कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं–साडीमाथि कालो गाउन । टाउँकोमा कालो टोपी र घाँटीमा पहेलो रंगको घेरा रहेको सेतो स्कार्फ । काखमा थियो दुई महिनाको शिशू ।
ललितपुरको पुलचोकोस्थित इन्जीनियरिङ क्याम्पसको खेल मैदानतर्फ जाँदै थिइन्, वनस्थलिकी मनमाया श्रेष्ठ । चिकित्सा अध्ययन संस्थानबाट स्नातकोत्तर गरेकी श्रेष्ठ सोमबार त्रिभुवन विश्व विद्यालयको ४४ औं दीक्षन्त समारोहमा दीक्षित हुन दुई महिनाको छोरो काखी च्यापेर पुल्चोक पुगेकी थिइन् ।
उनी उदयपुर जिल्ला अस्पतालमा नर्सिङ अफिसरको रुपमा कार्यरत पनि छिन् । तर अहिले सुत्केरी बिदामा छिन् । श्रेष्ठले आफ्नो पढाइ, जागिर र घर परिवारको जिम्मेवारीलाई एकैसाथ पूरा गरिरहेकी छन् ।
‘पढ्ने समयमा बाबु पेटमै थियो, आज दीक्षित हुन आउँदा काखमा छ, खुसी लागेको छ,’ श्रेष्ठले भनिन्, ‘अहिले नर्सिङ अफिसरको रुपमा कार्यरत छु, यही क्षेत्रमा अझै माथि पुग्ने चाहना छ, सुत्केरी बिदापछि फेरी नर्सिङ पेसामै रहन्छु ।’
सोमवार त्रिविको ४४ औं दीक्षान्त समारोहमा त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकाय अन्तर्गतका ६० वटा आंगिक र १ हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर, एमफिएल र विद्यावारिधि तह उत्तीर्ण गरेका करिव ९ हजार ५ सय ५ जनाले नाम दर्ता गराई दीक्षित हुन आएका थिए । दीक्षित हुन आउनेहरुमा विभिन्न विषयका फरक प्रतिभा र क्षमता भएका विद्यार्थी उपस्थित थिए ।
ह्वीलचियरकै सहारामा दीक्षान्त समारोहमा
तिनै ९ हजारको भिडमा थिइन्, काभ्रे पाँचखालकी सरीता कोइराला । दीक्षान्त समारोहको मञ्चमा पहिलो लाइनमा सबै कुर्सीमा थिए । कोइराला भने अगाडिको लाइनमा ह्वीलचियरमा थिइन् । दीक्षान्त समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित हुने उम्मेदवारहरुलाई ४ वटा प्रश्न गरे । सबै दीक्षित हुने उम्मेरवारहरुलाई उभिएर प्रतिज्ञा पूरा गर्न भनियो । सबैले उठेर कुलपति एवम् प्रम ओलीको प्रश्न र प्रतिज्ञालाई पूरा गर्ने सामूहिक प्रतिज्ञा गरे ।
मञ्चको पहिलो लाइनमा रहेकी कोइरालाले ह्वीलचियरमै बसेर कुलपतिको प्रतिज्ञालाई पूरा गर्ने ‘कसम’ खाइन् ।
मानविकि संकायको नेपालीतर्फ स्नातकोत्तर उत्तीर्ण गरेकी कोइराला पहिलो पटक दीक्षित हुन यस्तो समारोहमा पुगेकी थिइन् । उनी आफ्नो शारीरिक कमजोरीलाई आत्मबल र शिक्षाले पछि पार्न सफल भएकी छन् ।
कक्षा ९ मा पढ्दै गर्दा घर पोत्नका लागि माटो खन्न जाँदा माटोको ढिस्कोले पुरिँदा उनको खुट्टा नचल्ने भएको थियो । माटोले पुरिएर स्पाइनल इञ्जुरी भएपछि उनले ह्वीलचियरकै साहरामा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिन् । ह्वीलचियरकै साहरामा दीक्षित हुन पुगेकी कोइराला आफ्नो शैक्षिक सफलतामा खुसी छिन् ।
‘माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्पाइनल इञ्जुरी भयो, तर मैले पढ्न छाडिन्, प्रयास ग¥यो भने सफत भइने रहेछ, आज महसुस गर्दैछु,’ सापकोटाले भनिन्, ‘मेरो शारीरिक अपांगतालाई मैले अवसरको रुपमा लिएको छु । म मेरो शैक्षिक सफलतामा एकदमै खुसी छु ।’
आफ्नो शैक्षिक यात्रामा परिवारको साथ र सहयोगले यो स्थानसम्म आइपुगेको सापकोटाको भनाइ छ । उनी विगत ४ वर्षदेखि नागरिक उड्यान प्राधिकरणमा कम्युटर अपरेटरको रुपमा समेत कार्यरत छिन् ।
५० वर्षमा डबल मास्टर्स, पढाइको भोक अझै बाँकी छ
गुल्मीका ५० वर्षिया भीम थापा पनि सोमवार दीक्षित हुन पुल्चोक पुगेका थिए । थापाले यसवर्ष ग्रामिण विकासमा स्नातकोत्तर तहको पढाइ पूरा गरेका हुन् । छोरा र पत्नीलाई साथमै लिएर दीक्षित हुन आएका थापा आफूले दोस्रो पटक स्नातकोत्तर गरेको बताउँछन् ।
‘मैले अहिले ग्रामिण विकासमा मास्टर्स गरेको हो, पढिरहँदा समाजमा पनि सकारात्मक म्यासेज जाने भएर पढिरहेको छु, यो मेरो दोस्रो मास्टर्स हो, म ५० वर्षमा छु, यो दीक्षान्त समारोहमा आउँदा उत्साहित छु,’ थापाले भने, ‘मैले मेरो छोरालाई पनि सँगै लिएर आएको छु, बाबु बुढो हुँदा पनि पढेर दीक्षित भएका थिए भनेर उसले पनि पढोस् भनेर सँगै ल्याएको छु ।’
पत्नी पनि शिक्षित भहेकाले आफ्नो पढाइमा उनको साथ र सहयोग रहेको थापाले बताए । प्रविधिको विकाससँगै नयाँ नयाँ विषयहरु आएकाले अझै पढ्ने चाहना बाँकी रहेको उनको भनाइ थियो । ‘म अझै अर्को विषयमा मास्टर्स गर्ने सोचमा छु, पढाइलाई उमेरले छेक्न सक्दैन । मेरो पढाइको भोक अझै बाँकी नै छ,’ थापाले भने ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...