×

NMB BANK
NIC ASIA

‘हेलो सीएम’लाई पत्याउनै छाडे जनताले, जनगुनासो ह्वात्तै घटेर महिनामा २–३ उजुरी !

पुस १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालनमा ल्याएको हेलो सीएममा जनगुनासो आउनै छोडेको छ ।

Muktinath Bank

सर्वसाधारणको जनगुनासो सुन्न र समाधान गर्न प्रदेश सरकारले जेठ ७ गतेदेखि विधिवत् रुपमा पैसा नलाग्ने १६६०–९१५२७२३ टोल फ्री नम्बर सहितको हेलो सीएम सेवाको शुरूवात गरेको थियो । तर आजभोलि जनजुनासो आउनै छोडेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री त्रिलोचन भट्टले सेवाको उद्घाटन गर्दै तत्काल समाधान गर्ने विषयको गुनासो तथा समस्यालाई ४ घण्टाभित्रै समाधान गरिने वाचा गरेका थिए । सेवालाई उनले सरकार र जनताबीचको पुलको रुपमा अथ्र्याएका थिए । तर १ वर्ष बित्न नपाउँदै पुल प्रतिको आकर्षण अवरुद्ध हुनै लागेको त होइन भन्ने सवाल पैदा गरेको हो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री तथा परिषद् कार्यालयको तथ्यांक अनुसार जेठ महिनामा ८८ वटा जनगुनासो आएको थियो । असारमा ३१, साउनमा १७, भदौमा ५, असोजमा १७, कात्तिकमा ३, मंसिरमा २ र पुसमा अझैसम्म कुनै किसिमको जनगुनासो नआएको पाइएको छ । हालसम्म विभिन्न प्रकृतिका गरी १ सय ६३ वटा उजुरी हेलो सीएमबाट परेको देखिएको छ ।

Vianet communication
Laxmi Bank

तथ्यांकलाई हेर्दा सेवाको शुरूवाती दिनमा जनगुनासो बढी आएको देखिन्छ । तर क्रमिक रुपमा घट्दो क्रममा रहेको छ । जनताको जनगुनासो आउनै छोडेपछि या त सरकारको गुनासो समाधानको पाटो नै फितलो भएको हुनुपर्छ या गुनासो नै समाधान नहुने भएपछि किन गुनासो राख्ने भन्ने मानसिकता जनतामा पलाएको हुनसक्ने बताउँछन् राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक दिपकध्वजजंग कार्की ।

केही महिना अघिसम्म सुदूरपश्चिम प्रदेशका निर्देशक समेत रहेका कार्कीले हेलो सीएमको प्रभावकारिता सरकारको कार्यशैलीसँग जोडिएकाले सरकारले सजग भएर अगाडि बढ्नुपर्नमा औल्याए । अझै पनि शक्ति बाँडफाँडको सवालमा कानून नबनेको अवस्थामा सरकारले नागरिक समाज र मिडियासँग पनि सहकार्य गरेर जनगुनासोलाई समाधान गर्नुपर्ने निर्देशक कार्कीको सुझाव छ ।

तर मुख्यमन्त्री तथा परिषद्को कार्यालयका सूचना अधिकारी मानसिंह बिष्टको भनाई भने फरक छ । उनी जनगुनासो घट्नुको कारण जुन महिनामा बढी विकासे गतिविधि हुन्छन्, त्यतिबेला गुनासो पनि आउने बताउँछन् । जनतामा कुन प्रकृतिको गुनासो कुन निकायबाट सम्बोधन हुन्छ भन्ने बारेको चेतले गर्दा पनि गुनासोमा कमी आएको हुन सक्ने अधिकृत बिष्टको भनाई छ । तथापि आफूहरू आएका गुनासोको समाधान खोज्दै आएको उनले बताए ।

मुख्यमन्त्री कार्यालयले सामान्य प्रकृतिका गुनोसोलाई ३ दिनदेखि १ हप्ताभित्र समाधान गर्ने बताउँदै आएको छ ।

हेलो सीएमले दुर्घटना, विपद् सम्बन्धी घटना र उद्दारलाई पहिलो प्राथमिकतामा राखेको छ भने प्रदेशस्थित सार्वजनिक निकायबाट वितरण गरिने सेवा सुविधामा भेदभाव, सार्वजनिक निकायबाट प्रदान गरिने सेवासुविधा प्राप्तिमा भएको अवरोध, सार्वजनिक निकायको गैरकानूनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी पुगेको अवस्थामा हेलो सीएममा गुनासो राख्न सकिने छ । 

संविधान र प्रचलित कानूनप्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा र भष्टाचार तथा महिला हिंसा वा अन्य लैंगिक हिंसा सम्बन्धी क्रियाकलाप भएमा गुनासो गर्न सकिने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x