×

NMB BANK
NIC ASIA

भायनेटले नेपालभर ‘अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट’ योग्य फाइबर नेटवर्क निर्माण गर्ने

पुस ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालको अग्रणी इन्टरनेट र टीभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले सञ्चार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ ।

Muktinath Bank

नोकियासँग साझेदारीको घोषणापछि भायनेटले २०१९ सम्ममा नेपालभर फैलिएका आफ्ना २,००,००० भन्दा बढी ग्राहकहरुका लागि अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम जडान गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अल्ट्रा–ब्रोडबाण्ड’ एउटा इन्टरनेट सेवा हो जसले हरेक उपभोक्तालाई १०० एमबिपिएस भन्दा बढीको स्पिड प्रदान गर्दछ । यस साझेदारी मार्फत प्रति उपभोक्ताका लागि २.५ जिबिपिएस सम्मको नेटवर्क निमार्ण गर्न सकिने भायनेटले दाबी गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेटवर्कमार्फत् ग्राहकहरुले इन्टरनेटको बढ्दो माग भएको एप्लिकेसन जस्तै अल्ट्रा–हाई डेफिनेसन भिडियो, आईपीटीभी, अनलाइन भिडियो स्ट्रिमिङ्ग, भर्चुअल रियालिटी र इन्टरनेट योग्य विभिन्न डिभाइसहरु सहजरुपमा र बिना रुकावट प्रयोग गर्न सक्नेछन् ।

Vianet communication
Laxmi Bank

नेपालमा बढ्दो इन्टरनेटको मागलाई मध्यनजर गर्दै भायनेटले आफ्ना उपभोक्ताहरुलाई सर्वोत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्नको लागि यो कदम अपनाएको हो । 

नोकियाले आफ्नो नयाँ अप्टिकल नेटवर्क टर्मिनल डिभाइस अर्थात् वाईफाई राउटर र अप्टिकल लाइन टर्मिनल डिभाइस भायनेटलाई प्रदान गर्नेछ । उन्नत विश्वस्तरीय पूर्वाधारका साथै नवीनतम डिभाइसहरूमार्फत् भायनेटले हालको भन्दा फरक, उच्चस्तरीय र लागत प्रभावकारी अल्ट्रा–ब्रोडब्याण्ड सेवा प्रदान गर्नेछ, जसले गर्दा नयाँ तथा हालका ग्राहकहरूले प्रभावकारी नेटवर्कको अनुभव गर्न सक्ने छन् ।

नेपालभर आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको भायनेटले यही पुष २ गतेबाट पोखरामा आफ्नो नयाँ शाखा खोलेको छ । नेपालको १० भन्दा बढी जिल्लाहरुमा १८ भन्दा बढी ग्राहक सेवा केन्द्र रहेको भायनेटले अर्को वर्षसम्म ४ वटा अन्य जिल्लाहरुमा आफ्नो सेवा विस्तार गर्नेछ । 

सुदुरपश्चिम प्रदेशमा एफटीटीएच नेटवर्क निर्माण गरेवापत नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले अवार्डद्वारा भायनेटलाई सम्मानित समेत गरेको थियो । कम्पनीले देशको सबै शहरी र अर्ध–शहरी क्षेत्रहरुको ग्रामीण निकायका सबै प्रमुख बस्तीमा छिटो, विश्वसनीय र किफायती इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । 

विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात् एफटीटीएच इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरूलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नको निमित्त ५५ एचडी च्यानलसहित १९० वटा च्यानल भएको नेट टीभीसँग साझेदारी गरेको थियो । 

आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नेछन् । हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टीभी र नेट टीभी सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x