×

NMB BANK
NIC ASIA

दाङ बस दुर्घटनाः भर्ना भएका आधा विद्यार्थीले ज्यान गुमाए, अब मात्रै १८ विद्यार्थी

पुस ८, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

दाङ– बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ । 

Muktinath Bank

“यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,” शिक्षालयका संयोजक केशरमान विसीले भने, “शिक्षालयको उद्घाटनसमेत गरिएको थिएन ।” कक्षा सञ्चालन भएको एक महीना नबित्दै शिक्षालयमा भर्ना भएकामध्ये करीब आधाभन्दा बढी विद्यार्थीले ज्यान गुमाएको विसीले बताए । 
 वनभोजका लागि विद्यार्थीलाई सल्यान नलगिएको उनको भनाइ छ । “पाठ्यक्रमअन्तर्गत अभ्यासका लागि विद्यार्थीलाई नजिकको वनस्पति उद्यान लगिएको हो,” उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञान विषय अध्ययन गर्नका लागि शिक्षालयमा ३७ विद्यार्थी भर्ना भएका थिए । छात्रवृत्तिबाट थप तीनजना भर्ना गर्नुपर्ने थियो । शिक्षालय प्रमुख यादव सुवेदीका अनुसार ३४ विद्यार्थी भ्रमणमा गएका थिए । “दुई विद्यार्थी कपुरकोटमै झरेका कारण दुर्घटनामा ३२ विद्यार्थी परे,” उनले भने । उन्नाइस विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । “घाइतेसहित अब १८ विद्यार्थी शिक्षालयसँग छन्” सुवेदीले भने, “घाइते तेह्र विद्यार्थीमध्ये १२ को काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।” 


Advertisment
Nabil box
Kumari

अहिले पाँच विद्यार्थी मात्रै सशुकल अवस्थामा छन् । “तत्काल शिक्षालयले कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,” सुवेदीले भने । घाइते अधिकांशको यस वर्ष अध्ययन गर्न सक्ने अवस्था छैन । शिक्षालयको पहिलो वर्षको शैक्षिकसत्र प्रभावित बनेको छ । शिक्षालयका संयोजक विसीले बाँचेका विद्यार्थीबाट नै पठनपाठन पुनः थालिने बताए । “यस वर्ष पुनः विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन, विद्यार्थी अन्यत्रै भर्ना भइसकेका छन्,” विसीले भने । नमस्ते राप्ती यातायात प्रालिले घाइतेको सम्पूर्ण उपचार समितिले बेहोर्ने जनाएको छ । शनिबार प्रालिको बा४ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु तथा १४ जना घाइते भएका थिए । 
–नवीन नेपाली / रासस
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x