×

NMB BANK
NIC ASIA

नेपाली पर्यटनको 'ऐंजेरु' 'फेक रेस्क्यू' : बदनामीका बीच सफल होला पर्यटन वर्ष २०२० ?

पुस १७, २०७५

NTC
Sarbottam
Symbolic file photo : AFP
Premier Steels
Marvel

काठमाडौं – सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउने घोषणा सरकारले गरिसकेको छ । ‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ भन्ने नाराका साथ सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने सरकारी तयारी छ ।

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले समेत विदेशी पर्यटकको आगमन बढेको र सन् २०२० मा लक्ष्य अनुसार पर्यटक भित्रिने अभिव्यक्ति पटक–पटक दिँदै आएका छन् । तर केही व्यवसायीका कारण सरकारले लिएको उक्त लक्ष्यमा अवरोध आउनसक्ने देखिन्छ । व्यवसायीहरूको बदमासीका कारण पर्यटकमा नाकारात्मक असर पर्ने खतरा सरकारी प्रतिवेदनले नै औंल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदयात्रा तथा पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई नियोजित रूपमा बिरामी बनाएर उद्धारका नाममा ठगी गर्ने गरेको उजुरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परेपछि मन्त्रालयले अनुसन्धान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनले ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी र रेस्क्यु कम्पनीको मिलेमतोमा विदेशी पर्यटक माथि खेलबाड भइरहेको देखाएको छ । प्रतिवेदनले विगतमा पर्यटकलाई उद्धारका नाममा ठगी गरिएकाले त्यस्ता विसंगतिमा संलग्नलाई कारवाही गर्नु पर्ने औंल्याएको छ ।

Vianet communication
Laxmi Bank

प्रतिवेदन अनुसार विगतमा गरिएका धेरैजसो उद्धार पर्यटकलाई खानेकुरामा मिसावट गरेर बिरामी बनाई संगठित तबरले बिमा रकम दाबी गर्ने गरिएको देखिन्छ । त्यस्तै उद्धार गर्दा एउटै उडानमा धेरै पर्यटकको उद्धार गरेर, प्रत्येक पर्यटकका आधारमा अलग–अलग बिल जारी गर्ने गरेको समेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी र रेस्क्यु कम्पनीले उद्धारका नाममा झुटो विवरण पेश गरेर बिमा रकम दाबी गर्ने गरेको समेत प्रतिवेदनले औंल्याएको छ ।

पर्यटकलाई नियोजित रूपमा बिरामी बनाएर, उद्धारको नाममा ठगी गर्नु संगठित अपराध तथा गम्भीर ठगी मानिने भएकाले सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउन प्रतिवेदनले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, रेस्क्यु कम्पनीसँगै विभिन्न अस्पतालहरूको समेत मिलेमतो हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पर्यटन क्षेत्रमा नाकारात्मक असर

अध्ययन गर्न गठित कार्यदलका एक सदस्यले ट्राभल ऐजेन्सी तथा ट्रेकिङ एजेन्सीको मिलेमतोमा भइरहेको ठगीका कारण पर्यटन क्षेत्रमा नाकारात्मक असर पर्ने बताए । ‘उद्धार महंगो हुने, अन्य देशको तुलनामा बढी उद्धार गरिने जस्ता कुराहरू आएका छन्,’ कार्यदलका ती सदस्यले भने, ‘यस्ता कुराले नाकारात्मक असर पारिहाल्छ नि !’

अध्ययन प्रतिवेदनले झुटो उद्धारका नाममा ठगी बढेका कारण पर्यटकको बिमा शुल्क वृद्धि हुँदै गएको उल्लेख गरेको छ । ‘नेपालको पदयात्रा तथा पर्वतीय पर्यटकहरूको बिमा शुल्क वृद्धि हुँदै गएको छ । यसबाट प्रतिस्पर्धी मुलुकको तुलनामा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन जोखिमयुक्त र महंगो देखिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै धेरैजसो मुलुकले नेपाल आउने पर्यटकको बिमा बन्द गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘पर्यटकको बिमा बन्द भएमा सबै पर्यटक आउन रुचाउँछन् भन्ने हुँदैन,’ कार्यदलका ती सदस्यले भने ।

‘अन्तर्राष्ट्रिय ख्यातिप्रप्त समाचार माध्यमबाट नेपालको ट्रेकिङ महंगो भएको, स्वास्थमा समस्या आउँदा उद्धार महंगो भएको र अन्य मुलुकको भन्दा उद्धार धेरै हुने भएको लगायतका समाचारहरू प्रकाशन/प्रसारण भएका कारण नेपालको पर्यटनमा दीर्घकालीन असर पर्ने प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन क्षेत्रमा सुधारका उपाय

प्रतिवेदनले पर्यटन क्षेत्रमा भइरहेको ठगीका बारेमा दीर्घकालीन रूपमा सुधार ल्याउन सक्ने उपाय समेत औंल्याएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गरी पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्य नेपाल प्रहरीलाई दिइनुपर्ने र नेपाल प्रहरीले आफ्नै हेलिकप्टरको व्यवस्था गरी उद्धार गरिनुपर्ने उपाय प्रतिवेदनले औंल्याएको छ ।

त्यस्तै हेलिकप्टर कम्पनीबाट उद्धारको दर लिई पर्यटकको रुचिमा अस्पताल छनौट गर्न मिल्ने व्यवस्था गरेमा झुटो उद्धारका नाममा हुने ठगी रोकिने प्रतिवेदनले औंल्याएको छ । त्यस्तै प्रत्येक सिजन समाप्त भएको १५ दिनभित्र सबै हेलिकप्टर कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा उद्धार उडानको विवरण उपलब्ध गराउने लगायतका उपाय प्रतिवेदनले औंल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x