माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का ४८ वर्षीय वैद्यनाथ साह आफ्नो नामको अगाडि सेवक भनेर परिचय दिने गर्छन् । केही वर्ष अघिसम्म उनको जनकपुरधाममा खासै परिचय थिएन । न त उनलाई कसैले नोटिस नै गर्थे । तर, अहिले जनकपुरधाममा जुन सुकै पनि सार्वजनिक काममा पनि उनको उपस्थित हुने गरेको छ ।
सामान्य लेख पढ गरेका साह आर्थिक रूपले अत्यन्तै विपन्न थिए । उनी २५ वर्ष अघि जनकपुरधामकै पसलहरूमा दैनिक मजदुरी गरेर घर परिवारको गुजारा चलाउँथे । कुनै बेला आफ्नै बुवा क्षयरोगले ग्रस्त हुँदा राम्रो उपचार गराउन असमर्थ रहेका तिनै साह अहिले यस क्षेत्रका सयौं असहायहरूलाई उपचार गराइरहेका छन् ।
उनको संघर्षको यात्रा
१ सय रुपियाँ मासिक पारिश्रमिकमा जनकपुरधामको पसलमा कामदार भएर काम गर्दै गर्दा घर परिवारकोसमेत गुजारा चलाउन कठिन भए पछि उनले आफ्नै कपडा पसल सञ्चालन गरे । त्यसपछि केबुल टिभिमा काम गरे । उनले पछि आफ्नै साह केबुल संचालन गरे । भाइ विश्वनाथ साहसहितको संयुक्त स्वामित्वमा उक्त केबुलले राम्रै ब्यापार गर्न थाल्यो ।
त्यस पछि साह जनकपुरकै जातीय संगठन कलाबार सेवा समितिमा आबद्ध भए । ६ वर्ष अघि केबुलबालाको रूपमा पहिचान बनेको साहले त्यही समितिमा कोषाध्यक्षको जिम्मेबारी पाए पछि समितिकै भवन निर्माणदेखि अन्य केही सामाजिक काममा सहभागी हुन थाले ।
त्यस पछि समाजमा उनको बिस्तारै परिचय हुन थाल्यो । अनि उनले असहायका लागि केही न केही गर्नु पर्छ भन्दै असहाय संरक्षण मञ्च नामक संस्था स्थापना गरे । यद्यपि उक्त संस्था अहिले पनि जिल्ला प्रशासन कार्यालय धनुषामा भने दर्ता भएको छैन । ‘अब छिट्टै उक्त संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएर विधिवत रूपमा उक्त संस्था मार्फत समाज सेवाको काम गर्ने तयारी गरेको छु,’साहले लोकान्तर सँग भने ।
५ बर्ष अघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकमा एक जनाको ग्यास पसलमा ग्यास सिलिन्डर विस्फोट भयो । उक्त घटनामा परि पसल सञ्चालक घाइते हुनुका साथै उनको छोरीको निधन समेत भएको थियो । उनको पसलको बिमा समेत गरिएको थिएन । घाइतेको उपचारमा समेत समस्या भईरहेको थियो । त्यतिकैमा साहले स्थानीय जनकपुरको समाज र प्रमुख जिल्ला अधिकारीसँग राहतका लागि सहयोग माग्न गए । १ लाख ५० हजार रुपियाँ संकलन गरेर उनले अग्नी पीडितका परिवारलाई उपचार तथा किरिया खर्च उपलब्ध गराए ।
त्यसपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मैं जुल्मा महतोको किराना पसलमा आगलागी हुँदा ५० हजार रुपियाँ सहयोग जुटाएर प्रदान गर्नुका साथै पसल पनि नयाँ बनाईदिए । त्यस पछि उनले जसको घरबार नभएका र हेरचाह गर्नै कोही नभएका असहाय व्यक्तिहरूलाई खोजी गरेर उपचार गराउने कार्य गर्न थाले ।
सडकमा बेबारिसे फालिएका, मानसिक सन्तुलन बिग्रिएका, असहाय बिरामीहरूलाई लगेर जनकपुर अञ्चल अस्पताल पुर्याउने, उपचार गराउने काम गर्न थाले । आफैंले औषधि किनेर दिने, आफ्नै घरबाट ती बिरामीका लागि खाना पकाएर लाग्ने काम गर्दै आएका थिए । पछि उनले जनकपुर अञ्चल अस्पतालका मेसुलाई भनेर असहाय बिरामीलाई अस्पतालबाट खाना उपलब्ध गराइदिन भने पछि केही असहाय बिरामीको खाना अब अस्पतालले नै दिने गरेको साहले लोकान्तरलाई बताए ।
हाल सम्म १ सय भन्दा बढी असहाय बिरामीहरूको जनकपुर अञ्चल देखि निजी अस्पतालमा उपचार गराइसकेको उनले बताए ।
तर, समस्या के देखिएको छ भने मानसिक सन्तुलन ठिक नभएका व्यक्तिको उपचारका लागि अस्पतालमा छुट्टै वार्ड छैन, नुहाइदिने, खाना खुवाइदिने, दिशा पिसाब गराइदिने मानिसको अभाव भएका कारण ती बिरामीहरू अस्पतालबाट भाग्ने गरेको उनले बताए । आफू त जतिबेला पनि अस्पतालमा नै रही रहने भन्ने कुरा हुँदैन, त्यहाँ पर्याप्त हेरचाह गर्ने अस्पतालमा नर्स नहुँदा बिरामी भाग्ने गरेको उनले बताए ।
‘यदी कसैले जग्गा उपलब्ध गराए एउटा घर बनाएर असहाय बिरामीको बस्ने, खाने ब्यबस्था, हेरचाह गर्नेदेखि अस्पतालमा उपचार गराउने सपना र लक्ष्य राखेको छु,’ साहले भने । सडकमा मानिसहरु नांगै सुतिरहेका हुन्छन्, कोही खाना खान नपाएर भोक भोकै सडकमा फोहोरको थुप्रोमा सुतिरहेका हुन्छन्, त्यस्ता व्यक्ति सडकमा देख्दा आफ्नो मन दुख्ने गरेको छ, उनले भने । त्यसैले त्यस्ता असहायका लागि केही गर्नै पर्छ भन्दै जग्गा दाताको खोजीमा लागेको उनले बताए ।
अस्पतालमा नै बिरामीलाई उपचार गराउँदा उनले जनकपुर अञ्चल अस्पतालमा देखेको फोहोर सफा गर्न उनी उत्प्रेरित भए । योग शिविरका मानिसलाई समेत ल्याएर, अस्पतालका कर्मचारी, स्वीपर समेतलाई परिचालन गर्न लगाएर त्यहाँ बृहत सरसफाई अभियान नै चलाए । साह भन्छन्,‘अस्पतालमा त्यत्रो जनशक्ति हुँदा पनि कहिल्यै सरसफाई हुँदैनथ्यो । २५ बर्षदेखिको कचडा सफा गराएँ ।’ उनले प्रत्येक सप्ताहको शनिबार सरसफाई कार्यक्रम राख्ने गर्थे ।
त्यस पछि त उनले जानकी मन्दिर, रंग भुमि मैदान बारह बिघा, जनकपुरका कतिपय सार्बजनिक स्थानमा प्रत्येक शनिबार सरसफाई अभियान चलाउदै आएका छन् । उनि भन्छन्,‘योग गर्ने साथीहरूदेखि समाजका मानिसलाई साथ लिएर सरसफाई गर्दै आएका छौं ।’
असहायको छोरीको बिहे गराए
समजामा कतिपय यस्ता मानिस पनि छन् जसले आफ्नो छोरीको बिहे गराउन सकिरहेका छैनन् । त्यस्ता व्यक्तिको छोरीको अभिभावक बनेर बिहे समेत उनले गराइदिने गरेका छन् । धनुषाकै घोडघासमा एक जना दलित समुदायका धर्मनाथ पासवान वैदेशिक रोजगारीमा गएका बेला बिरामी परे र वर्षौं देखि अस्पतालमा छन् । उनी अस्पतालमा थलिएपछि छोरीको विवाह गर्न समस्या भयो । यसमा पनि वैद्यनाथ साहले पासवानकी छोरीको विवाहको आवश्यक प्रवन्ध मिलाइदिए र छोरीलाई अन्माइदिए । जो समस्यामा परेको छ उसको अभिभावक बनेर वैद्यनाथ उभिने गरेका छन् ।
त्यसै गरी जनकपुरकै बेला कुट्टीका एक जना अपांगता भएका व्यक्ति राज कुमार साहको छोरीको बिहे गराईदिए । एक साता अघि मातरी जनकपुर ७ का दिप नारायण ठाकुरका छोरीको बिहे उनले गराईदिएका छन् । त्यसरी बिहे गराउँदा एउटा परिवारमा डेढदेखि दुई लाख रुपियाँसम्म लाग्ने गरेको उनले बताए ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको सिनुरजोडाका एक जना अत्यन्तै बिपन्न दलित ठकाई सदाका लागि उनले पक्की घर निर्माण गरिरहेका छन् । प्लाष्टिकको घरमा बसोबास गर्दै आएका उनका ८ सन्तान छन् । चिसो र वर्षा याममा कष्टपूर्वक जीवन विताइरहेका उनी सदाका लागि उनले पक्की घर बनाइरहेका छन् ।
करीब साढे ३ लाख रुपियाँ जतिको लागतमा निर्माण भईरहेको उक्त एकतल्ले घरको छतमा चदरा दिएको छ, केही दिनमै उक्त घर सदालाई हस्तान्तरण गर्ने सोच रहेको वैद्यनाथले बताए ।
अहिले उनले बिक्लांग भएका व्यक्तिलाई व्हिल चेयर दिने काम गरिरहेका छन् । १५ जना अपाङ्गता भएका व्यक्तिलाई व्हिलचेयर वितरण गरि सकेका उनले अब धनुषाकै जनक नन्दिनी गाउँपालिकाको खजुरी गाउँमा रहेको ५० जना बिक्लांगलाई व्हिलचेयर बितरणका लागि स्रोत जुटाउने तयारि गरिरेहेको बताए ।
गत बर्ष तराईमा बाढी आउँदा हजारौं मानिस प्रभावित भए । त्यस बेला साहले बिभिन्न स्थानमा पुगेर राहत वितरण गर्नुका साथै बाढीबाट भत्किएका घर निर्माण गर्न बाँस उपलब्ध गराएर ३ दर्जन भन्दा बढी व्यक्तिको घर मरम्मत गराउन सहयोग गरेको उनले बताए ।
गत बर्षको शीत लहरीका कारण गरीब असहायको जनजिबन कष्टकर बही रहँदा १३ सय जना असहायलाई कम्बल वितरण गर्नुका साथै जनकपुरको बिभिन्न चोकमा आगो ताप्न घुरका लागि काठ दाउराको बन्दोबस्त गराएको उनले बताए ।
अस्पतालमा रहेको वेवारिशे लाशको अन्त्येष्टिका लागि पनि वैद्यनाथले पहल गर्ने गरेका छन् ।
वैद्यनाथले सहयोगको स्रोत साधन जनकपुरका विभिन्न व्यक्ति र समाजबाट जुटाइरहेका छन् ।
उनी भन्छन्, ‘मेरो मात्र १० प्रतिशत निजी खर्च हुन्छ बाँकी सबै रकम समाजबाटै जुटाएर गरिरहेको छु ।’ जनकपुरको समाज दान गर्न पछि हट्दैनन्, मात्र भरोसाको कमि छ’ उनले थपे ।
कतिपय मानिसले समाज सेवालाई राजनीतिमा भजाएको सन्दर्भमा उनले भने, ‘मेरो राजनीति गर्ने कुनै चाहना छैन । यसरी नै मानव सेवाको काममा लागि रहने इच्छा छ ।’ समाजले मेरो निश्वार्थ कामलाई हेरेर बेला बेला सम्मानित गर्ने, पुरष्कृत गर्ने काम गरि नै रहेका छन्, मेरो लागि त्यो नै सबै भन्दा ठुलो सम्मान हो, उनले भने ।
मानव सेवा गर्नु नै सबै भन्दा ठूलो धर्म हो भन्ने कुरा बुझेर नै यस काम प्रति उत्प्रेरित भएको भन्दै उनले भने, ‘मैले पनि गरीबी देखेको छु, भोगेको छु । त्यसैले केही सेवा गर्न पाउँदा हुने आत्मसन्तुष्टी नै महत्त्वपूर्ण कुरा हो ।’
घर परिवारले पनि उनको समाजसेवामा सहयोग र प्रोत्साहन गरिरहेको वैद्यनाथले बताए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...