माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवल – बुटवलमा धेरै युवा उद्यमशील छन् । सानै उमेरदेखि उद्योग व्यवसायमा हात हालेर सफल पनि बनेका छन् ।
जसले गर्दा रूपन्देही आर्थिक ‘हब’को रूपमा विकास भएको छ । तिनैमध्येका एक हुन बुटवलमा सुरज भट्टराई ।
भट्टराईको प्रगतिको कथा यति लोभलाग्दो छ कि आज रूपन्देहीको औषधिको व्यापार व्यवसायको ठूलो हिस्सा भट्टराईसँग छ भन्दा फरक नपर्ला ।
पाल्पाको तानसेन नगरपालिका–९ बर्तुङमा जम्मिएका भट्टराई २०५० सालमा एसएलसी परीक्षा दिएर बुटवल झरे । उनलाई पढाएर शिक्षक बनाउने उनका बुवाको रूचि थियो । तर भट्टराईको रूचि भने स्वास्थ्य सम्बन्धी विषय पढ्ने थियो ।
बुवालाई कुनै जानकारी नदिइ उनी एसएलसी दिएपछि ‘एचए’ पढ्न भनेर बुटवल झरे । एसएलसीपछि बुवाको सल्लाहविना पढ्न भनेर बुटवल झरेका भट्टराईसँग पैसा थिएन । यताउता भौतारिँदा उनले बुटवलको श्रेष्ठ ड्र डिस्ट्रिव्यूटर (औषधि पसल) मा काम पाए, मासिक ५ सय रूपैयाँ पाउने गरी । काम गरेको ६ महिनामा त्यहाँ कार्यरत धेरै स्टाफहरूले काम छाडे ।
अरूले काम छाड्दा उनले त्यहाँ धेरै जिम्मेवारी पनि पाए । जिम्मेवारी पाएसँगै कुन औषधि कुन बिरामीले प्रयोग गर्छन्, औषधिको मूल्य, बिक्रेतासँग औषधिको डील गर्न सबै जान्ने भए । उनी डाक्टर होइनन् तर डाक्टरले दिने पे्रक्रिप्सनको जानकार भए । कुन रोगको लागि के औषधि प्रयोग गरिन्छ ? स्पष्ट जान्ने भए ।
६ महिनामा तलब ५ सयबाट ८ सय पुग्यो । एसएलसीको रिजल्ट पनि आयो । उनी द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण भए ।
एचएको पढाइ बुटवलमा हुँदैन्थ्यो । चितवन र दाङमा मात्र थियो । उनी एचए पढ्न चितवन पुग्दा त्यहाँ भर्नाको मिति सकिइसकेको रहेछ । बुटवल फर्किएर उनी बुटवल बहुमुखी क्याम्पसमा आईए भर्ना भए । उनी बिहान कलेज गएर दिउँसो फार्मेसीमा काम गर्न थाले ।
झण्डै १ वर्ष काम गरेपछि आफूले नै अब फार्मेसी सञ्चालन गर्नुपर्छ भन्ने सोच उनीमा आयो । उनी खगेश्वर भण्डारी र कृष्ण ज्ञवाली मिलेर बुटवल मैत्रीपथमा सनराइज मेडिसिन सप्लायर्स २०५३ सालमा शुरू गरे । त्यो बेला २–२ लाख रूपैयाँ जुटाएर ६ लाख रुपैयाँको लगानीमा ३ जना युवाहरू औषधि पसल सञ्चालन गरे । त्यो समयम रूपन्देहीमा औषधिका १२ वटा होलसेल पसलहरू थिए ।
सानै झण्डै १८ वर्षको उमेरमा सुरजकै नेतृत्वमा पसल सञ्चालनमा आयो । ६ लाखको लगानीबाट शुरू गरिएको व्यवसायले १ वर्षमै १ करोड ८० लाख रूपैयाँको कारोबार भयो । उनीहरू तीनै जना बर्दघाट, भैरहवा, कपिलवस्तु, पाल्पा, गुल्मी, दाङ, प्यूठानसम्म औषधि सप्लाई गर्न थाले । ३ वर्षमा सप्लायर्सले सम्पूर्ण लगानी उठायो । औषधि पसल सञ्चालनमा आएको ३ वर्षपछि भट्टराईले औषधि मात्र बिक्री गरेर हुँदैन, औषधि उद्योग पनि सञ्चालन गर्नुपर्छ भन्ने सोच आयो ।
वीरगञ्जमा रहेको गिलिसिरिन र केमिकल उद्योग हेर्न भट्टराई त्यहाँ पुगे । त्यहाँको उद्योग हेरेर आएपछि उनीले फेरि सर्जिकल तथा केमिकलको होलसेल डिलर सञ्चालन गरे, ८ जनाको टीमसँग ।
डिलर थप्ने क्रममा उनले ग्रेस फर्मासेटुकल आयुर्वेद उद्योग दर्ता गरेर तिलोत्तमा–११ मा १५ करोड रूपैयाँ लगानीमा ८ जनाले उद्योग सञ्चालन गरे । उद्योग टेक्नोलोजी, भवन, पूर्वाधारको हिसाबले नेपालकै राम्रो आयुर्वेद उद्योगमा पर्छ । जहाँबाट निलास्ट्रो, पाल्लोडेक्स, एप्टीबुम, हेपाडिक्स, डीएस, अस्टोफेलेक्स बुटी गरी ४२ प्रकारका औषधि उत्पादन हुन्छन् ।
उनी भन्छन्, ‘दृढ अठोट, काममा लगनशिलता, निरन्तरताको अनुशासनभित्र रहेर काम गर्न सकेमा सबै क्षेत्रमा सफल हुन सकिन्छ । तर धैयता पनि गर्नुपर्छ । मलाई जे सोचको छु त्यो पुग्दै गएको छ । अठोट लिएको कुरा पूरा भएकै छन् ।’
त्यहीँ आयुर्वेद उद्योगको पछाडि १५ कट्ठा जग्गा थप गरेर एलोपेथिक औषधि उद्योग सञ्चालन गर्दैछन् । अबको १ वर्षभित्र लाइफ सेभिङ ड्र मुटु, सुगर, मानसिक, छाला, हाडजोर्नी, महिला रोग सम्बन्धी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्यसहित ३० करोड रूपैयाँ लगानीमा ठूलो ‘प्रोजेक्ट’ सञ्चालनको योजना बनाएका छन् ।
एउटा सटरको भाडा तिर्छन् १३ लाख १७ हजार
एउटा सटरको भाडा कति होला ? अनुमान गर्नुहोस् बजारमा ३० हजार, ५०, ७० हजार, १ लाख वा २ लाख रूपैयाँ । होइन । रूपन्देहीका युवा व्यवसायी भट्टराई एउटा औषधि पसलको भाडा मासिक १३ लाख १७ हजार रूपैयाँ तिर्छन् । २०७२ सालमा लुम्बिनी अञ्चल अस्पतालको व्यावसायिक सटरहरूको टेन्डर आह्वान गरियो ।
अस्पतालभित्र एउटा औषधि पसलका भट्टराईले सनराइज मेडिसिलनको नाममा उनले १३ लाख १७ हजार रुपैयाँको टेन्डर हाले । १३ लाख १३ हजारको टेन्डर हालेका दाङको कमला मेडिसिन नेपाललाई नपरेर भट्टराईले सटर पाए ।
सटरको टेन्डर परेपछि उनलाई ‘५० लाख रूपैयाँ दिन्छौ, सटर हामीलाई दे’ भन्ने समेतका अफर आएका थिए । तर उनले दिएनन् । आफै औषधि राखेर बिक्री शुरू गरे । उनले टेन्डर हाल्नुपूर्व त्यहाँ २ लाख भाडा तिर्दै आएका थिए । मासिक ४० लाख रूपैयाँको मात्र औषधि बिक्री हुने पसलमा उनले सञ्चालन गरेपछि मासिक ९० लाख रूपैयाँको औषधि बिक्री हुन थाल्यो ।
उनले धेरै क्षेत्रमा हात हालेर सफल भएका छन् । जुन जनप्रिय फार्मेसीमा १८ जनाले काम गर्छन् । जहाँ बाहिरका औषधि पसलभन्दा २ प्रतिशत सस्तोमा औषधि उपभोक्तालाई बिक्री गर्नुपर्छ । उनले सञ्चालन गरेको विभिन्न औषधि पसलदेखि उद्योगमा गरी १ सय २० जना युवाले रोजगार पाएका छन् ।
उनी व्यवसायमा मात्र सफल छैनन्, संघ संस्थामा पनि उत्तिकै क्रियाशील र सफल छन् । भट्टराई नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चलको उपाध्यक्ष हुन् । बुटवल उद्योग वाणिज्य संघको गएको वर्ष भएको अधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर कार्यसमिति सदस्य पद जिते । उनी सबै क्षेत्रमा लोकप्रिय समेत छन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...