कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
पुस १२, २०७५
काठमाडौं –स्वास्थ्य मन्त्रालयमा दुईजना सचिव छन् । नेमप्लेटसहित उनीहरूको छुट्टाछुट्टै कार्यकक्ष छ ।
मन्त्रालयको दोस्रो तलामा भर्याङकै छेउमा सचिव डा. पुष्पा चौधरीको नेमप्लेट राखिएको कार्यकक्ष छ भने त्यसभन्दा अलि पर सचिव केदारबहादुर अधिकारीको कार्यकक्ष छ । मन्त्रालयका सहसचिव र अन्य कर्मचारी डा. चौधरीको कार्यकक्षको बाटो हुँदै फाइल बोकेर अधिकारीको कार्यकक्षतर्फ लाग्छन् ।
सचिवको कार्यकक्षमा डा. चौधरीलाई व्यवस्थापन गरिएपछि सरकारबाट नियुक्त भएका अधिकारी स्वास्थ्य मन्त्री यादवका सल्लाहकार केके राईको कार्यकक्षमा सरेका छन् । मन्त्रालयमा सचिवको कामको जिम्मेवारी भने अधिकारीले मात्रै पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका दुई सचिवको कार्यकक्ष व्यवस्थापन भएपनि जिम्मेवारी भने अझै बाँडफाड भएको छैन । सर्वोच्च अदालतको आदेशबाट शुक्रबार पुनर्बहाली गरेकी स्वास्थ्य डा. पुष्पा चौधरीले कार्यकक्ष मात्रै पाएकी छन् ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार सचिव डा. पुष्पा चौधरीलाई पुरानै कार्यकक्षमा व्यवस्थापन गरिदिए पनि जिम्मेवारी भने दिएका छैनन् । मन्त्री यादवले सचिव डा. चौधरीलाई स्वास्थ्यतर्फ र सचिव केदारबहादुर अधिकारीलाई जनसंख्या र प्रशासनतर्फको जिम्मेवारी दिइएको बताएका थिए । डा. चौधरीले भने आफूले कुनै जिम्मेवारी नपाएको बताइन् ।
अदालतले पुनर्बहाली गरेकाले मन्त्रालयको सम्पूर्ण जिम्मेवारी आफूले नै पाउनुपर्ने सचिव डा. चौधरी बताउँछिन् ।
‘सोमबार यहाँ ठाउँ व्यवस्थापन मात्रै भयो, अलिहेसम्म कामको जिम्मेवारी दिइएको छैन । अहिले कामविहीन नै छु,’ डा. चौधरीले लोकान्तरसँग भनिन्, ‘अदालतले पुनर्बहाली गरेको हो । त्यसैले पहिलाजस्तै सबै जिम्मेवारी मैले नै पाउनुपर्छ । जिम्मेवारी बाँड्ने भन्ने हुँदैन ।’
सेवाग्राही र कर्मचारी अझै अन्योलमा
स्वास्थ्य मन्त्री यादवले कुन सचिवलाई कुन कामको जिम्मेवारी दिने भनेर तोकेका छैनन् । कामको बाँडफाड नहुँदा मन्त्रालय भित्रकै कर्मचारी र सेवाग्राही अझै अन्योलमा छन् ।
मन्त्रालयमा दुई सचिवको काम बाँडफाड नहुँदा सचिवले हस्ताक्षर गर्नुपर्ने महत्त्वपूर्ण फाइलहरू अघि नबढेको मन्त्रालयका एक अधिकारीले बताए ।
‘कुन जिम्मेवारी कुन सचिवको हो भन्नेमा मन्त्री यादव आफैँ अन्योलमा छन्, त्यसैले काम बाँडफाड भएकै छैन । कुन फाइल कसकोमा लाने भनेर अन्योल छ,’ एक कर्मचारीले लोकान्तरसँग भने, ‘मन्त्रिपरिषद्मा पठाउनुपर्ने फाइल तथा अन्य मन्त्रालयमा समन्वय गर्नुपर्दा समस्या नै छ । कुन फाइल कसले हेर्ने, कसको हस्ताक्षर हुने भन्नेमा अन्योल छ ।’
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...