×

NMB BANK
NIC ASIA

काठमाडौँ-  साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । 

साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले समेटेको छ । एक सय पाँच शीर्षकको करीब २४० पृष्ठको पुस्तकभित्र लेखकले आफूले अध्ययन तथा अध्यापन गरेका तनहुँ जिल्लाका विद्यालयका इतिहासलाई संस्मरणात्मकरूपमा समावेश गर्नुभएको छ । 

एकदशकसम्म तनहुँका तत्कालीन मनोहर प्रावि, चन्द्रावती माध्यामिक विद्यालय र कालिका माविमा अध्यापनमा बिताउनुभएका सर्जक पौडेलले आफ्नो पुस्तकभित्र ‘जीवनका लागि शिक्षा कति महत्वपूर्ण छ’ भन्ने कुरालाई स्मरणात्मकरूपमा सूक्ष्मले व्याख्यासमेत गर्नुभएको छ । 

पूर्वशिक्षामन्त्री एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले आज पुस्तक सार्वजनिक गर्दै विगत र वर्तमानमा शिक्षाको अवस्था र गुणस्तर कस्तो थियो भन्ने कुरालाई पुस्तकले गहनरूपमा व्याख्या गरेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो “पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न शिक्षा प्रणालीमा सुधारको खाँचो छ ।” लेखकले यसअघि नेपाल रेडक्रस सोसाइटीमा काम गर्दाका अनुभव समेटिएर लेखिएको पुस्तक ‘रेडक्रसकर्मी’ सार्वजनिक गर्नुभएको थियो । 

पुस्तकमाथि प्राज्ञ नमूना शर्मा, साहित्यकार तीर्थराज वन्त र रमेश पौडेलले पुस्तकले इतिहासदेखि वर्तमानसम्मका शिक्षा अवस्थाका बारेमा पठनीयरूपमा पस्कन सफल भएको बताउनुभयो । 

पुस्तक प्रकाशन संस्था हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव रामकृष्ण धरेल, संस्थापक प्रतापराज वन्त तथा केन्द्रीय सदस्य दीव्यराज पौडेलले स्मरणात्मक लेखनमा गहन विषयलाई पुस्तकले समेटेको बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x