार र मनाङ दुवै क्लबमा नरहने भएपछि अनन्तले अब लिगका बाँकी चार चरणका खेलहरू ती दुई क्लब बाहेकका क्लबबाट खेल्न बाटो खुलेको छ । 

जारी लिगमा नवौँ चरणका खेल आजदेखि सकिँदै छ । लिगका लागि थ्रीस्टारसँग सम्झौता हुँदाहुँदै उनले यस वर्ष मनाङसँग सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुईवटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ । 

डिपिएलका लागि खेलाडी दर्ता आजदेखि 

धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ । 

आवेदन आजदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ । यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ । खेलाडीले फर्म भर्दा न्यूनतम रु ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन् । 

फर्म भर्नका लागि डिपिएलको आधिकारिक वेब पोर्टल धधध।मउयिााष्अष्ब।िअयm मा लगइन गर्नुपर्नेछ । फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ । फर्मको शुल्क रु एक हजार तोकिएको छ । 

छ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x