×

NMB BANK
NIC ASIA

को हुन् चलचित्र ‘बुलबुल’का चोपेन्द्र ?

पुस ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– चलचित्र ‘बुलबुल’ नायिका स्वस्तिमा खडकाका कारण घोषणादेखि नै चर्चामा छ ।

Sagarmatha Cement
Muktinath Bank

चलचित्रमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा । चलचित्र पारखीलाई स्वस्तिमाको यही लगावले प्रभावित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, गीत र चलचित्रको टिजर सार्वजनिक भएसँगै चलचित्रका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

केही दिनअघि सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ । टिजरमार्फत ‘चोपेन्द्र’ नामक पात्रको भूमिकामा देखिएका नायक मुकुन र उनले बोलेको संवादले दर्शकको ध्यान तानेको छ ।
मुकुन नेपाली चलचित्रको लागि नयाँ अनुहार हुन् । उनी यसैवर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट चलचित्रमै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हानिएका थिए । उनले अध्ययनका क्रममा दर्जनौं छोटा चलचित्रमा अभिनय गरेपनि ठूलो पर्दाको चलचित्र भने ‘बुलबुल’नै पहिलो हो । 

‘बुलबुल’को गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् निर्देशक विनोद पौडेल । उनले मुकुनले ‘चोपेन्द्र’लाई आफूले सोँचे जसरी नै उतारेको बताए । 

‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने,–‘ मैले चोपेन्द्रलाई जे सोँचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’

निर्देशक पौडेलको दाबीमा कति सत्यता छ त्यो हेर्न भने फागुन ३ गते नै कुर्नुपर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x