×

NMB BANK
NIC ASIA

धनगढी उपमहानगरपालिका क्षेत्रमा ३ वर्षदेखि रोकिएको हुलाकी सडक विस्तारको कार्य शुरु

पुस १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हुलाकी बाइपास निर्माणको कार्य शुरु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जग्गा विवादले झन्डै तीन वर्षसम्म हुन नसकेको धनगढीको क्याम्पस रोडदेखि धनगढी गाउँ हुँदै मोहना पूलसम्मको हुलाकी बाइपास सडक विस्तारको कार्य शुरु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको टेण्डर पाएको रमण केएस जेभीले धमाधम माटो फिलिङको कार्य गरिरहेको छ । सो कम्पनीले पुरानै डिपिआर अनुसार भ्याटसहित २३ करोड ११ लाख रुपियाँमा ठेक्का पाएको छ । ठेक्का समयावधि २०७६ भदौसम्म रहेको हुलाकी सडक आयोजनाका इञ्जिनीयर नरेन्द्र ओझाले जानकारी दिए । अवरोधका कारण समयमा काम हुन नसकेकाले यो खण्डमा हुलाकी सडक विस्तारको कार्य निर्धारित समायवधिमा सकिने सम्भव छैन । समय थपिने आयोजनाको कार्यालयले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि सडक चौडाइको विरोध गर्दै आएका सम्बन्धित क्षेत्रका स्थानीय सहमतिमा आएपछि सडक निर्माणको धमाधम काम अगाडि बढेको हो । क्याम्पस रोडदेखि धनगढी गाउँ चोकसम्म १४ मिटर चौडा सडक बनाउन सकिने स्थानीयले सहमति जनाएका छन् । स्थानीयको अवरोध हटेपछि सडक विस्तारको काम थालिएको हो ।

Vianet communication
Laxmi Bank

तर, धनगढी गाउँ चौकदेखि भन्सारसम्म आसपासमा संरचना धेरै परेकाले ९ मिटर चौडामात्रै सडक बनाउन सो सडक खण्डका स्थानीयको माग छ । विवादित खण्डमा स्थानीयको चाहना अनुसार बाइपास रोड बनाउने निर्णय धनगढी उपमहानगरपालिकाको कार्यालयले गरेपछि सडक निर्माणको काम धमाधम थालिएको वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।

क्याम्पस रोडदेखि धनगढी गाउँ चोकसम्मको विवाद समाधान भएपछि पुस १४ गतेदेखि सडक निर्माणको काम थालिएको अध्यक्ष बरालले बताए ।

धनगढी क्षेत्रमा हुलाकी सडकको अधिकार क्षेत्र १२ मिटर चौडा हो । तर, हाल काम भइरहेको क्षेत्रमा स्थानीयले नै १४ मिटर चौडा बनाउन सकिने सहमति जनाएका छन् । विकास सबैलाई आवश्यक रहेकाले स्थानीयहरुले नै १४ मिटर चौडा सडक बनाउनु पर्ने माग गरेको वडा नम्बर ८ का स्थानीय अमोद कठायतले बताए । १४ मिटर चौडाइ रहने गरी नै काम भइरहेको छ । 

यसअघि, पहिलो चरणमा हुलाकी सडक निर्माण गरेको भारतीय निर्माण कम्पनी जीआर गावरले विवादकै कारण धनगढी क्षेत्रमा सडक बनाउन सकेको थिएन । स्थानीयले विरोध जनाएपछि उक्त कम्पनी काम नगरी फिर्ता गएको थियो ।

यसैबीच, जिल्लाको कैलारी गाउँपालिकामा पर्ने बसन्ता वन क्षेत्रको दुई किलोमिटर खण्डमा रुख कटानको आदेश प्राप्त नहुँदा हुलाकी सडक विस्तारको कार्य रोकिएको छ । १ हजार ४ सय ४० रुख रहेको सो खण्डमा रुख कटानी नहुँदा काम अगाडि बढ्न सकेको छैन ।

कैलालीमा हुलाकी सडकको लम्बाई ७० किलोमिटर रहेको छ । यसअघि, ४३ किलोमिटर हुलाकी सडक जीआर गावरले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । बसन्ता रेञ्जपोष्टको कार्यालयदेखि पूर्व लालबोझीसम्म १६ किलोमिटर र धनगढी क्षेत्रमा छ किलोमिटर गरी २२ किलोमिटरमा निर्माणको काम भइरहेको छ । सत्तीदेखि पूर्व कर्णाली नदीसम्मको तीन किलोमिटर खण्ड सडक भने हुलाकी सडक आयोजना नेपालगञ्जले बनाउँदैछ ।

त्यस्तै, कञ्चनपुर जिल्ला भएर बन्ने हुलाकी सडकको निर्माण कार्यपनि जारी रहेको छ । तर ठेकेदारको ढिलासुस्तीले कञ्चनपुर जिल्लामा पनि निर्माण कार्यले खासै गति लिन सकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x