×

NMB BANK
NIC ASIA

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न समितिको निर्देशन

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो । 

समितिको आजको बैठकमा समिति सभापति दिलकुमार रावल थापा पार्वतीले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिनुभयो । 

समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहने टाँगिया बस्तीको रुथानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन, ती बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने’ समितिको निष्कर्ष सुझाव तथा निर्देशनमा भनिएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारा देशको पर्यटन पवद्र्धन र आर्थिक विकासका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान एवं गौरव बढाउन समेत महत्वपूर्ण योगदान गर्ने आयोजना हो । 

समितिले आयोजना स्थलभित्रका बस्ती स्थानान्तरण गरेपश्चात् विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुख मात्र कटान गरी विमानस्थल निर्माण कार्य अविलम्ब अगाडि बढ्न र रुख काटिएवापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिकी सभापति थापाले भन्नुभयो, “विमानस्थल निर्माण भए पश्चात् सिर्जना हुने रोजगारीका अवसरमा आयोजनाबाट विस्थापित हुने व्यक्ति र स्थानीय बासिन्दालाई विशेष प्राथमिकता दिने व्यवस्था गर्न निर्देशन गरिएको छ ।” 

विमानस्थल निर्माणमा स्थानीय सरोकारवाला सबै एकमत भएको र आयोजना एथाशीघ्र सम्पन्न होस् भन्ने चाहेको समितिको प्रतिवेदनमा जनाइएको छ । विमानस्थल निर्माण पश्चात तल्लोतटीय क्षेत्रमा सिँचाइ तथा जरुवा व्यवस्थापनमा उत्पन्न हुनसक्ने समस्याको आंकलन गरी सिँचाइको वैकल्पिक स्रोतको व्यवस्था गर्न र आयोजनाको निर्माणको क्रममा चुरे क्षेत्रको संरक्षणमा समेत सजग रहन समितिले निर्देशन दिएको छ । 

समितिले स्थलगत अनुगमनका क्रममा आयोजनाको क्षेत्रको जङ्गलमा पोथ्रा, बुट्यान र साना तथा कम उमेरका रुखको सङ्ख्या अत्याधिक देखिएको र अन्य रुखलाई विमानस्थल नजिकै खालिरहेका सार्वजनिक जग्गामा वृक्षरोपण गरेमा चार÷पाँच वर्षभित्रमा पुनः हरियाली बढाउन सकिने देखिएको जनाएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x