मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
पुस ६, २०७५
काठमाडौं– राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदारलाई ठेक्का सम्झौताभन्दा झन्डै ३ अर्ब बढी रकम भुक्तानी गरिएको भेटिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ठेक्का सम्झौतामा उल्लेख गरिएकोभन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी दिएको भेटिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायत निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समिति र सीएमसीबीच ३१ असार २०७० मा ठेक्का सम्झौता भएको थियो । मेलम्ची विकास समिति र सीएमसीबीच ७ अर्ब ७२ करोड, ३४ लाख, ७१ हजार ३४२ नेपाली रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । तर, हालसम्म उक्त कम्पनीले १० अर्ब ५३ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको भेटिएको छ ।
मेलम्ची विकास समितिले सीएमसीलाई उक्त परिमाणमा रकम भुक्तानी दिएको हो । ‘सीएमसीले ७ अर्ब ७२ करोडमा निर्माण सम्पन्न गर्ने भनेपनि अहिलेसम्म १० अर्ब ५३ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको छ,’ मेलम्ची खानेपानी विकास समिति स्रोतले लोकान्तरसँग भन्यो, ‘यो रकम कुन आधारमा भुक्तानी गरिएको हो हामीलाई थाहा छैन, समितिका अध्यक्ष (खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर) र आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कडेलको सहमतिमा निर्णय भएको जानकारी पाएका छौं ।’
नेपालमा काम गर्नुपर्ने पैसाले इटालीमा ऋण तिर्दै सीएमसी
इटालियन कम्पनी कोअपरेतिभा मुरातोरी एन्ड सिमेन्तिस्ती (सीएमसी) ले नेपालसहित अन्य देशमा पनि केही ठूला आयोजना निर्माणको ठेक्का लिएको छ । तर, केही ठेक्कामा असफलता बेहोरेपछि अहिले उक्त कम्पनी आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको देखिन्छ ।
कम्पनीले आफू टाट पल्टिने स्थिति रहेको अवगत गराउँदै इटालीको एक अदालतमा निवेदन समेत दिएको छ । टाट पल्टिने अवस्थामा रहेको सीएमसीले मेलम्ची खानेपानी आयोजनाको रकमबाट बैंकको ऋण तिरको जानकारी समेत लोकान्तरलाई प्राप्त भएको छ ।
मेलम्ची खानेपानी आयोजनामा सीएमसीले २६ किलोमिटरको मुख्य सुरुङसहित बाटोसमेत गरी २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र सटकिट राख्ने, सुरुङभित्र ढलान गर्ने, सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउटको संरचना बनाउने ठेक्का पाएको थियो । यी सबै काम एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अगाडि बढेका हुन् ।
मेलम्ची खानेपानी आयोजनामा काम गरेर अवकाश पाएका एक जना अधिकारीका अनुसार सीएमसीलाई भुक्तानी भएकोमध्ये ७२ प्रतिशत रकम इटालीस्थित उसको मुख्य कार्यालयको बैंक खातामा पठाइएको छ ।
‘एडिबीसँगको ऋण सम्झौतामा नै यस्तो प्रावधान थियो सायद, उसले पाउनेमध्ये ७२ प्रतिशत रकम यूरोमै उसको इटालीस्थित कार्यालयको बैंक खातामा पठाउने गरिएको छ,’ मेलम्ची खानेपानी आयोजनाका ती पूर्व कर्मचारीले लोकान्तरसँग भने, ‘उसको केन्द्रीय कार्यालयमा गएको रकम नेपाल फर्केर आएन, बरु उसले अरु ठाउँमा लागेको ऋण तिर्न नेपाली आयोजनाको रकम खर्च गरेको भन्ने कुरा सुन्नमा आएका थिए ।’
बाँकी २८ प्रतिशत रकम नेपाल सरकारले उसलाई नेपालमै भुक्तानी दिने गर्थ्यो । जसबाट मात्रै सीएमसीले यहाँ निर्माण कार्य गर्दै आएको थियो ।
भुक्तानी दिँदा उच्च अधिकारीलाई कमिसन
मेलम्ची खानेपानी आयोजनाको काम शुरु भएपछि १२ वैशाख २०७२ को भूकम्पले केही समय निर्माण कार्य प्रभावित भयो । प्रमुख ठेकेदार सीएमसीले भूकम्पबाट आफूलाई १ अर्ब बढीको क्षति पुगेको भन्दै सो रकम भुक्तानी माग गरेको थियो ।
तर, खानेपानी मन्त्रालय र आयोजनाले १ अर्ब बढी रकम दिन नसकिने जनायो । त्यसपछि दुवै पक्षबीच सहमति खोज्न विवाद निरुपण समिति गठन भयो । उक्त समितिले सीएमसीलाई ३६ करोड रुपैयाँ क्षतिपूर्ति दिन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दियो । समितिले पुस १ गतेभित्र सीएमसीलाई ३६ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने भनेपनि मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले त्यसमा आनाकानी गरिरहे । बरु, सचिव ठाकुरले सीएमसी कम्पनीका प्रतिनिधिलाई भेटेर ‘किन ३६ करोड मात्रै ? क्षतिपूर्ति र भेरिएसनका लागि भनेर बढी रकम माग्नुहोस् । भुक्तानीका लागि मैले निर्णय गराइदिन्छु’ भनेको स्रोतको दावी छ ।
सचिव ठाकुरसँगको भेटवार्तापछि सीएमसीले आयोजनामा भूकम्पले पर्याएको क्षति, विभिन्न अवरोध, मजदूरहरुको ज्याला बढेको र निर्माण सामग्रीको मूल्य बढेको भन्दै १४ अर्ब रुपैयाँ लागत पुग्ने भनेर मलेम्ची खानेपानी विकास समितिलाई पत्र पठायो ।
स्रोतका अनुसार सीएमसीले क्षतिपूर्तिको रकम समेत गरेर ठेक्का सम्झौता हुँदाको रकम बाहेक करिब ६ अर्ब २७ करोड रुपैयाँ थप दिनुपर्ने माग गरेको थियो । सचिव ठाकूर र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कँडेलले निश्चित रकम कमिसन पाउने शर्तमा सीएमसीलाई थप रकम भुक्तानी दिने प्रक्रिया पनि अगाडि बढिसकेको थियो । जसअन्तर्गत कात्तिक मसान्तसम्म सीएमसीले १० अर्ब ५३ करोड रुपैयाँ भुक्तानी पनि लिइसकेको थियो । तर, खानेपानी मन्त्री बिना मगरले ‘हस्तक्षेप’ गरेपछि सीएमसीलाई दिन लागिएको थप रकम बीचमै रोकिएको स्रोतको दावी छ ।
‘सचिव ठाकुर र कार्यकारी निर्देशक कँडेलले सीएमसीलाई १४ अर्ब बराबर भुक्तानी नदिए आयोजना नै नबन्ने भनेर मन्त्रीलाई ब्रिफ गर्नुभएको रहेछ,’ मेलम्ची खानेपानी आयोजनाका एक पदाधिकारीले लोकान्तरसँग भने, ‘पछि मन्त्री ज्यूले हामीसँग पनि उक्त विषयमा बुझ्नुभयो, हामीले भने त्यति धेरै रकम दिन आवश्यक नरहेको बतायौं ।’
यसविषयमा बुझ्न लोकान्तरले केही दिन अगाडि नै सचिव ठाकूरसँग कुरा गर्न खोजेको थियो । तर, आयोजनाको विषयमा आफूले कुनै पनि कुरा नभन्ने ठाकूरले बताए । बरु, आयोजनको विषयमा बुझ्न मन्त्रालय र आयोजनका प्रवक्तालाई फोन गर्न भन्दै सचिव ठाकुरले फोन काटिदिए । आयोजनाका कार्यकारी निर्देशक कँडेल भने सम्पर्कमै आउन चाहेनन् ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...