×

NMB BANK
NIC ASIA

न्याय माग्दै कांग्रेस बैठकमा छिरेकी सुनमती - देउवालाई पछ्यान्नौ, अइलसम्म भेट्याइ नाई ...

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नाकमा बुलाकी, आँखामा पावरवाला चस्मा, शरीरमा गुन्युचोली र पछ्यौरी अनि पछाडि भिरेको एउटा झोला । मंगलवार दिउँसो नेपाली कांग्रेसको महासमिति बैठकस्थल पुग्दा देखिएको एक वृद्धाको हुलिया हो यो ।

Sagarmatha Cement
Muktinath Bank

उमेरले ७ दशक नाघेको जस्तो देखिने ती वृद्धा कांग्रेस महासमिति बैठकको एउटा कुनामा घरी यता, घरी उता गरिरहेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा हातमा पुरानो ‘ब्ल्याक एण्ड व्हाइट’ फ्रेम सहितको फोटो र अर्को हातमा सेता कागजहरू थिए । वरिपरि पत्रकारहरूले महासमिति बैठकमा उपस्थित सदस्यहरूलाई बोलाएर प्रश्न सोधिरहेका थिए भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भर्खर ‘मिडिया ब्रिफिङ’ सकेर बन्दसत्र चलिरहेको बैठक स्थलमा छिर्दै थिए । 


Advertisment
Nabil box
Kumari

‘मेरो प्रचार गरिदिनुपर्‍यो’ भन्दै ती वृद्धा ऋषि धमलानजिकै पुगिन् । त्यतिबेला ‘जनता जान्न चाहन्छन्’ भन्दै धमलाले कांग्रेस नेता धनराज गुरुङसँग चर्काचर्की गरिरहेका थिए । धमलालाई ती वृद्धाको कुरा सुन्ने फुर्सद थिएन । त्यसपछि अर्को टेलिभिजन क्यामेरा नजिक पुगिन, उनीहरूले पनि वास्ता गरेनन् । 

Vianet communication
Laxmi Bank

वृद्धा निराश भइनन् । तीन चारजना संचारकर्मीलाई आफ्नो प्रचार गरिदिन आग्रह गरेकी वृद्धाले कसैको ध्यान तान्न नसकेपछि उनी लोकान्तरकर्मीको आँखामा परिन् । शुरूमा लाग्यो, धर्म या कुनै विषयमा प्रचार गर्न खोजेकी होलिन्, या केही बेच्दै होलिन् । आमा कहाँबाट आउनु भएको भन्ने प्रश्न उनले शायद बुझिनन् र सिधै ‘मेरो डेढ करोड खायो’ भन्न थालिन् ।

वृद्धाले दिएको उत्तर निकै संवेदनशील थियो । सामान्य हुलियामा कांग्रेस महासमिति बैठकमा छिरेकी उनले घाँटीमा महासमिति सदस्यको ‘पास’ भिरेकी थिइनन् । पत्रकारहरूलाई पनि मुश्किलले गेटबाट छिर्न दिने कांग्रेस स्वयंसेवकहरूले तिनलाई भित्र कसरी छिर्न दिए भन्ने प्रश्न एउटा कोणबाट उठ्न सक्थ्यो भने कतै कुनै नेताले उनको डेढ करोड खाएर बैठकभित्र त लुकिरहेको छैन ? भन्ने अर्को प्रश्न उठ्न सक्थ्यो । तर मै हुँ भन्ने मिडियाकर्मीले तिनलाई वास्ता गरेनन् ।

‘आमा यता आउनुस् र भन्नुस्, कसले पैसा खायो ?’ भनेर सोध्ने बित्तिकै उनले हातमा रहेका केही कागजहरू एक-एक गरेर देखाउन थालिन् । सबैभन्दा पहिला उनका श्रीमान कृष्णदत्त जोशीलाई वादी र देवर हरिलाल जोशीलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतको न्यायपरिषद्मा चढाएको उजुरी देखेपछि यो अंश मुद्दा या घरझगडा हो भन्ने छुट्याउन कुनै गाह्रो कुरा भएन । उजुरीमा उनको नाम कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरी बस्ने सुनमतीदेवी जोशी लेखिएको थियो ।

उनी थरले मात्र जोशी नभएर मान्छे पनि साँच्चिकै जोशिली थिइन् । आफ्नो देवरले जालसाझी गरेर जग्गा सबै हडपेको विषय लिएर कहिले जिल्ला अदालत, कहिले सर्वोच्च अदालत त कहिले कांग्रेस महासमितिको बैठकमा एक्लै पुग्न सक्ने आँट कैलालीकी एउटी सामान्य वृद्धामा हुनु चानचुने कुरा होइन ।

‘कांग्रेसका कस-कसलाई चिन्नुहुन्छ त ?’ प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ फर्काइन्, ‘मुइले शेरबहादुर देउवालाई पछ्यान्नौ (चिन्छु), अइलसम्म भेट भया नाई छन् (अहिलेसम्म भेट भएको छैन)’ सुनमतीले आफ्नो भाषामा भनिन् । 

हामीले त्यसपछि सोध्यौं, ‘न्याय माग्न कांग्रेस महासमिति बैठकमै किन आउनु भयो ?’ आफ्नै लवजमा उनको जवाफ रोचक थियो । ‘म कांग्रेस हुँ, अनि न्याय माग्न कम्निस्टको बैठकमा जाऊँ त ?’ यसपालि उनले आफ्नै लवज तर हाम्रो भाषामा उत्तर दिइन् । के कुरामा हामी स्पष्ट भयौं भने उनी आफ्नो अडानबाट सजिलै पछि हट्नेवाला छैनन् । 

उनलाई के थाहा छैन भने, शेरबहादुर देउवा कालो शिशा भएको सेतो गाडीमा आउँछन्, अघिपछि रहने आधा दर्जन मान्छेहरूले देउवालाई छपक्कै छोप्छन् र भीडमा हराउँछन् । देउवालाई देख्न पाउने लालसा सुनमतीमा मात्र होइन, महासमितिकै कतिपय सदस्यहरूमा पनि छ । अहिलेका देउवा उबेलाका देउवा जस्ता पटक्कै छैनन् । देउवा चारपटक प्रधानमन्त्री भए । यी चारैपटक देउवालाई प्रधानमन्त्री बनाउने दूरदराजका सुनमतीहरू नै हुन् ।

सुनमती गुनासो गर्छिन्, ‘दाजुभाइको अंशबण्डा नै भएको छैन, तर वकिल र न्यायाधीशलाई घुस खुवाएर अंशबण्डा भएको कागज बनाए अनि सगोलको जग्गालाई अंशबण्डा भइसकेको भन्दै सबै माइला देवरको नाममा गरे ।’
गाउँठाउँका भद्रभलाद्मीहरू मिलेर आ-आफ्ना स्वार्थ अनुरूप एउटाको जग्गा अर्काको नाममा पास गराउने काम नेपाली गाउँले समाजमा नौलो होइन । सुनमती त्यसैको शिकार भएकी रहिछन् ।

आफ्ना ८५ वर्षीय श्रीमानलाई गाउँमै छाडेर कागजपत्रसहित न्याय खोज्न काठमाडौँ र त्यहाँमाथि पनि आफूले सेवा गरेको पुरानो पार्टी ‘नेपाली कांग्रेस’को महासमिति बैठकमा छिरेर नेताहरूलाई गुनासो गर्न सक्ने हिम्मत भएकी सुनमती नेपाली समाजका कैयौं रुढीवादी चिन्तनहरूका लागि ‘चुनौती’ हुन् । ७५ वर्षको उमेरमा पनि न्यायका लागि डटेर लड्न सक्ने साहस एउटा प्रेरणादायी साहस हो । 

चार दाजुभाइ भएको घरमा भित्रिएकी सुनमतीको बिहे हुँदा जेठा र माइला सगोलमा थिए भने साइँला र कान्छा छुट्टिएर अलग बसिसकेका थिए । तर गाउँका भद्र भलाद्मीले जेठाको सम्पति सबै माइलाको भएको भन्दै ४० रोपनी खेतबारी माइलाको नाममा नापी गराए ।

त्यसपछि सुनमती र उनका श्रीमान् जिल्ला अदालत धाए । सुनमतीका अनुसार उनको ठाउँमा २० रोपनी जग्गाको हालको मूल्य डेढ करोड छ । जिल्ला अदालतले अंशबण्डा नभएको भन्दै ४० रोपनी जग्गा आधा-आधा गर्नुपर्ने फैसला गरिदियो । तर यतिमा मात्र मुद्दा टुंगिएन । सर्वोच्च अदालतले पनि अंशबण्डा भएको नदेखिएकाले मेलमिलापकर्ताको रोहबरमा जग्गा भागबण्डा गर्ने आदेश जारी गरेको थियो ।

आदेश अनुसार कैलाली जिल्ला अदालतको मेलमिलाप केन्द्रमा गत असारमा छलफल पनि भएको थियो तर कैलाली अदालतका इजलाश नम्बर ३ का न्यायाधीशहरू दीपककुमार कार्की, अनिलकुमार सिन्हा, नारायणप्रसाद पन्थी र बमकुमार श्रेष्ठले प्रतिवादीको हर्कत अनुसार मुद्दामा प्रभाव पारेको र त्यसमा आर्थिक चलखेल देखिएको निवेदन लेखेर सुनमती न्याय खोज्दै काठमाडौंमा चाहारिरहेकी छिन् । 

को-को नेतालाई भेट्नुभो त ? भन्ने प्रश्नमा उनले धेरै नेतासँग भेट भएको तर आफूले सबैलाई नचिनेको बताइन् । आफूले भेटेकोमध्ये गगन थापाको नाम उनलाई याद रहेछ । ‘गगनले पर्सी भेट्ने भनेर घरमै बोलाएका छन्,’ लोकान्तरकर्मीसँग उनले भनिन् ।

थापाले सुनमतीको गुनासो मात्र सुन्लान् कि न्याय दिलाउन पनि पहल गर्लान्, त्यो भने भविष्यकै गर्भमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x