×

NMB BANK
NIC ASIA

पल्टनमा पेन्सन पकाएर बगरमा नंग्रा खियाउँदै ६० वर्षीय लामिछाने, स्वदेशमै उद्यम

पुस ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – आँखै अगाडि भाग्य खोज्दै अधिकांश युवा खाडीतिर आकर्षित हुन्छन् । तर उमेरले ६० पुगिसकेका लीला लामिछाने स्वदेशमै श्रम–पसिना बगाइरहेका छन् ।

Muktinath Bank

विदेशी भूमिमा श्रम, सीप र पसिना बेचिरहेका युवाको लागि प्रेरणा बनेका लामिछानेले बगरबाटै मासिक लाखौं आम्दानी गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरपालिका–१५ रानीखहरेस्थित सेती किनारमा उनले ‘नमूना अर्गानिक कृषि तथा पशु विकास फर्म प्रालि’ सञ्चालन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सेती बगरको करीब ५४ रोपनी क्षेत्रफलमा फैलिएको फर्मभित्र भैंसीपालन, माछापालन, कुखुरापालन, अर्गानिक तरकारी खेती, केरा खेती देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

पर्वतको राम्जा तिलाहारका लामिछानेले ११ वर्षकै उमेरमा बाबु गुमाए । परिवारका २ दाजुभाइ र २ दिदी रहेकोमा उनको बाल्यकाल पर्वतमै बित्यो । पछि भारतीय सेनामा भर्ति भएका उनी २०५१ सालमा पेन्सन पकाएर निस्के । त्यसबेलासम्म उनको परिवार पोखरा बसाइँ सरिसकेको थियो । 

साढे १६ वर्ष पल्टन सेवा पूरा गरेपछि पोखरामा शुरूवातमा उनले जेसीबीको डिलर लिए । सो व्यवसायमा खासै मन गएन । किनकि उनको रुची कृषिमा गड्यो र झरे सेती बगरतिर ।

एक दशकअघि नेपाल बैंकको लिलामीमा रहेको बगर क्षेत्रको ५४ रोपनी जग्गा खरिदपछि सो ठाउँ सदुपयोग गरी उनले पशुपालन तथा अर्गानिक खेती थाल्ने योजना बनाए । त्यहाँ पुग्ने मोटरबाटो थिएन । करीब २ किलोमिटर बाटो करीब १० लाख रुपैयाँ खर्चेर निर्माण गरे । बगरलाई खेतीयोग्य बनाउन सम्याए । 

शुरूवातमा उनले फर्ममा गाईपालन थाले ।

७ वर्षअघि उनले १४ वटा गाईबाट पशुपालन व्यवसाय थालेका हुन् । गाई मर्न थालेपछि भैसीपालनमा आकर्षित भए उनी । उन्नत जातको भैसी खरिदका लागि भारतको बिहार राज्यको बेतिनी पुगे । हाल फार्ममा पाडापाडी गरेर ५६ वटा भैंसी छन् । लामिछानेले दैनिक झण्डै सय लिटर भैसीको शुद्ध दुध बेच्छन् ।

‘नेपाली पुस्ता कहिलेसम्म विदेशिने ?’ स्वदेशमै केही गर्ने सल्लाह दिँदै प्रश्न गर्छन्, ‘युवा जनशक्ति यसरी बाहिर जाँदा नेपाल कसले बनाउने ?’

ढल्कँदो उमेरमा पनि उत्तिकै जाँगरिला लामिछाने हरेक क्षेत्रमा प्रशस्त सम्भावना देख्छन् । २८ जनाका रोजगारदाता उनी चाउथेबाट दैनिक गाडी चलाउँदै फार्म झर्छन् । भन्छन्, ‘कुनै पनि काममा सीप, जाँगर, लगनशील र समर्पण चाहिन्छ ।’

उनको फार्मको कथा यत्तिकै सकिँदैन । फार्ममा देखिने अर्को मनै लोभ्याउने दृश्य हो कुखुरापालन । लहरै ८ वटा कुखुरा फार्म छन् । एउटै फर्ममै ४ हजार वटा चल्ला अट्ने क्षमता छ । यतिखेर प्यारेट जातको १४ हजार चल्ला हुर्किरहेका छन् । थाइल्याण्ड, फिलिपिन्सबाट खरिद गरिने चल्ला यहाँसम्म ल्याइपुर्याउन भने निकै झन्झटिलो रहेको उनको गुनासो छ । 

शुरूवातमा जिल्ला पशु सेवा कार्यालयको सिफारिस बनाउनेदेखि एयरपोर्टसम्म विभिन्न शीर्षकमा पैसा बुझाउनुपर्छ । पोखरा पुर्याउँदा कतिपय मरेर ठूलो नोक्सानी व्यहोर्नुपर्छ । आफ्नै फार्ममा ह्याचरिङ गरिन्छ । खरिद गर्दा प्रतिचल्ला ४० देखि ६० रुपैयाँसम्म पर्छ । यो जातको कुखुरालाई २४ घण्टामा मात्र एक पटक दान खुवाए पुग्छ भने अन्य बेला पानी खुवाइन्छ । 

कुखरा फार्ममा रेखदेखको जिम्मा लिएका विपीन पाठक भन्छन्, ‘६ महिनासम्म पालेपछि मात्र प्रोडक्ट फेज आउँछ । एउटा कुखुराले सरदर ९० वटासम्म अण्डा पार्छ । यो जातको कुखुरा ३ देखि साढे ३ किलोसम्म हुन्छ ।’ लामिछानेले ८ कुखुरा फार्ममध्ये १ फार्ममा क्रस गरिएका लोकल जातका करीब ४ सय वटा कुखुरा पनि पालेका छन् । यसरी सबै कुखुरा फार्मबाटै मात्रै वार्षिक ४०–५० लाख आम्दानी हुने उनी सगर्व बताउँछन् ।

फार्मको १० रोपनी क्षेत्रफलमा केराखेती छ । घीउ केरा, मालुङ्गे जातको केराको बोट सिञ्चिँदै सेती बग्छ । कुनै विष नहालिकन तरकारी खेती गर्न रुचाउने लामिछानेको फार्ममा टमाटरखेती पनि बाक्लै छ । ७ वटा टनेलमा रोपिने टमाटर ३५ दिनमै फल्छ र उत्पादन दिन्छ । एउटा बोटमा ८ किलोसम्म उत्पादन हुने र यसले १० महिनासम्म निरन्तर उत्पादन दिने उनी बताउँछन् ।

दैनिक १ सय किलोसम्म अर्गानिक साग बिक्री गर्छन् उनी । ५ वटा पोखरीमा पालिएका ग्रास्का, कमनकाप्र, रैनी जातका माछा पानीमा सल्बलाउँछन् । एउटै पोखरी डेढ रोपनीमा फैलिएको छ । 

लिलालाई काममा पत्नी माया र छोराछोरीले पनि फुर्सदमा सघाउँछन् । उनका २ छोरा र १ छोरीमध्ये जेठा शंकरले बीबीए सकेका छन् । कान्छा विशाल एमबीबीएस गर्दैछन् भने छोरी आशा बीएस्सी नर्सिङ अध्ययरत छिन् । 
फार्ममा उत्पादित दूध, मासु, तरकारी उनको स्वागतम् पार्टीसम्म पनि आइपुग्छ । पृथ्वी राजमार्ग किनार  पोखरा चाउथेमा रहेको पार्टी प्यालेस पनि पोखरामै चल्तीको पार्टी प्यालेस हो । 

‘इमान्दार, मेहनती मानिसले कहिल्यै पनि झुक्नु पर्दैन,’ उनको अहिलेसम्मको बुझाइ हो । स्वास्थ्यमा कहिल्यै पनि सम्झौता नगर्ने उनी अर्गानिक खेती उत्पादित गरेर कृषिमा नेपाल आत्मनिर्भर बनोस् भन्ने चाहना राख्छन् । तर अहिलेसम्म राज्यबाट कुनै पनि सहयोग र अनुदान नपाएपनि अटूटरुपमा आफ्नै कृषि कर्ममै खुशी कोरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x