×

NMB BANK
NIC ASIA

जमलमा ८ रोपनी क्षेत्रफल ओगटेर बन्दैछ आधुनिक सुविधासहितको राष्ट्रिय पुस्तकालय

पुस १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भूकम्पले क्षति पुर्‍याएको राष्ट्रिय पुस्तकाल अवस्था दयनीय छ । 

Muktinath Bank

हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पमा भत्किएपछि पुस्तकालयको कन्तबिजोग भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तकालयले किताबको सुरक्षाका लागि शैक्षिक विकास केन्द्र सानोठिमीको ३ वटा कोठामा २१ हजार ३ सय किताब, महेन्द्र माविको २ तलामा ७० हजार किताब र हरिहरभवन राष्ट्रिय पुस्तकालयमा ७ हजार ५ सय किताब राखेको छ । भूकम्पले क्षति पुर्‍याएसँगै सयौं पुस्तकहरुमा क्षति पुगेको छ ।


Advertisment
Nabil box
Kumari

 अहिले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको बाल शाखाबाट अन्तर्राष्ट्रिय पुस्तक पञ्जिकरण (आइ.एस.बि.एन) वितरण र दैनिक प्रशासकिय काम हुँदै आएको छ । भूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि राष्ट्रिय पुस्तकालयल आफ्नो भवनमा सर्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

आफ्नै भवन

भूकम्पपछि पुस्तक जोगाउन धौं धौं परिरहेको राष्ट्रिय पुस्तकालयले आफ्नै भवन बनाउका लागि प्रयास गरिरहेको छ । 

यसैक्रममा राष्ट्रिय पुस्तकालयले भवन निमार्णको लागि काठमाडौंको जमलमा जग्गा प्राप्त गरेको छ ।

विसं २०३२ सालको मन्त्रिपरिषद्ले जमलमा रहेको भवन २०७५ सालसम्म त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्ने र त्यसपछि स्वतः राष्ट्रिय पुस्तकालयको हुने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार अब जमलको उक्त जग्गा राष्ट्रिय पुस्तकालयको भएको पुस्तकालयका चिफ लाइब्रेरियन उपेन्द्रप्रसाद मैनालीले बताए ।

पुस्तकालयले जमलमा रहेको झण्डै ८ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाइसकेको छ ।

पुस्तकालयमा नेपालको कला, संस्कृति, परम्परा झल्किने खालको नयाँ भवन बनाउनको लागि शिक्षा मन्त्रालयमा फाइल अगाडि बढाइएको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भवनको नयाँ डिजाइनको लागि शिक्षामन्त्री गिरिराजमणि पोखरल र प्राविधिकको टोलीसँग पहिलो चरणको छलफल भइसकेको प्रमुख मैनालीले बताए । ‘हालसम्म एकीकृत पुस्तकालय ऐन नभएकाले पुस्तकालय सञ्चालनमा कठिनाइ हुने गरेको छ,’ उनले भने ।

पुस्तकालयका अरु काम

राष्ट्रिय पुस्तकालयले नेपालमा लेखिएका र विदेशबाट नेपालका बारेमा लेखिएका पुस्तकहरुको अनुगमन गर्ने गरेको छ । 

नेपालमा प्रकाशित हुने पत्रपत्रिकाहलाई नम्वर दिने काम पनि राष्ट्रिय पुस्तकालयले गर्दै आएको छ ।

नेपाल र अन्य देशबीच भएका सन्धि र सम्झौत लगायतका महत्त्पूर्ण दस्तावेजलाई सुरक्षित राख्ने काम पनि राष्ट्रिय पुस्तकालयको हो  । 

देश वा विदेशबाट नेपाली भाषामा छापिएको पुस्तकको भीओसी जाँच गर्ने कार्य राष्ट्रिय पुस्तकालयले गर्ने गर्छ । नेपाल र नेपाली भाषामा लेखिएका गलत विषको अध्ययनका साथै त्यस्तो कामलाई कानूनी दायरमा ल्याउने काम पनि राष्ट्रिय पुस्तकालयको हो । 

यस्तो छ इतिहास

२००७ साल पछि तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आर्चय छिमेकि देश भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा कोलकता पुगेका प्रधानमन्त्री आचार्यले कोलकतामा रहेको भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेका थिए । 

उक्त पुस्तकालयको अवलोकन पछि आचार्यले “नेपालमा पनि राष्ट्रिय पुस्तकालय स्थापना गरिने छ भनि भनेका थिए ।  

तत्कालिन प्रधानमन्त्रीको घोषणा अनुसार २०१३ पुष १९ मा सिंहदरबारको केन्द्रिय सचिवालयमा पुस्तकालय स्थापना गरिएको थियो । ३ लाख भारतीय रुपैयाँमा ३० हजार पुस्तक खरिद गरिएको थियो भने अन्य ८ हजार पुस्तक समेत गरि ३ लाख ८ हजार पुस्तकहरुबाट  सिंहदवारको सिक्रिढोका राष्ट्रिय पुस्तकालयको स्थापना गरिएको थियो । 

२०१८ सालमा राष्ट्रिय पुस्तकालयलाई सिंहदरबारबाट हरिहरभवनमा सारिएको थियो । जसले २०२३ सालदेखि सेवा दिँदै आएको  छ ।   

राष्ट्रिय पुस्तकालयले आगामी ८ वर्षमा नेपालमा तथा विदेशमा रहेका नेपाल सम्वन्धि पुस्तकलाई डिजिटलाइज गर्ने योजना बनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x