×

NMB BANK
NIC ASIA

रेशम चौधरीको शपथ हुने भएपछि टीकापुरमा उत्साह, कसरी पाएका थिए लोकप्रिय मत ?

पुस १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ ग्रहणपछि टीकापुरका स्थानीय हर्षित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भूमिगत रुपमै चुनाव लडेका चौधरी २०७४ फागुन १३ गते जिल्ला अदालत कैलालीमा हाजिर भएको थिए । उनलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० महिनापछि चौधरीको शपथ हुने भएपछि स्थानीय हर्षित भएका छन् । टीकापुरका स्थानीय टीकाराम चौधरीले जनताको जनमत प्राप्त सांसदलाई कैद गर्नु जनमतको बर्खिलाप रहेको बताउँदै उनलाई थुनामुक्त पनि गरिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

अर्का स्थानीय कान्छु चौधरीले राज्यले आन्दोलन गरेकै निहुँमा थुनामा राखेर अन्याय गरेको बताए । तर ढिलै भएपनि सरकारले रेशमलाई शपथ ग्रहण गराएर जनमतको कदर गरेको उनको भनाई छ ।

Vianet communication
Laxmi Bank

पुस ७ गते सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने भन्दै परेको रिटलाई खारेज गरेको थियो ।

विक्रम सम्वत् २०७२ भदौ ७ गते ८ जना प्रहरी र १ जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा दायर गरिएको थियो ।

तर कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेशमले विदेशमा रहेकै कारण न प्रत्यक्ष प्रचार, न घरदैलौ, न आमभा गर्न पाएका थिए । उनले भिडियो सम्बोधनबाटै करीब ३ गुणा मतान्तरले विपक्षीलाई पराजित गरे । त्योे लोकप्रिय जीतसँगै उनको चर्चा एकाएक चुलियो ।

चुनावमा ३४ हजार ३ सय ४१ मत पाएको उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार ४ सय ६ मतमै चित्त बुझाउनुपरेको थियो । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मतमै सीमित हुनुपरेको थियो ।

रेशमलाई अत्याधिक भोट किन ?

बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र हालको निर्वाचनले मात्रै चर्चामा छैनन् । उनी बेलाबखत चर्चामा रहने व्यक्तित्वमध्ये एक हुन् । उनको चर्चा हुनुको केही कारण छ ।

सञ्चारको पहुँच नपुगेको तत्कालीन टीकापुरमा फूलवारी एफएम सञ्चालन गर्नु मात्रै नभर्ई, टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गरी नेपालभरका कलाकारको कुम्भ मेलाको आयोजना गर्ने नै उनै रेशम हुन् ।

हात्तीको फुटबल खेल देखाउने, रेसलिङ खेल देखाएर पनि उनी निकै चर्चामै हुन्थे । त्यति मात्रै नभई कुनै बेला हेलिकप्टरमार्फत् टीकापुरमा पुष्प वर्षा गराउने पनि उनै हुन् ।

तत्कालीन भारतीय राजदूत राकेश सुदलाई टीकापुरमा आमन्त्रण गरी थारु महिलाबाट सुदको गोडा धुन लगाएपछि उनको निकै आलोचना भएको थियो । तर यो त थारु संस्कृति नै हो भनेर उनले टारेका थिए । तत्कालीन राजा ज्ञारेन्द्रको सक्रिय शासनकालमा प्रधानमन्त्री बन्न लाइन लागेर आवेदन दिएपछि पनि रेशम चर्चित भए ।

टीकापुर घटनापछि कर्फयूको समयमा थारुहरूको घरमा आगजनी भयो भने आगजनीमा संलग्न कोही पक्राउ नपरेनन् । तर उनलाई राज्य पक्षले एकोहोरो रुपमा घटनाको मूख्य योजनाकारको आरोप लगायो । यस्ता विभिन्न कारणले थारु समुदायले आफूहरू हेपिएको, दमन गरिएको, अन्यायमा परेको महसुस गरेको बताइन्छ । यस्ता भावनाको कारण पनि थारु गैरथारु मतदाताले पनि एकलौटी रुपमा रेशमलाई भोट दिएको थारु अगुवाहरू बताउँछन् ।

नेपालको नयाँ संविधान बन्ने क्रममा अखण्ड सुदूरपश्चिम र थरुहट थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । उक्त पीडा रेशमलाई अत्याधिक भोट दिएर ब्यालेटमार्फत् व्यक्त गरेको थारु अगुवाको बुझाई छ । चुनावी प्रचारप्रसारको क्रममा पनि रेशम चौधरीको प्रचारशैली निकै पृथक थियो ।

उनी निर्वासित भएपनि खासगरी पत्नी श्रेष्ठ रञ्जिताको अगुवाईमा प्रोजेक्टरमार्फत् गाउँगाउँमा पीडा सुनाइन्थ्यो । यसरी मतदाताको सहानुभूति लिन उनी सफल भए । उनको प्रचारकमाथि प्रहरी हस्तक्षेपले पनि उनको भोट संख्या बढ्यो ।

को हुन् रेशम चौधरी ?

कैलाली जिल्लाको जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस–९) जगतपुरमा २०३४ असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे ।

प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्  ।

२०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी २०५१ सालमा ‘एकठो विरहीन’ नामक कविता संग्रह र भुवर विहान नामक थारु भाषाको गीति क्यासेट बजारमा ल्याए ।

नेपाली भाषामा उनले यति धेरै गीति क्यासेट बजारमा ल्याए कि उनले आफै औंला भाँची गन्नुपर्ने हुन्छ । उनले हालसम्म ९३ वटा सांगीतिक एल्बम निकालेको बताउँछन् ।

साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । उनको लेखन, निर्देशन, तथा अभिनय समेत रहेको थारु चलचित्र कमैया अब्बल मानिन्छ ।

बर्दियाको भुरीगाउँ, गुलरिया लगायत ३ ठाउँमा उनको फूलवारी एफएम सञ्चालनमा छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ । आजजनी घटनामा १ करोड ७४ लाख क्षतिपूर्ति पाएपछि उनले सर्वप्रथम टीकापुरस्थित बन्द एफएम रेडियो स्टेशन खोल्ने बताएका थिए । तर बाहिर आउने वातावरण नबनेका कारण सम्भव भएन ।

गायन तथा साँगीतिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा ‘क’ श्रेणीको गायक मानिन्छन् ।

खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् भने खेलमै स्थायी जागिरे समेत भए । जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदक लगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x