×

NMB BANK
NIC ASIA

कर्मचारी समायोजनको सकस

निजामती कर्मचारीको भविष्य सफ्टवेयरको ‘हात’मा, समायोजन नरोज्ने विकल्प नै छैन !

पुस ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएसँगै सरकारले तीनवटै तहमा स्थायी रूपमा कर्मचारी समायोजनको प्रक्रिया शुरू गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

समायोजनप्रति केही कर्मचारी, विभिन्न ट्रेड युनिहरूले विरोध जनाइरहँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रिया शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्मचारीका असहमतिप्रति मन्त्रालय र सरकार गम्भीर छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं उपसचिव सुरेश अधिकारीले लोकान्तरसँग भने, ‘उहाँहरूको गम्भीर र जायज चासोलाई संघीय निजामती ऐनमा समेटिने आधार छ । अहिले नै कुनै पनि कर्मचारीले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’


Advertisment
Nabil box
Kumari

कर्मचारी समायोजनका लागि मन्त्रालयले अहिले कर्मचारीको विवरण पनि तयार गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

निजामती कर्मचारीको विवरण सेवा सञ्चालन गर्ने निकायले तयार गर्नेछ । यस्तै साविकका स्थानीय निकाय गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा स्थायी नियुक्ति पाएका कर्मचारीको विवरण सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिले तयार पार्नेछ । अहिले प्रायः सबै जिल्लाबाट जिल्ला समयन्वय समितिले त्यस्ता कर्मचारीको विवरण मन्त्रालयमा पठाइसकेको छ । 

कर्मचारीको भविष्य सफ्टवेयरको हातमा !

सरकारले कर्मचारी समायोजनका लागि छुट्टै सफ्टवेयर पनि प्रयोगमा ल्याउने छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विवरण तयार भइसकेपछि सफ्टवेयरको परीक्षण गर्नेछ । 

सफ्टवेयरको परीक्षण भइसकेपछि मन्त्रालयले समायोजनका लागि आवेदन आह्वान गर्ने छ । यसरी आवेदन खुलाउँदा समायोजन गरिने संघ, प्रदेश वा प्रत्येक जिल्लाका स्थानीय तहको सेवा, समूह, उपसमूह तथा त्यस अन्तर्गतका पद संख्या एवं श्रेणी वा तह खुलाउनु पर्नेछ । 

यसरी आवेदन आह्वान भएपछि कर्मचारीहरूले आफू समायोजन हुन चाहेको संघ, प्रदेश र स्थानीय तहको प्राथमिकताक्रम खुलाई आवेदन दिनुपर्ने छ । 

कर्मचारीको सेवा, समूह, कार्यरत पदको ज्येष्ठता, नागरिकतामा उल्लेखित ठेगना लगायत विषयलाई आधार बनाएर कुन कर्मचारी कुन स्थानीय तह, प्रदेश वा संघका निकायमा समायोजन हुने भनेर निक्र्यौल गर्नेछ । 

यसका लागि सामान्य प्रशासन मन्त्रालयले अहिले सफ्टवेयर निर्माणको काम गरिरहेको छ । अबको केही दिनमै सफ्टवेयरले अन्तिम रूप लिने प्रवक्ता अधिकारीले जानकारी दिए । 

आवेदन आह्वान भएपछि कर्मचारीले समायोजनका लागि अनलाइनबाटै आवेदन दिन पाउनेछन् । कर्मचारीले लिखित रूपमा दिएको आवेदन पनि सफ्टवेयरमा इन्ट्री गरिने छ । 

देशका सबै स्थानीय तह, प्रदेश सरकार अन्तर्गतका विभाग र कार्यालय तथा संघीय सरकार मातहतका कार्यालयमा काम गर्ने कर्मचारीले अनलाइनबाटै समायोजनको आवेदन दिन सक्नेछन् । 

अनलाइनबाटै आवेदन दिने व्यवस्थाका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष (हेल्प डेस्क) पनि राखिनेछन् । कर्मचारीले अनलाइनबाट आवेदन दिँदा आफ्नो पेशागत तथा वैयक्तिक विवरण भर्नुपर्ने छ । जस्तै नाम, ठेगना, नागरिकता नम्बर, कार्यरत पद, नियुक्ति मिति, कार्यरत कार्यालय आदि अनलाइन फर्ममा भर्नुपर्नेछ । यसरी भरिसकेपछि उक्त विवरण निजामती किताबखानामा भएको विवरणसँग दाँजिने छ । निजामती किताबखानासँग विवरण दाँजेपछि सफ्टवेयरले नै कर्मचारी समायोजनको प्रक्रिया अपनाउने छ । 

कर्मचारी समायोजन अध्यादेशको दफा (८) मा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका आधार तय गरेको छ । सोही बमोजिम सफ्टवेयरलाई डिजाइन गरिने जनाइएको छ । 

संघमा समायोजन गर्दा कार्यरत पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिइने छ । त्यस्तै कार्यरत पदभन्दा तल्लो श्रेणी वा तहको पदको ज्येष्ठता र उमेरको ज्येष्ठतालाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकता दिइने छ । 

प्रदेश तथा स्थानीय तहमा समायोजनका लागि कार्यरत पदको ज्येष्ठता, कार्यरत पदभन्दा तल्लो श्रेणी वा तहको पदको ज्येष्ठता, कार्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगानालाई आधार बनाइने छ । 

स्थानीय तहमा मात्रै समायोजन हुन चाहने कर्मचारीले १५ वटा स्थानीय तह रोज्न दिइने छ । नभए कर्मचारीले आफूले समायोजन हुन चाहेको तहमा पनि प्रथमिकता तोक्न पाउनेछन् । जस्तै संघ, प्रदेश र स्थानीय तहमध्ये समायोजन हुन चाहेको तह कर्मचारीले रोज्न पाउनेछन् । स्थानीय तह रोज्दा विभिन्न गाउँपालिका र नगरपालिकालाई प्राथमिकता तोकेर रोज्न पाइने छ । 

समायोजन नरोज्ने विकल्प छैन 

सरकारले समायोजन नरोज्ने कर्मचारीलाई अन्य विकल्प दिन नसकिने बताएको छ । समायोजनका लागि कुनै कर्मचारीले आवेदन नदिएमा पनि उपयुक्तता हेरेर उनीहरूलाई पनि समायोजनमा समावेश गर्ने सरकारको तयारी छ । 

यसरी समायोजनमा जाने कर्मचारीहरूलाई समायोजन रोजेका अन्य कर्मचारीले छाडेका ठाउँमा जानुपर्ने बाध्यता आइलाग्ने छ ।

‘समायोजनका लागि आवेदन नदिएका कर्मचारीलाई पनि निजामती किताबखानामा भएको उनीहरूको विवरणका आधारमा समायोजनमा सहभागी गराइनेछ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले भने, ‘आवेदन नदिएका कर्मचारीले अरुले रोजेर छाडेको ठाउँमा जानुपर्ने अवस्था हुनसक्छ, त्यसैले आवेदन नदिनुभन्दा पनि दिनु नै राम्रो हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x