×

NMB BANK
NIC ASIA

लापरवाही गरेर छोरीहरू मार्ने आमालाई ४० वर्ष जेल सजाय

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकामा एक आमाले कारमा दुई साना छोरीहरूलाई राखेर पार्टी गर्दा ४० वर्षको जेल सजाय भएको छ । 

अमान्डा हकिन्स नामक यी महिलाले अघिल्लो वर्ष आफ्ना दुई साना छोरीहरूलाई कारभित्र राखेकी थिइन् । कारमा तापक्रम बढ्दै गएपछि उकुसमुकुस भएर बालिकाहरूको मृत्यु भयो । 

आमा चाहिँ रातभरि पार्टीमा नाचिरहिन् अनि छोरीहरू चाहिँ तड्पी तड्पी मरे ।

अदालतले हकिन्सलाई गम्भीर अपराधका दोषी मानेर ४० वर्षको कारावास सजाय सुनाएको हो । प्रहरीका अनुसार, बच्चीहरू लगभग १५ घन्टा कारभित्र थुनिएका थिए । 

बन्द कारको तापक्रम ९० डिग्रीभन्दा माथि पुग्यो । सास फेर्नै नसकेर दुवै बच्चीहरू मरे । 

न्यायाधीशले फैसला सुनाउँदै लापरवाही र असंवेदनशील व्यवहारका लागि आमालाई निकै निन्दा गरे । उनले मानिसहरू आफ्ना घरपालुवा जनावरलाई त संवेदनशीलताका साथ हेरचाह गर्छन् भने आफ्नै सन्तानप्रति अलिकति
गम्भीरता देखाएको भए बच्चीहरू बाँच्थे होलान् भने । 

दुईवटा मृत्युका लागि दोषी ठहर गर्दै अदालतले २० २० वर्षको सजाय सुनाए । 

प्रहरीको प्रतिवेदनअनुसार, बच्चीहरू रोएको आवाज सुनेपछि छिमेकीहरूले अमान्डालाई फोन पनि गरेका थिए तर उनी पार्टीमा व्यस्त भइरहिन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x