कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं — शिशुलाई मुलायम तरिकाले मुसार्दा उनीहरूको दिमागमा रहेका पीडिादायक अनुभव घट्ने एक अध्ययनले देखाएको छ ।
अक्सफोर्ड विश्वविद्यालय र लिभरपूल मूर्स विश्वविद्यालयले अध्ययनका क्रममा ३२ जना शिशुको रक्त परीक्षण गर्दा दिमागी गतिविधिको निरीक्षण गरेका थिए ।
तीमध्ये आधीलाई रक्त परीक्षणअघि नरम बुरुशले मुसारिएको थियो र पछि उनीहरूको दिमागमा ४० प्रतिशत कम पीडा पुगेको देखियो ।
अध्ययनकर्ता रेबेका स्लाटरले भनिन्, ‘स्पर्शले कुनै साइड इफेक्टविना औषधिको काम गर्छ । शिशुलाई मसाज गर्दा देखिने स्नायुजैविक परिणामलाई हामीले थप राम्रो गरी बुझ्यौं भने मातापितालाई कसरी सन्तानलाई आराम दिन सकिन्छ भनी सल्लाह दिन समर्थ भइन्छ ।’
मुलायम तरिकाले शिशुलाई मुसार्दा छालामा रहेका न्युरोनमा सी ट्याक्टाइल एफरेन्टलाई सक्रिय बनाउँछ । वयस्कहरूलाई पनि यो मुसाराइले पीडा कम गर्ने गरेको अघिल्ला अध्ययनले देखाएका छन् ।
‘सी–ट्याक्टाइल अफेरेन्टहरूलाई शिशुमा सक्रिय गर्न सकिने प्रमाण फेला परेको थियो अनि बिस्तारै नरम तरिकाले स्पर्श गर्दा शिशुको दिमागी गतिविधिमा परिवर्तन आउन सक्ने पनि देखियो,’ प्राध्यापक स्लाटरले भनिन् ।
करेन्ट बायोलोजी जर्नलमा प्रकाशित उक्त अध्ययनले शिशुको मसाज तथा कंगारू स्याहार लगायतका स्पर्शमा आधारित अभ्यासको महत्त्व उजागर गरेको बताइन् । समयअगावै जन्मेका शिशुलाई छालामा टाँसेर राख्दा मातापिता र
शिशुको सम्बन्धलाई उत्प्रेरित गर्ने र पीडा पनि घटाउने काम गर्छ ।
‘पहिलेका कामले स्पर्शबाट प्यारेन्टल बोन्डिङमा वृद्धि गर्ने, मातापिता र शिशु दुवैका लागि तनाव घटाउने अनि अस्पतालको वास घटाउने देखाइसकेको छ,’ स्लाटरको भनाइ छ ।
अध्ययनकर्ताहरूले यही परीक्षण समयअगावै जन्मेका शिशुमा दोहो–याउने योजना बनाएका छन् । त्यस्ता शिशुको सेन्सोरी पाथवेहरू विकसित हुनै बाँकी हुन्छ ।
बीबीसीबाट
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...