मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
काठमाडौं — प्रेमियर लीगको क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व स्ट्राइकर ओल गन्नर सोल्सकाएरलाई सन् २०१८–१९ को सीजनको अन्त्यसम्मका लागि कामचलाउ व्यवस्थापक नियुक्त गरेको छ ।
जोसे मोउरिन्होलाई व्यवस्थापकबाट बर्खास्त गरेपछि क्लबले सोल्सकाएरलाई नियुक्त गरेको हो ।
मोउरिन्होको व्यवस्थापनमा क्लबले यस सीजनमा निकै खराब प्रदर्शन गरेको छ । आइतवार एनफील्डमा लिभरपूलविरुद्ध ३–१ ले हारेपछि पोर्चुगाली प्रशिक्षक मोउरिन्होको दिन सकिएको थियो ।
त्यसमाथि उनले क्लबका खेलाडी र व्यवस्थापन पक्षसँग पनि राम्रो सम्बन्ध नबनाएको चर्चा चल्थ्यो ।
नर्वेली खेलाडी सोल्सकाएरले युनाइटेडमा सन् १९९६ देखि २००७ सम्म खेलेका ३६६ खेलमा १२६ गोल गरेका थिए । सन् १९९९ मा च्याम्पियन्स लीगको फाइनलमा युनाइटेडका लागि निर्णायक गोल गरेर उनी क्लबका लेजेन्ड बनेका
थिए । त्यो वर्ष युनाइटेडले प्रेमियर लीग र एफए कप पनि जितेको थियो ।
नयाँ पूर्णकालीन व्यवस्थापक नपाउन्जेलका लागि सोल्सकाएरलाई क्लबको व्यवस्थापनको जिम्मा दिइएको छ ।
उनले म्यानचेस्टर युनाइटेडको रिजर्भ टीमको व्यवस्थापन सन् २००८ मा सम्हालेका थिए र त्यसपछि नर्वेली लीगमा मोल्डे क्लबलाई दुईवटा उपाधि दिलाएका थिए ।
प्रेमियर लीगमा उनले कार्डिफ क्लब सम्हालेका थिए तर क्लब रेलिगेसनमा परेपछि उनलाई बर्खास्त गरिएको थियो ।
एजेन्सी
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...