‘चौका दाउ’ यूनिट देश दौडाहामा

पुस १८, २०७५

हेटौडा– यही पौषको २७ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ यूनिट यतिबेला देश दौडाहामा छ ।

चलचित्र प्रचारप्रसारको क्रममा चलचित्र यूनिट मंगलबाट प्रदेश ३ को राजधानी हेटौडा आईपुगेको थियो ।


ADVERTISEMENT

हेटौडामा चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पूर्णेन्दु्र झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा प्रस्तुत गरिएको बताए । उनले सार्वजनिक गीत र टे«लरबाट राम्रो प्रतिक्रिया मिलेको बताउँदै चलचित्रलाई दर्शकले रुचाउने विश्वास ब्यक्त गरे ।

चलचित्रकी नायिका वर्षा राउतले चलचित्रले हास्यब्यङग्यको माध्यमबाट समाजमा सकारात्मक सूचना दिने बताईन । उनले आफूभन्दा अग्रज कलाकारहरुसंग काम गर्न पाउनु भाग्यमानी रहेको बताउँदै चलचित्र राम्रो बनेको बताईन् ।

कलाकार सन्तोष पन्तले लामो समयपछि आफूले साँेचेको र आफूलाई सुहाउँदो चलचित्रमा काम गरेको बताए । चलचित्र यूनिट नारायणगढ, बुटवल, पोखरा हुँदै काठमाडौं फर्किने जनाईएको छ ।

पुस १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस