×

NMB BANK
NIC ASIA

चिकित्सकमाथि निगरानी राख्न उपप्रधानमन्त्री यादवकाे निर्देशन

पुस १९, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

राजविराज- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ । 

राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै उहाँले अगामी फागुन १ देखि नेपाली सेनासँगको सहकार्यमा सोही अस्पतालमा वृहत निःशुल्क स्वास्थ शिविर आयोजना गरिने पनि बताउनुभयो । 

सोही शिविरको पूर्वतयारीका लागि यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा पाउन स्थानीयवासीले नै उचित वातावरण बनाउनुपर्ने र सोही बमोजिम सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शिविर सञ्चालनका लागि खटाइएका चिकित्सकमध्ये को–को आए र को–को आएनन् सोको सूची तयार गरी यथाशीघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई बिदा नदिन उहाँले निर्देशन दिनुभयो । 

उपप्रधानमन्त्री यादवले फागुन १ गतेदेखि शुरु हुने एघारदिने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका बिरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उहाँको भनाइ थियो । 

निकट भविष्यमै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुनलागेको जानकारी दिँदै स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोओन् भन्ने चाहनाका साथ सरकारले काम गरिरहेको पनि उपप्रधानमन्त्री यादवले जानकारी दिनुभयोे । 

नेपाली सेनाका उपरथी डा शशी राईले ११ दिने शिविरमा सेनाका विशेषज्ञ चिकित्सक खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवासमेत प्रदान गरिने जानकारी दिनुभयो । शिविरमा विरामी जाँच, उपचार र औषधि सबै निःशुल्क प्रदान गरिने उहाँले बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य शिविर नगरमा आयोजना हुनलागेकामा प्रशन्नता व्यक्त गर्दै नगरप्रमुख शम्भुप्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारकर्मीको एक जिज्ञासामा “संविधान संशोधनको एजेण्डा यथावत छ, अवस्था पनि सकारात्मक बन्दै गएको छ”, उपप्रधानमन्त्री यादवले भन्नुभयो, “जसले जबर्जस्ती गरे, तिनीहरुलाई पनि संविधान संशोधन नगरी हुन्न भन्ने महासुस भएको छ ।” 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x