×

NMB BANK
NIC ASIA

‘गफाडी’ मुख्यमन्त्री : समृद्धिलाई नाघेर भने – प्रदेशलाई विश्वकै नमूना बनाउँछौं !

पुस १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना बनाउने गरी काम भइरहेको बताए । प्रदेशवासीले आधारभूत सेवासुविधा समेत नपाइरहेको अवस्थामा मन्त्रीको भाषणले सहभागीहरू छक्क परे ।

Muktinath Bank

पुस १० गते जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशलाई विश्वकै नमूना बनाउने अभिव्यक्ति दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिकेटको कार्यक्रममा अगाडि बढ्दै मुख्यमन्त्री शाहीले विश्वकै नमूना प्रदेश बनाउने भनेपनि प्रदेशलाई समृद्ध बनाउने भाषण गर्न मुख्यमन्त्री कहिल्यै बिर्सिदैनन् । मुख्यमन्त्री मात्रै होइन, कर्णाली प्रदेश सरकारका मन्त्रीले समेत समृद्धिलाई हरेक भाषणमा जपिरहन्छन् ।


Advertisment
Nabil box
Kumari

गत मंसिर १२ गते मुख्यमन्त्री शाही उपराष्ट्रपतिसँगै कर्णालीको रारा ताल र शे–फोक्सुण्डो ताल अवलोकन गर्न गए । त्यहाँ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णालीलाई सबैले चिन्ने बताए । ‘सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछ । सबैले भ्रमण गर्नेछन् । कर्णालीलाई धेरैले अझै पिछडिएको, गरीब प्रदेश भनेर चिन्छन् । तर अब हामी पर्यटन विकासका माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

गत जेठको १४ गते मुख्यमन्त्री शाहीले उद्यमीलाई उत्साह दिने गरी भनाई राखेका थिए । उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास मोडल सम्बन्धी वीरेन्द्रनगरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले उद्यमीलाई ‘तपाईहरू उत्पादन गर्नुस्, तपाईका उत्पादन बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्नेछ’ भने ।

उनले उद्यमीलाई बजारको चिन्तै नमान्न आग्रह गर्दै उत्पादित सामग्रीलाई हरेक गाउँ तथा नगरमा बजारीकरण गरिनुका साथै नेपालगञ्ज, काठमाडौंमा समेत बजारीकरण गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता जनाएका थिए । तर प्रदेश सरकारले स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि न त कुनै सरकारी संगठन नै खडा गरेको छ, न त नीतिगत निर्णय र प्रक्रिया नै । औपचारिक कार्यक्रममा भाषण गर्ने मौका मिल्ने बित्तिकै मुख्यमन्त्री शाही सहभागिताको मनोभावना र आवश्यकता हरेर भाषण ठोकिहाल्छन् ।

‘वीरेन्द्रनगरका खाल्डाखुल्डी पुर्न र फोहोर छोप्न नसक्ने सरकारले कसरी विश्वकै नमूना प्रदेश बनाउला र खै ?’ स्थानीय सीता शाहीले भनिन्, ‘सरकारले अनावश्यक गफ दिने र ठूला सपना देखाउनुभन्दा काम गर्न ध्यान दिए राम्रो हुने थियो ।’ उनले कर्णालीको राजधानीबाट प्रकाशित हुने पत्रिकामा आएका समाचार हेर्दा कर्णालीमा मुख्यमन्त्रीले समृद्धि ल्याइसके कि भन्ने भान हुने गरेको बताइन् । ‘सपना बाँड्न त सबैलाई आउँछ,’ उनले भनिन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वकै नमूना प्रदेश बनाउने भन्ने अभिव्यक्ति ‘हावादारी’ भएको बताए । बरु सरकारले अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्न सक्ने प्रदेश, अझ भनौं पोखरा जत्तिको बनाउन सकिने सपना देख्न सकिने भएपनि विश्वकै नमूना बनाउने भन्ने कुरा हाँस्यास्पद रहेको उनले टिप्पणी गरे ।

‘विश्वकै नमूना भन्नु ठट्टाको विषय भयो । भुसको घरमा आगो लाग्दा ८७ घरमा आगो लागेको छ । अहिले पनि जनताहरू भुसको घरमा बसिरहेका छन् । जनताले खानेपानी पाएका छैनन् । सडकमा पहुँच पुगेको छैन । जताततै अभावै–अभाव मात्र छ,’ उनले भने, ‘कर्णालीलाई राम्रो बनाउँछौं भन्नु ठीकै हो । विश्वकै नमूना भनेपछि कुरा सकियो ।’

उनले सरकारलाई सुर्खेत राम्रो बनाएर देखाउन चुनौती समेत दिए । ‘कम्तिमा सुर्खेतलाई त राम्रो बनाएर देखाउनुस् अनि पत्याउला,’ उनले भने, ‘संसद भवन जाने बाटोमा रोलरसम्म गुडाइएन । मन्त्रालय जाने सडकहरूमा खाल्डाखुल्डीले कालोपत्रे भएको हो भन्ने देखिँदैन । जहाँ जानुहुन्छ त्यहाँ धुलैधुलो छ । त्यो समस्या समाधान गर्न सरकारलाई मेरो सुझाव छ ।’

नेता शाहीले नेतृत्वले बोल्दाखेरी विचार पुर्याउनुपर्ने बताए । ‘उहाँ सरकार प्रमुख हो । कहाँ के बोल्ने, कस्तो सपना बाँड्ने भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘सरकार सपना नदेखेर हुन्छ भन्छ । सपना देख्न पाइन्छ । तर व्यावहारिक सपना देख्नुस् भन्ने हाम्रो सुझाव छ ।’

प्रदेश सरकारलाई नेपाली कांग्रेसले पनि साथ दिइरहेको उनले बताए । ‘हामीले विकासको लागि सरकारलाई साथ दिएका हौं । हावा कु्राको लागि सरकारलाई साथ दिएका होइनौं,’ उनले भने, ‘सरकार बनेपछि कहाँ बाटो बन्यो ? कहाँ के काम भयो ? हामीलाई देखाओस् । अनि विश्वको नमूना बनाउँछु भन्दै सरकार हिँडोस् ।’

नेपाल कम्यूनिस्ट पार्टी प्रदेशसभा सदस्य देवी वलीले प्रदेशलाई नमूना बनाउनुपर्ने बताइन् । ‘विश्वको भन्नुभन्दा पनि नेपालकै नमूना प्रदेश बनाउने गरी सरकार अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘जनतालाई मिठामिठा कुरा गरेर भुलाउनुभन्दा सरकारले राम्रो काम गरोस् । हामी साथ दिन तयार छौं ।’

प्रदेशसभा सदस्य वलीले भाषण गर्नुभन्दा पनि काम गर्न सकियोस् भन्नेतिर सरकार केन्द्रित हुनुपर्ने धारणा राखिन् । ‘कुराभन्दा काम गरेर सरकारले देखाउनुपर्छ । जनताले महसुस गर्ने गरी काम गरेर सरकारले देखाउनुपर्छ,’ उनले भनिन्, ‘ठूला सपना देखाएर काम नहुने अवस्था सिर्जना नहोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x