×

NMB BANK
NIC ASIA

कारागारमा थला परेका नेता लक्ष्मण थारुले भने – मलाई त्यतिकै मार्ने भए !

पुस १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ३ दिनदेखि कैलाली कारागारमै थला परेका थारु नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्था झन्झन् बिग्रन थालेको छ ।

Muktinath Bank

कारागार प्रशासनले नेता थारुको उपचारको लागि २ दिनदेखि धनगढीस्थित केही अस्पतालमा स्वास्थ्य जाँचको लागि लग्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनको उपचारमा हुने ढिलासुस्ती र लापरवाहीले उनको अवस्था बिग्रँदै गएको गुनासो गरिएको छ ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग दुखेसो पोख्र्दै नेता थारुले भने, ‘उपचारको नाममा अस्पताल देखाउने काम मात्रै भयो । अवस्थामा केही सुधार भएन । मलाई त्यतिकै मार्ने भए ।’

Vianet communication
Laxmi Bank

विहीवार रातिबाट टाउको, कान र छाति दुख्ने समस्याले ग्रस्त नेता थारुकोे स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रवार सेती अञ्चल अस्पताल लगेको थियो । पछि उनका आफन्तजनको आग्रहमा धनगढीकै जनता क्लिनिकमा स्वास्थ्य जाँचपछि कारागार फिर्ता गरिएको थियो ।

तर उनको अवस्था पुनः रातिदेखि बिग्रन थालेपछि उनलाई शनिवार धनगढीकै कैलाली अस्पताल लगिएको थियो । तर विना उपचार कारागार फिर्ता गरिएको नेता थारुको दुखेसो छ ।

‘मलाई अस्पताल त लगे । तर डाक्टर नआएपछि विना उपचार कारागारमै ल्याइयो । नाटकीय ढंगले मेरो उपचार गरिँदै छ,’ उनले भने, ‘उपचारमा लापरवाही हुँदैछ । डाक्टरको निगरानीमै उपचार गरियोस् भन्ने मेरो भनाई हो ।’

तर हाल काठमाडौंमै रहेका कैलाली कारागारका प्रमुख महेन्द्र खड्काले उनको उपचारमा कुनै कमी नगरेको जिकिर गरे । नेता थारुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत कारागार प्रमुख खड्काले प्रतिक्रिया दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेता थारुको स्वास्थ्य अवस्थालाई गम्भीरतापूर्वक लिएर उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । आवश्यक परे भोलि (आइतबार) काठमाडौं रेफर गर्ने प्रजिअ श्रेष्ठको भनाई छ ।

थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेको छन् । तर उनीहरूको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x