चलचित्र ‘गोपी’को दोस्रो गीत रिलिज [भिडियोसहित]

पुस १७, २०७५

काठमाडौं- आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोपी’मा समावेश दोस्रो गीत सार्वजनिक गरिएको छ ।

विप्लव प्रतिकको शब्द, कल्याण सिंहको संगीत र शिव परियारको स्वरमा रहेको ‘तेरो आफ्नो’ बोलको गीत सर्वजनिक गरिएको हो । यो गीतको भिडियोमा विपिन कार्की, सुरक्षा पन्त लगायतलाई देखाईएको छ । भिडियोमा विपिनले गाई फार्ममा परिश्रम गरेका छन् । चलचित्रमा विपिन गाईपालकको भूमिकामा प्रस्तुत छन् ।


ADVERTISEMENT

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन र सुरक्षाका साथमा वर्षा राउत, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल लगायतका कलाकारको मुख्य भूमिका छ ।

सामीप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन रहेका चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा श्रीधर पौडेल रहेका छन् ।

पुस १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस