×

NMB BANK
NIC ASIA

कालीमाटी तरकारी बजारमा उस्तै गाञ्जागोल, अझै आएन सुधार

पुस १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले पटक-पटक अनुमगन गरी सुधार ल्याउने बताउँदै आएपनि कालीमाटी फलफूल  तथा तरकारी बजारमा अझै सुधार आउन सकेको छैन ।

Muktinath Bank

गत जेठमा आफैं अनुगमनमा निकस्केका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी बजारमा सुधार ल्याएरै छाड्ने र सुधार गर्न नमान्ने व्यवसायीका स्टल खारेज गर्ने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ महिनापछि कालीमाटी फलफूल तथा तरकारी बजारमा आएको सुधारको बारेमा अनुमगनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी बिहीवार बिहानै कालीमाटी फलफूल तथा तरकारी बजारमा पुगिन् ।


Advertisment
Nabil box
Kumari

तर, कालीमाटी फलफूल तथा तरकारी बजारमा खासै सुधार आएको उनले पाइनन् । अनुगमनबाट फर्किएपछि राज्यमन्त्री चौधरीले कालीमाटी बजारमा खासै सुधार नआएको बताइन् ।

Vianet communication
Laxmi Bank

पहिलेको तुलनामा केही सुधार आएपनि सुधार हुनु पर्ने कुरा अझै रहेको उनले बताइन् ।

गत जेठमा मन्त्री खनालको नेतृत्वमा आफु पनि अनुमगनमा गएको स्मरण गर्दै राज्यमन्त्री चौधरीले त्यसबेलाको तुलनामा सरसफाई तथा व्यवस्थापनमा केही सुधार आएपनि सुधार आउनु पर्ने धेरै कुरा रहेको बताइन् ।

‘पहिलोपटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो’ राज्य मन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’ विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्यमन्त्री चौधरीले भनिन्, ‘अर्को पटक आउँदा सुधारको नमूना देख्न पाइयोस् ।’

त्यस्तै उनले तरकारी बजारमा रहेको परीक्षण प्रयोगशाला पनि व्यवस्थित नरहेको बताइन् । 

कालीमाटी तरकारी बाजरका व्यवसायीले तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधानमा निर्वाध प्रयोगमा समस्या रहेको लगायतका गुनासा राज्यमन्त्री चौधरी समक्ष पोखे ।

बजारको आकार बढाउन पर्ने माग राख्दै व्यवसायीले बजार सुधारका लागि आफहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालीमाटी तरकारी बजारमा ५ सय ६३ वटा स्टल रहेका छन् ।

गत २१ जेठमा मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कार्वाहीका लागि सिफारिस गरिएका ९८ जना व्यवसायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टीकरण सोधी ५७ जना व्यवसायीको इजाजत खारेज गरेको थियो ।

त्यसविरुद्ध २६ व्यवसायी सर्वोच्च अदालत गएका थिए । सर्वेच्च अदालतले स्टल खारेज नगर्न कृषि मन्त्रालयलाई अन्तरिम आदेश दिएसँगै खारेज गरिएका २६ स्टल पुनः स्थापित भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x