×

NMB BANK
NIC ASIA

कुवेतमा साहुनीको भाइले बलात्कार गरेपछि छोरा लिएर नेपाल फर्किन् मनमाया

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । 

सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९/२० घण्टा काम गर्नुभयो । खटाइ धेरै भए पनि त्यसैका आधारमा उहाँको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उहाँ खुशी नै हुनुहुन्थ्यो । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लाग्नुभयो । काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उहाँ गर्भवती बन्नुभयो । उहाँले भन्नुभयो, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।” 

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उहाँले बताउनुभयो । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उहाँलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उहाँले साढे तीन महीना काट्नुभयो । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उहाँ त्यहाँबाट छुट्नुभयो । विमानस्थलमा आइपुगे पनि उहाँसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उहाँ घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।” 

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् । 

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुग्नुभएको थियो । उहाँको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उहाँ एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उहाँ सानिमा भन्नुहुन्थ्यो) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उहाँ राहदानी बनाउनेलगायतका तयारीमा जुट्नुभयो । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुग्नुभयो । उहाँ भन्नुभयो, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।” 

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेट्नुभयो । तीमध्ये एकजना गर्भवती महिलाले उहाँलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भन्नुभयो । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्कनुभयो र भारत पुग्नुभयो । उहाँको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आउनुभयो । अहिले उहाँले दलाललाई पक्राउ गराउन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।” 

दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छ । कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाडौँमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।” 

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०/२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्काे देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरु पीडित बनेका हुन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x